बुटवल असोज २५
सुरक्ष्ँित यात्रा अभियान नेपालले स्वास्थ्य र सुरक्ष्ाँको लागि वाक टु स्कुल अभियान संचालन गरेको छ ।
घर नजिकै विद्यालय भएका बालबालिकाहरु पनि सवारी साधनको प्रयोग गरी विद्यालय जांदा अशुरक्षित मात्र नभई शारिरीक स्फूर्ति समेत हराउंदै जाने भन्दै सुरक्ष्ँित यात्रा अभियान नेपालले हिडेरै विद्यालय जाउं भन्ने साताब्यापी अभियान संचालन गरेको हो ।
हरेक वर्ष अक्टुबर ७ तारिखमा विश्वभर मनाउने गरिएको वाक टु स्कुल डे यसवर्ष देखि नेपालमा पनि मनाउन शुरु गरिएको हो ।
दिवसको दिन कालिका उच्च माविमा सचेतनामुलक कार्यक्रम सम्पन्न गरेको सुरक्ष्ँित यात्रा अभियान नेपालले सोमबार जनजागृती मावि योगिकुटीमा सचेतनामुलक कार्यक्रम सम्पन्न गरेको हो ।
कार्यक्रमको अवसरमा संस्थाका सचिव दिनेश पाण्डेले पैदल यात्रा स्वास्थ्य र आर्थिक हिसाबले मात्र नभई सुरक्ष्ाँको हिसाबले पनि लाभदायक भएकोले विद्यार्थीहरुलाई १०÷१५ मिनेटको बाटोमा हिडेरै जान उत्साहित गर्नुपर्नेमा जोड दिनुभयो ।
उहांले ईन्धनबाट चल्ने सवारी साधनले बातावरणमा प्रदुषण बढाउनुको साथै दुर्घटनाको जोखिम समेत बढाउने भएकोले छोटो यात्रामा पैदल र केहि लामो यात्रामा साईकल लाभदायक हुने बताउनुभयो ।
उहांले नेपालको यातायातको आधार भनेको नै स्थल यातायात भएपनि त्यो असुरक्षित, अनियमित, महंगोे र अस्वस्थकर समेत रहेकोले हतार नभएको र छोटो यात्रामा पैदलयात्रामा जोड दिनुपर्ने बताउनुभयो ।
सो अवसरमा सडकप्रयोगकर्ताले सडकको प्रयोग गर्ने तरिकाको बारेमा जानकारी गराउंदै दुर्घटनासंग सम्बन्धित जोखिममा ज्यान नामको वृत्तचित्र प्रर्दशन गरीएको थियो ।