बुटवल असोज २९
एउटा रातो कार तिलोत्तमा नगरपालिकाको योगीकुटीबाट बुटवल तर्फ लाग्छ । कारको गती र त्यसको गतीबिधी देख्ने अन्य सवारी साधनहरु सतर्क हुन्छन् ।
बुटवलको राजमार्ग चौराहमा प्रहरी चेकिङ थियो । जसलाई प्रहरीले बिशेष चेकिङको रुपमा पहिचान दिई रहेको छ ।
शुक्रवार राती करिब ९ बजेको समय प्रहरीको कडा मानिएको उक्त चेकिङ पार गरेको बा ११ च ५०५६ नम्वरको उक्त कार राजमार्ग चौराहाबाट पुर्व तर्फ मोडिन्छ ।
जब लरवराउदै सडकको दायां र वायां गरेको कार पश्चिम क्षेत्रीय प्रहरी तालिम केन्द्र बुटवलको अगाडी पुग्छ तब उसका चालकले नियन्त्रण गुमाउंछ र रोकीराखेको लु १ ख ६७५० नम्बरको ट्रकमा जोडले ठोक्किन पुग्छ ।
रोकीराखेको आफ्नो गाडिमा अचानक ठोक्कीएको कारका यात्रुलाई कतै ठुलो क्षती भयोकी भनेर आत्तिएका ट्रक चालक दंग पर्छन्, कारको चालक सिटबाट जब मादक पदार्थले बेहोसै अवस्थाका चालक निस्कन्छन् र उल्टै ट्रक चालकलाई थर्काउन थाल्छन् ।
आफ्नो कुनै गल्ती नभएका ट्रक चालकले मादक पदार्थ सेवन गरेर गाडी चलाएका चालकले थर्काएपछि उनी पनि के कम टसको मस हुदै भएनन् बरु कार चालकको एउटा हात नै नभएको चाल पाए र प्रहरीलाई खबर गरे ।
बुटवलको व्यस्त सडक त्यसमाथी ठाउं ठाउंको प्रहरी चेकिङ पार गरेर एउटा हात नै नभएका र मादक पदार्थले मात्तीएका चालक कसरी त्यहां पुगे गम्भीर प्रश्न उठ्छ । जुन समयमा उनी त्यो सडक मा सवारी चलाई रहेका थिए त्यो समयमा राजमार्ग चौराहका ३ वटै नाकामा प्रहरी चेकिङ चलि रहेको थियो ।
बुटवलमा लामो समयदेखि एउटा हात नभएपनि नियमीत रुपमा कार चलाईरहेका चालक हुन् उनी अर्थात बेगम बहादुर पुन । जसको सवारी चालक अनुमती पत्र छ या छैन जान्ने प्रयास प्रहरी संग सम्पर्क हुन नसकेका कारण थाहा हुन सकेन ।
कार चालक पुन अहिले वडा प्रहरी कार्यालय बुटवलको नियन्त्रणमा छन् । मादक पदार्थ सेवन गरेर सवारी चलाउन नपाईने नियम छ । बिगतमा धेरै सर्वसाधरणले मापसे गरेर सवारी चलाए बापत सजाय भोगेका छन । हेरौ बुटवलका चिर परिचीत बेगम बहादुर पुनलाई कस्तो सजायं हुन्छ ।