असोज २७ काठमाण्डौ
सुरक्षित यात्रा अभियान नेपालका महासचिव दिनेश पाण्डे सम्मानीत हुनु भएको छ ।
दुर्घटना न्युनिकरणमा महत्वपूर्ण योगदान पुराएको भन्दै प्रहरी प्रधान कार्यालयले पाण्डेलाई सम्मान गरेको हो ।
प्रहरी प्रधान कार्यालय काठमाण्डौंमा आयोजीत विषेश कार्यक्रमबीच पाण्डेलाई सम्मान गरिएको हो । ६२ औं प्रहरी दिवसका अवसरमा प्रहरी महानिरीक्षक प्रकाश अर्यालले पाण्डेलाई सम्मान पत्रद्वारा सम्मान गर्नुभयो ।
नेपाल पत्रकार महासंघ रुपन्देहीका उपाध्यक्ष तथा लुम्विनी टेलिभिजनका महासचिव समेत रहेका पाण्डेले पत्रकारितासंगै सुरक्षित यात्रा अभियान नेपाल नामक समाजसेवी संस्था मार्फत दुर्घटना न्युनिकरण र सडक प्रयोगकर्ताहरुका अधिकारका क्षेत्रमा झण्डै दुई दशकदेखि कामगर्दै आउनुभएको थियो ।
सम्मान कार्यक्रम पछि पाण्डेले प्रहरीको सम्मानले आफुलाई दुर्घटना न्युनिकरण अभियानमा लाग्न थप प्रेरण र उर्जा मिलेको बताउनु भयो ।