सुरक्षित यात्रा अभियान नेपाल नामक यो संस्था बिसुद्ध सामाजिक सेवा भावना बाट प्रेरित भई स्थापना भएको हो । यस संस्थाका उद्देश्यहरु समाज र दुर्घटना पिडितहरुप्रति लक्षित छन । जुन सुकै संस्था पनि आफ्नो लक्ष्य सम्म पुग्नको लागी सबै संघ संस्थाहरुको सहयोग र समन्वयमा मात्र सम्भव छ । प्रचलित ऐन, कानुन र नियमको अधिनमा रहि यस संस्थाको उद्देश्य देहाय बमोजिम ह’नेछ ।
. या संस्था जन हितकारि मुनाफारहित संस्था रुपमा रहने छ ।
· सडक दुर्घटना बिरुद्ध जनचेतना जगाउने ।
· सडक दुर्घटनामा परेका हरुको उद्दार र उपचार गर्ने ।
· सडक दुर्घटना पिडित लाई शैक्षिक, आर्थिक सहयोग र कानुनी परामर्स प्रदान गर्ने ।
· सडक दुर्घटना कम गर्न तालिम गोष्ठी र प्रचार प्रसार गर्ने ।
· सडक दुर्घटना स्थलगत अध्यायन गरि सो को बास्तविक कारण र स्थीती अनुसन्धान, गरी राय पेस गर्ने ।
· स्थानिय तहमा बैज्ञानिक सडक निर्माणमा समुदाय लाई उत्साहित गर्ने ।
· यातायात क्षेत्र लाई मर्यादित बनाउने कार्यमा स्वयम ब्यबसायीहरु लाई उत्साहित गर्ने ।
· सडक प्रयोग सबैको मौलिक अधिकार हो भन्ने मान्यतालाई स्थापित गराइ निर्बाध, सहज र सुरक्षित आबागमनको लागी सरोकार वालाहरुलाई अभिपे्ररित गर्ने ।
· यातायात क्षेत्रका समस्या हरुको अध्ययन गरी समाधानको लागी आवश्यक पहल गर्ने एवं सम्बन्धीत निकायमा सुझाव पेश गर्ने ।
· सडक प्रयोगकर्ता हरुलाई सवारी ऐन नियम, सुरक्षित सडक प्रयोग बारे ज्ञान दिन चेतनामुलक कार्यक्रम संचालन गर्ने ।
· समान उद्देश्य भएका संघ संस्था हरु, टा«फिक प्रहरी, यातायात ब्यबस्था कार्यालय ,यातायात ब्यबसायी, सडक बिभाग,यातायात मजदुर,बिमा कम्पनी लगायत संग समन्वय गरि आफ्नो उद्देश्य अनुरुप काम गर्ने ।