बुटवल भदौ २६
पत्रकार दिनेश पाण्डे जर्मनीमा आयोजित अन्तराष्ट्रिय साईक्लिङ सेफ्टिी सम्मेलन २०१५ मा सहभागी हुन जानु हुने भएको छ ।
दुर्घटना न्युनिकरणका लागी लामो समयदेखि सक्रिय पाण्डे उक्त सम्मेलनमा सुरक्षित यात्रा अभियान नेपालको तर्फबाट उक्त सम्मेलनमा सहभागी हुन लाग्नु भएको हो ।
बिश्वका ४० भन्दा बढी देशका सडक सुरक्षामा सरोकार राख्ने बिज्ञहरु सहभागी हुने उक्त सम्मेलन जर्मनीको हेनओभरमा सेप्टेम्वर १५ र १६ गरी २ दिन सम्म चल्ने छ ।
सम्मेलनमा बिश्वका बिभिन्न राष्ट्रका सवारी साधन निर्माण संग सम्वन्धीत ईन्जिनीयरहरु, टाफिक ब्यवस्थापनमा सक्रिय योजनबिदहरु, सरकारी प्रतिनिधीहरु,अर्थोपेडिक सर्जनहरु, ट्रमा स्पेसल्ष्टिहरु तथा यात्रु एवं सडक सुरक्षामा सरोकार राख्ने बिज्ञहरु सहभागी हुने छन ।
लामो समय देखि दुर्र्घटना न्युनिकरणमा सक्रिय रहदै आएको सुरक्षित यात्रा अभियानका सचिव समेत रहेका पाण्डेले उक्त सम्मेलनमा नेपालको सडक दुर्घटनाको अवस्थाका बारे जानकारी गराउनु हुने छ ।
सम्मेलनमा बढदो सडक दुर्घटना न्यनिकरणका लागी हुन सक्ने प्रयत्न र बिश्वका अन्य मुलकहरुले दुर्घटना न्युनिकरणका लागी गरेका प्रयासबारे जानकारी लिने तथा अनुभव साटासाट गर्ने अवसरको रुपमा प्रयोग हुने सुरक्षित यात्रा अभियान नेपालले जनाएको छ ।
सम्मेलनमा अन्तराष्ट्रिय क्षेत्रका बिज्ञहरुलाई नेपालको सवारी ब्यवस्थापनको अवस्था, साईक्लिङ सेफ्टिी र त्यसको सुधारका लागी समेत अध्यायन भ्रमणका लागी आग्रह गरीने छ ।
सम्मेलनमा बिश्वमा बढदै गईरहेको साईकल यात्रीहरु माथी अन्य ठुला सवारी साधनहरुको दवाव र असुरक्षा लाई प्रमुख प्राथमिकताका साथ छलफल हुने बताईएको छ ।