दिनेश पाण्डे
बिश्वमा मोटर चल्न थालेको १ सय १३ बर्ष पछि सन १८८२ मा नेपालमा पहिलोपटक गाडि ल्याईएको हो । बिक्रम सम्वत १९३८ मा भिम फेदि हुदै मानिसले बोकेर काठमाण्डौ पु¥याएको १३५ बर्षको यो अवधीमा नेपालमा मानिस र सामान बोक्ने यि साधनको संख्या २३ लाख नाघेको छ । नेपालको सवारी साधनको आयातको अभिलेखलाई हेर्दा २०४६ साल यताको आयातको बृद्धी अत्यन्त उच्च देखिन्छ । २०४६ साल सम्म नेपालमा सवारी साधनको संख्या ७६ हजार ३ सय ३८ मात्र थियो ।
सवारी साधन सडकमा गुडन थालेको १ सय २७ बर्ष पछि अर्थात सन् १८९६ अगस्ट १७ मा पहिलो पटक मानिसको ज्यान जाने गरी भएको दुर्घटना नै बिश्वमा भएको पहिलो सडक दुर्घटना मानिन्छ । लण्डनको क्रिष्टल प्यालेसमा भएको उक्त दुर्घटनमा एकजना पैदल यात्रीको ज्यान गएको थियो । सडक दुर्घटनाको हाल सम्म प्राप्त रेकर्ड अनुसार त्यो दुर्घटना नै सवारी दुर्घटनाबाट व्यक्तिको मृत्यु भएको पहिलो थियो । तर आजको अवस्था अत्यन्त फरक छ हरेक ६ सेकेण्डमा सडक दुर्घटनामा मानिसले ज्यान गुमाएका छन् । बिकासको गति जति तिब्र रुपमा बढिरहेको छ, त्यो भन्दा पनि द्रुत गतिमा सवारी दुर्घटनाको क्रम बढिरहेको छ । वास्तवमा भन्ने हो भने हामीले सुबिधाका लागी प्रयोगमा ल्याएका सवारी साधनहरु आफ्नै मृत्युको कारण बनेर हाम्रा सामु उभिएका छन् ।
विश्व स्वास्थ्य संगठनको तथ्यांक हेर्दा प्रत्येक बर्ष १२ लाख ७० हजार मानिसको सवारी दुर्घटनाबाट मृत्यु हुने र ५ करोड भन्दावढी व्यक्ति प्रत्येक वर्ष सवारी दुर्घटनाबाट घाईते भएको पाईन्छ । ९० प्रतिशत भन्दाबढी मृत्यु हुनेहरु कम तथा मध्यम आय भएका राष्ट्रका नागरीकहरु रहेको पाईन्छ । यसका साथै सडक दुर्घटनामा मृत्यु हुनेहरुमा पनि बढी मात्रामा पैदलयात्री र मोटरसाईकलका प्रयोगकर्ता १६ देखि ३५ बषर््ँ उमेर समुहका युवा नै देखिएका छन् । सडक दुर्घटनामा ज्यान गुमाउने मध्ये करिव १४ प्रतिशत अर्थात झण्डै २ लाख मृत्यु बालबालिकाको छ भने सडक दुर्घटनाबाट ६० प्रतिशत भन्दाबढी सवारी साधन संग कुनै साईनो नै नभएका बालवालिका प्रभावित हुने गरेका छन् । नेपालमा दैनिक ५ देखी ६ जनाको सवारी दुर्घटनाबाट मृत्यु हुने गरेको नेपाल प्रहरीको अभिलेखबाट देखिन्छ । नेपालमा भएका सडक दुर्घटनामा बर्षेनी करिव ८ हजार मानिस घाईते वा अंगभंग भएर जिवन गुजारी रहेका छन् । कतिपय सामान्य प्रकृतिका दुर्घटनाका पीडितहरु प्रहरीको सम्पर्कमा नै पुग्दैनन् ।
बिश्वका अन्य मुलुकहरु २०२० सम्म दुर्घटनालाई आधा कम गर्ने अभियानमा सक्रिय छन् । संयुक्त राष्टसंघको नेतृत्वमा शुरु गरीएको यो अभियानलाई नेपालले आत्मसात गर्ने जनाएको भएपनि अहिले सम्म कुनै कार्ययोजना तथा तयारी गर्ने संकेत देखिएको छैन । यो अवस्था बिद्यमान रहीरहे २०२० सम्ममा नेपालले ८३ प्रतिशत दुर्घटना बढेको अवस्थालाई स्वीकार्नु पर्ने छ । सवारी संख्याको बृद्धिदर र सवारी दुर्घटनाको वृद्धि दरले पनि यस कुरालाई प्रष्ट्याएको छ ।
संयुक्त राष्ट्रसंघले सडकलाई सुरक्षित बनाउन सबै राष्टहरुलाई सडक सुरक्षाको यथोचित व्यवस्थापन, सुरक्षित सडक, सुरक्षित सडक प्रयोगकर्ता, सुरक्षित सवारी साधन र दुर्घटना पछिको उद्धार जस्ता महत्वपुर्ण ५ ब“ुदे आधार स्तम्भ तयार गरेर सोही अनुसार दुर्घटना न्युनिकरणको अभियानमा लाग्न र आम नागरीकको ज्यान बचाउने कार्यमा लाग्न अपिल गरेको थियो । तर नेपालका जिम्मेवार र सरोकारवालाहरु कानमा तेल हालेर बसेका छन् ।
