बुटवल कार्तिक १
पश्चिम नेपल बस ब्यवसायी संघले एक बिज्ञप्ती प्रकाशित गरी सवारी साधनको सञ्चालनमा सजगता अपनाउन तथा सम्यमीत र सजग भएर यात्रा गर्न यातायात मजदुर तथा यात्रुहरुलाई आग्रह गरेको छ ।
बिजया दशमी नजिकीदै जादा यात्रुको चाप अत्याधिक बढेको र साबिकमा भन्दा कम सवारी साधन चलेकोले संघले यात्रु तथा यातायात मजदुरहरुलाई सजगता अपनाउदै यात्रा गर्न तथा सवारी चलाउन आग्रह गरेको हो ।
यात्रुको चाप र ईन्धनको अभाव हुदा प्रयाप्त सवारी साधन पठाउन सकिएन तसर्थ सम्यमता पुर्व सेवा सञ्चालन गर्न र सेवा लिन चालक तथा यात्रु सवैलाई आग्रह गर्दछौं, संघद्धारा जारी बिज्ञप्तीमा उल्लेख गरीएको छ ।
संघका अध्यक्ष दधिराम खरेलद्धारा जारी बिज्ञप्तीमा नाकाबन्दीका कारण ईन्धन अभाव भएका कारण प्रयाप्त मात्रामा सवारी सञ्चालन गर्न नसकिएको उल्लेख गर्दै यात्रुको चाप अत्याधिक भएको भए पनि सवारी साधन थपेर सेवा दिन नसकिएको प्रति समेत दुख ब्यक्त गर्नु भएको छ ।
बिशेष गरी लामो दुरीमा सेवा सञ्चालनलाई प्राथमिकता दिएको उल्लेख गर्दै बिज्ञप्तीमा तोकेको भन्दा बढी भाडा नलिन यातायात मजदुर तथा ब्यवसायीहरुलाई निर्देशन गर्दै बढी भाडा लिइएको पाईएमा कडा भन्दा कडा कार्वाही हुने बिज्ञप्तीमा जनाईएको छ ।
लामो तथा पहाडी दुरीमा चलाउने सवारी साधनमा क्षमता भन्दा बढी यात्रु राख्नु पर्ने बाध्यता भएको प्रति संकेत गर्दै अप्ठ्यारा र जोखिमपुर्ण सडकमा सडकको अवस्था बुझेर मात्र सवारी सञ्चालन गर्न र यात्रुहरुको सुरक्षा प्रति ध्यान दिन आग्रह गर्दछौ बिज्ञप्तीमा भनिएको छ ।