बुटवल १६ मंसिर
बुटवलमा बुधवार भएको सडक दुर्घटनामा परि एकजनाको ज्यान गएको छ । बुटवलबाट पश्चिम तर्फ जांदै गरेको लु १ ख ८३११ नम्बरको ट्रकले सोहि दिशातिरै जादै गरेको लु ३ प ४५८० नम्बरको मोटरसाइकललाइ ठक्कर दिंदा मोटरसाईकल चालकको ज्यान गएको प्रहरीले जनाएको छ ।
पारि बुटवल फूलबारी गेट नजिकैको पूलमा करिब १ बजे तिर भएको उक्त दुर्घटनामा नवलपरासी रुचाङ २ का ३१ बर्Èिय रण्ँसिंह ठाडाको मृत्यु भएको पश्चिम क्षेत्रिय ट्राफिक प्रहरी कार्यालय बुटवलले जनाएको छ ।
मोटरसाईकललाई ठक्कर दिएर भागेको ट्रकलाइ रन्यौरा प्रहरी चौकीले मुर्गियाले नियन्त्रण्ँमा लिएको प्रहरीले जनाएको छ । यता बुटवलबाट अर्घाखांची जांदै गरेको लु १ ख ८०२६ नम्वरको बस पाल्पाको छहरा बजार नजिकै दुर्घटना हुंदा ७ जना घाईते भएका छन् ।
घाईतेहरुको लुम्बिनी मेडिकल कलेज तानसेन प्रभासमा उपचार भईरहेको छ । घाईते मध्ये चालक र २ विद्यार्थीको अवस्था गंभिर रहेको अस्पतालले जनाएको छ । बसमा भैरव नवदिप उच्च माविका विधार्थी मात्र सवार रहेका थिए ।
बाटोमा हिडिरेहका बृद्ध बुटुवालाई बचाउने क्रममा दुर्घटना भएको प्रहरीले जनाएको छ । बस सडक देखी १ सय मिटर तल खसेको बताईएको छ ।