यातायात ब्यवस्था बिभागको गत आषाढ महिना सम्मको अभिलेखलाई अध्यायन गर्ने हो भने अहिले नेपालमा जम्मा जम्मी २३३९१६९ सवारी साधन (मोटरसाईकल समेत) गुडछन । सञ्चालनमा रहेका ति सवारी साधनले (मोटरसाईकल बाहेक) एक दिनमा करिव तिस लाख यात्रुलाई पर्याप्त सेवा दिन सक्छन तर ति सवारी साधनमा यात्रा गर्ने यात्रुको संख्या दशै तिहारको समयमा बाहेक अन्य समयमा दैनिक दुई लाखको हाराहारी मात्र रहेको देखिन्छ । यात्रुको अभावकै कारण लामो रुटमा संचालन गर्ने सवारी साधनका धनीले महिनामा ३ पटक मात्र सन्चालन गरेर चित्त बुझाउनु परेको छ ।
केहि समय भयो नया सडकमा रुट ईजाजत दिन बन्दै भएको तर सवारी साधन दैनिक आउछन र ति कहा चलाउने हो कुनै योजना देखिदैन । बिना योजना सवारी साधनको आयातले सडक यातायात क्षेत्र आर्थिक जोखिममा मात्र छैन यात्रुको लुछाचुडि र तनावमा दुर्घटनाको जोखिम बढाएको छ । ठुला सवारी साधन सञ्चालन हुन सक्ने गरी सडक निर्माण नभएको थुप्रै भइ सकेको छ तर बातानुकुलीत र पर्यटकीय सेवा दिने नाममा सवारी साधन भित्रिने क्रम बढदो छ ।
आज भन्दा करिव १५ बर्ष अघि बुटवल काठमाण्डौ चल्ने बसले महिनामा १२ देखि १४ पटक सम्म काठमाण्डौ बुटवल गर्ने अवसर प्राप्त गर्दथ्यो । थोरै बस हुदा दैनिक चल्न पाउनु र प्रयाप्त यात्रु पाउने अबस्था रहन्थ्यो तर आज महिनामा ३ पटक संञ्चालन गरेर बांकि समय ग्यारेजमा थन्काउनु परेको गुनासो ब्यवसायीको छ । यसले यातायात क्षेत्रमा लागेको लगानीले प्रतिफल दिन नसकने अबस्थाको स्पष्ट चित्रण गर्दछ । यस्तो अबस्था बिद्यमान हुदाहुदै पनि दैनिक जसो गाडि आयात गर्ने र ईजाजत दिने कार्यको अन्त्य हुन नसक्नु दुखद हो ।
गाडि खरिद गर्न समान्य पनि प्रस्तावना अर्थात प्रस्तावना (डिपीआर) तयार गर्नु पर्दैन बैंक तथा बित्तीय संस्थाको ढोका सम्म पुगे गाडि किन्न पैसा पाईन्छ । कुन सडकमा चलाउने हो कती यात्रु पाईन्छ कति सवारी साधन त्यहा सञ्चालनमा छन त्यसको अध्यायन प्रतिबेदन पेश गर्नु पर्दैन । समान्यतया ब्यपारीक र औद्यँेगीक कर्जा लिदा डिपीआर नभई गाडि किन्न पाईदैन । त्यस्तो झन्झट नपर्ने भए पछि कारोवारीहरुलाई समेत सहज हुन्छ गाडिको कारोवार । एउटा नागरीकताको प्रतिलिपी र लालपुर्जाको प्रतिलिपी संगै गाडि सञ्चालनको प्रक्रिया सूरु हुन्छ ।
सेवा प्रवाहका नाममा नेपालका बैंक तथा बित्तिय संस्थाहरुले सवारी साधन खरिदमा करिव ७५ प्रतिसत सम्म लगानी गरी रहेको अवस्था छ । उल्लेखित अवस्था, यात्रुको चाप र सवारी साधनको अनियन्त्रीत आयातलाई हेर्दा ति बैंक तथा बित्तिय संस्थाहरुले कसरी आफ्नो लगानी असुल गर्लान भन्ने तर्फ सुक्ष्म अध्यायन गर्नु जरुरी छ । नेपालको सडकको दुरावस्था, महंगो ईन्धन र तोकिएको भाडादर तथा सवारी साधनले पाउने यात्रु चालक परिचालकले पाउने पारिश्रमीक हिसाव गर्ने हो भने यातायात क्ष्ँेत्रमा लगानी गर्ने ब्यवसायी मात्र होईन बैंक तथा बित्तिय संस्थाहरुको लागि भयंकर डरलाग्दो अवस्था नजिक छ ।
