बुटवल असोज २०
सुरक्ष्ाँ र स्वास्थ्यको लागि पैदल हिंडेर विद्यालय जाउं भन्ने नाराका साथ अन्तराष्ट्रिय वाक टु स्कुल डे बुधवार नेपालमा मनाईएको छ । दिवसको अवसरमा सुरक्ष्ँित यात्रा अभियान नेपालले बुटवलमा विद्यार्थीहरुलाई पैदल हिडेर विद्यालय जान उत्साहित गर्ने उद्देश्यले सचेतना कार्यक्रम सम्पन्न गरेको छ ।
कालिका उच्च मावि कालिकानगरका विद्यार्थीहरुलाई दिईएको उक्त सचेतनामुलक कार्यक्रममा पैदल यात्रा स्वास्थ्य र आर्थिक हिसाबले मात्र नभई सुरक्ष्ाँको हिसाबले पनि लाभदायक भएको भन्दै विद्यार्थीहरुलाई १०÷१५ मिनेटको बाटोमा हिडेरै जान उत्साहित गर्नुपर्नेमा जोड दिईएको थियो ।
विद्यार्थीहरुलाई सचेतना दिंदै सुरक्ष्ँित यात्रा अभियान नेपालका सचिव दिनेश पाण्डेले छोटो यात्रामा पैदल र केहि लामो यात्रामा साईकल चलाउनु स्वास्थ्यको हिसाबले अत्यन्त लाभदायक हुने बताउनुभयो । उहांले ईन्धनबाट चल्ने सवारी साधनले बातावरणमा प्रदुषण बढाउनुको साथै दुर्घटनाको जोखिम समेत बढाउने बताउनु भयो ।
उहाले इन्धनको संकट भोगिरहेको वर्तमान नेपालमा यसको महत्व अझ बढी हुने समेत रहेको छ भन्ने सुरक्षित यात्रा अभियानको मान्यता रहेको उहाले सो अवसरमा जानकारी दिनु भयो । नेपालको यातायातको आधार भनेको नै स्थल यातायात भएपनि त्यो असुरक्षित, अनियमित, महंगोे र अ–स्वस्थकर समेत रहेको बताउनुभयो ।
यसकारण पनि सुरक्षित आवागमनका लागी पनि छोटोयात्रामा पैदल हिड्नु आबश्यक रहेको उहांले बताउनु भयो । सन् १९९५ बाट मनाउन थालिएको वाक टु स्कुल डे बिश्वका ५० भन्दा बढी मुलकुमा मनाईन्छ भने नेपालमा पहिलो पटक बुधवार मनाईएको हो ।