फागुन ६, काठमाडौं – टाटा मोटर्सको नेपालका लागि आधिकारिक बितरक सिप्रदी ट्रेडिङ प्रालिले नयाँ मेगा पिकअप ‘एस मेगा’ लाई नेपाली बजारमा सार्वजनिक गरेको छ । हिजो राजधानीको होटल अन्नपूर्णमा आयोजित भव्य कार्यक्रमका बीच एस मेगा सार्वजनिक गरिएको हो ।
पिकअप सेगमेन्टमा १ टनको आकर्षक पेलोड क्षमतासहित उत्कृष्ट प्रदर्शन क्षमता भएको टाटा एस मेगामा नयाँ जमानाको डाइकोर डिजेल इन्जिन प्रयोग गरिएको छ । यसले उत्कृष्ट फ्युल क्षमता र साना कमर्सियल गाडीहरु सञ्चालनमा कम लगानीको प्रत्याभुति दिन्छ । आकर्षक, मजबुत एवं आरामदायी क्याबिनयुक्त टाटा एस मेगालाई कार्गो यातायातका लागि नयाँ आविष्कारको रुपमा निर्माण गरिएको छ ।
टाटा मोटर्सले डिजाइन नेक्स्ट, पर्फमेन्स नेक्स्ट र फ्युल नेक्स्ट गरी तीनवटा मूख्य प्रविधिमा आधारित भएर आफ्ना कमर्सियल गाडीहरु उत्पादन गरिरहेको छ । टाटा एस मेगा पनि यही तीनवटा प्रविधिमा आधारित भएको र यसले उत्कृष्ट पर्फमेन्स, अधिक स्पिड, पेलोड, उत्कृष्ट क्षमता, कम मर्मत खर्च, स्टाइलिस र आरामदायी सुविधाहरु सहित मेगा प्याकेजको अनुभूति गराउने कम्पनीको दाबी छ ।
टाटा एस मेगाले पावर, स्पिड र उत्कृष्ट फ्युल क्षमता प्रदान गर्छ । यसमा अत्याधुनिक प्रविधिको दुई सिलिन्डरयुक्त ८०० सिसीको डाइकोर इन्जिन प्रयोग गरिएको छ । यसले ४० एचपीको पावर प्रदान गर्छ । हलुका वजनको आल्मुनियम इन्जिन र ५ स्पिडको गियर बक्सले स्मुथ ड्राइभ र उत्कृष्ट फ्युल क्षमता प्रदान गर्छ । एलसीआरभी सहितको ७ इन्चको ठूलो ब्रेक बुस्टरले उत्कृष्ट ब्रेक क्षमता प्रदान गरी गाडीको आयु लम्ब्याउछ । मजबुत फ्रन्ट र रियर लिफ स्प्रिङ सस्पेन्सन र एक्सलहरुले जस्तोसुकै सडकमा पनि सही पेलोड क्षमता प्रदान गर्छ । यसको उच्च गति ९० किलोमिटर प्रतिघण्टा सम्म रहेको छ । त्यसैगरी यसले २०.६ किलोमिटर माइलेज दिन्छ । इन्धन अभाव हुने हाम्रो जस्तो देशका लागि यो निकै नै उपयोगी हुने कम्पनीको दावी छ ।
एस मेगामा विभिन्न सुविधासहितको आकर्षक क्याबिन, १४ इन्चको टायर, १७५ मिलिमिटरको उच्च ग्राउन्ड क्लियरेन्स र ३० प्रतिशतको ग्रेडेबिलिटी छ ।
सिप्रदीले देशभर रहेका २५ वटा सर्भिस सेन्टर मार्फत बिक्री पछिको सेवा प्राप्त गर्न सकिने बताएको छ । यसमा २ वर्ष वा ७२ हजार किलोमिटरको वारेन्टी उपलब्ध छ ।