बुटवल साउन ३२
यस्तो चालक कोही भेटिन्न
शिवजी प्रसाद शाह, सवारीधनी
रविलाल गुरुङले मेरोमा १६ बर्ष सेवा गरे । हाम्रो कम्पनीमा धेरै टक छन ति टक चलाउने चालकहरु मध्ये लाल बहादुर गरुङ इमान्दार र उत्कृष्ट चालकको रुपमा गनिन्थ्ये । मैलै कहिल्यै उनी संग बिवाद गर्नु परेन । कहिल्यै झुठो बोलेनन । बिश्वास गर्न सकिने ब्यक्तिहरु मध्ये पर्थे । उनले गरेको सेवा म कहिल्यै बिर्सन उनको परिवारमा परेको क्षती प्रति म अत्यन्त दुखी छु परिवारमा परेको समस्या र यो पिडामा मल्हम लगाउन मैले कुनै कसर बांकी राख्दीन ।
घटनाको दिन अर्थात सनिवार बिहान १० बजे बर्दघाटमा छु भनेर फोन गरेका थिए । प्रशासनको सहयोगमा स्कटिङ गरेर आउने भनै पछि हाम्रा अरु ३ वटा टक संगै उनी पनि भैरहवाका लागी आउदै थिए । प्रहरीको सुरक्षमा छु भन्ने बिश्वासका साथ आएका उनी माथी बन्दकर्ताले आक्रमण गरे । आन्दोलनकारीको ढुंगाले लागेपछि टक अनियन्त्रीत भएको र पल्टिन गएको प्रत्यक्षदर्शीले मलाई बताएका छन ,। त्यती मात्र होईन पल्टेर घाईते भएको चालकलाई कुटीकुटी मारीएको छ । प्रशासनको ब्यवस्थापन र सुरक्षामा चलेका सवारी साधनका चालक माथी आक्रमण हुनु र श्रमजिवी चालकको जयान जानु पिडादायी र खेदजनक छ ।
मेरो सवार साधन ध्वस्त भएको छ म क्षतीपुर्ति पाउला नपाउला मलाई कुनै ठुलो कुरा होईन तर जसले राज्यको आदेश माने जसले राज्यको सुरक्षाको बिश्वास गरेर गाडी चलाए उनको ज्यान गएको छ । उसको परिारले उचित क्षतीपुर्ति पाउनु पर्छ ।
यो घटना बाट प्रशासनले राम्रो शिक्षा लिएको हुनु पर्छ । पिडीत परिवारलाई राहत ,दिने र घटनामा सम्लग्नहरुलाई कार्वाही गर्ने काममा प्रशासनको ध्यान जानु आवश्यक छ ।