बुटवल कार्तिक ९
पश्चिम क्षेत्रिय ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरिक्षक प्रकाश अधिकारीले दुर्घटनाको कारण पत्ता नलगाए सम्म त्यसको न्युनिकरण असमभव हुने बताउनु भएको छ ।
सुरक्षित यात्रा अभियान नेपालले आयोजना गरेको स्वागत तथा परिचयात्मक कार्यक्रममा बोल्दै पश्चिम क्षेत्रीय ट्राफिक प्रहरी कार्यालयको जिम्मेवारी सम्हाल्न केही दिन अघि बुटवल आउनु भएका प्रहरी उपरिक्षक अधिकारीले जुनसुकै समस्याको निदानका लागी त्यसको कारण खोजी हुनु जरुरी रहेको उललेख गर्दै सडक दुर्घटनाका कारणहरुको अध्यायन र त्यसको समिक्षा हुनु जरुरी रहेको बताउनु भयो ।
कार्यक्रममा बोल्दै प्रहरी उपरिक्षक अधिकारीले सडक दुर्घटना र दुर्घटना पछिको अवस्थाको कसैले पनि पुर्व अनुमान गर्न नसक्ने बताउदै सडक दुर्घटनाले सडक र सवारी साधन संग कुनै सरोकार नभएकाहरुको समेत भबिश्य अन्धकार हुने बताउनु भयो ।
उहाले हरेक दुर्घटनाहरुको गम्भिर र यथार्थ परक अनुसन्धान आवश्यक रहेको उल्लेख गर्दे पछिल्लो समय सहरी सडकहरु भन्दा बढी ग्रामिण सडकहरुमा दुर्घटनाको संख्या बढेको बताउनु भयो । अब्यवस्थीत र अवैज्ञानीक सडक बन्नु ग्रामिण सडकमा दुर्घटना हुनुको मुल कारण हो अधिकारीले भन्नु भयो ।
अधिकारीले सरकारी,निजी र सार्वजनीक क्षेत्रले गरेका कामहरुको पुर्नलेखन गर्नु पर्ने तथा त्यसको प्रभावकारीता वारे अध्यायन, बिश्लेषण र समिक्षा आवश्यक रहेको धारणा ब्यक्त गर्नु भयो ।
सुरक्षित यात्रा अभियान नेपालका अध्यक्ष नारायण प्रसाद अधिकारीले राज्यले प्रभावकारी काम गर्न नसक्दा र सडकमा राज्यको नियन्त्रण नहुदा जथाभावी बढेको बताउदै अनियन्त्रीत सवारी साधनको आयातले दुर्घंटनाको संख्या बढाएको बताउनु भयो ।
उहाले सर्वसाधारणमा अझैपनि सडक प्रयोग बारे ज्ञान नहुदा दुर्घटनामा ज्यान गुमाउनु परेको बताउदै सुरक्षित यात्रा अभियान नेपाल सर्वसाधारणको अकालमा सडकमा ज्यान नजाओस भन्नका लागी क्रियाशिल रहेको बताउनु भयो ।
संस्थाका सचिव दिनेश पाण्डेले संस्था स्थापनाको उदेश्य र संस्थाले गरेका कामहरु बारे जानकारी गराउदै सहकार्यमा गरिने कार्यक्रमहरु प्रभावकारी र नागरीक सम्म पुग्न सहज हुने बताउनु भयो ।
कार्यक्रममा उपाध्यक्ष कृष्ण देव भण्डारी सदस्य बिष्णु बिक लगायतले यस क्षेत्रको ट्राफिक ब्यवस्थापनमा देखिएका समस्या र सुरक्षित यात्रा अभियानले गरेको सहकार्यका बारे आ आफ्ना धारणा राख्नु भएको थियो ।