बित्तिय संस्थाहरुले सवारी साधनमा लगानि गर्दै जाने, सवारी साधनले सञ्चालनको रुट ईजाजत पाउन नसक्ने, पाएको सवारी साधनले यात्रु नपाउने,ईन्धन, बिमा, नबिकरण शुल्क, बार्षिक कर र मजदुरको ज्याला बढदै जाने तर यात्रु भाडा नबढने अवस्था जान्दा जान्दै पनि सरकारले यसको नियन्त्रण र नियमन गर्न नसक्ने हो भने यातायात क्षेत्रकै कारण बैंक तथा बित्तिय संस्थाको लगानी जोखिममा पर्ने मात्र होईन मुलुकनै आर्थिक मन्दिमा फस्न सक्ने खतरा कसैले रोक्न सक्दैन ।
बिश्वका अधिकांश मुलुकले मास ट्रान्सर्पोटेसन लाई प्राथमिकता दिएको पाईन्छ सडकले सवारी साधनको भार थाम्न नसक्ने भएकाले अधिकांस देशले लामा र दुईतल्ले बसहरुलाई सञ्चालन गर्न थालेका छन यो अभ्यास छिमेकी मुलुक भारतमा समेत सुरुभएको बर्षौ भैसकेको छ तर हामीकहा साना सवारी साधनलाई प्राथमीकता दिएर सडकमा सवारी संख्या मात्र भर्ने काम भएको छ । अव हामी पनि त्यो अभ्यासमा लाग्नु पर्छ जसले छोटो दुरीका सडक र ब्यस्त सडकमा सवारी साधनको चापलाई नियन्त्रण गर्र्न सहयोग गर्ने भएका यात्रु चढदा समेत सवारी साधनले आफ्नो ईन्धन खर्च समेत थेग्न नसक्ने अबस्था एकातर्फ छ भने हामी कहा रहेका सवारी साधनको संख्या यसरी आकासीएको छ की सवारी साधनको ब्यबस्थापनको जिम्मेवारी पाएको टाफिक प्रहरीलाई ब्यबस्थापनमा कठिनाई उत्पन्न भएको छ । तर ति सवारी साधनलाई ब्यवस्थापन गर्नुको सट्टा नया सवारी साधन थप गर्ने रणनीतीका कारण सवारी साधनले ठुलो आर्थिक सामाजिक र भौतिक जोखिम निम्ताइ रहेका छन ।
पछिल्लो तथ्यांकलाई हेर्दा नेपालमा
नेपालमा सवारी साधन यसरी भित्रियो कि यस्तो अनुमान कसैले गरेको थिएन । ग्रामिण क्षेत्रमा कच्चि सडक निर्माण र सहरमा सवारी साधनको आयात सोचे भन्दा बढीछ । सवारी साधन गुडन सक्ने नसक्ने अवस्थाको अनुमान नगरी राजनितीक तहबाटै सवारी सञ्चालनमा दवाव दिने गरेका कारण पनि सडकहरु जोखिमपुर्ण बन्दै गएका छन । राजनितीक दलका नेताहरु आफुले गाडी गुडाई दिएको जस लिनका लागि कोदाले बाटोमा समेत सवारी सञ्चालनका लागि यातायात ब्यवसायी संस्थाहरुलाई दवाव दिने गरेका घटना प्रसस्तै छन ।
सवारी साधनको आयातको अवस्था पनि उस्तै छ बिभिन्न स्तरीय सुबिधा भन्दै ल्याईएका सार्वजनिक सवारी साधनहरु र निजी प्रयोजनका लागि ल्याईएका छन । प्रत्येक बर्ष १९ प्रतिसतका दरले नेपालमा सवारी साधन भित्रिएको अवस्था छ । सवै साधनहरु एकै पटक सडकमा निकाल्ने हो भने एउटा सवारी साधनले १ मिटर ३० सेन्टीमिटर मात्र सडक पाउने अवस्था छ । यसर्थ पुराना गाडी बिस्थापित गर्दै नलैजाने हो भने अवको केहि बर्षमा सडकमा यात्रुका लागि तानातान र दौडादौडको अवस्था दुई गुनाले बढने मात्र होईन ज्यानको भयावह जोखिम आउने निश्चित छ ।
नेपालमा सडकको अवस्था
पश्चिमान्चल क्षेत्रको पछिल्लो अबस्थालाई मात्र हेर्ने हो भने पनि सवारी साधन ब्यवस्थापनको अबस्था अत्यन्त भयावह छ । कच्चि र पक्कि गरी कुल ११ हजार ९ सय ३४ किलोमिटर सडक रहेको यस क्षेत्रमा २ लाख २९ हजार ७ सय ६३ सवारी साधन संचालनमा छन । बाहिर दर्ता भई आउने र यहा दर्ताभई संचालन हुने सवारी साधनको आकडालाई हेर्दा यहा दैनिक ८३ हजार ४ सय ९४ सवारी साधन आवतजावत गर्छन । सडक र यात्रु बिना सवारी साधन आयात गर्ने परिपाटीले यातायात ब्यवसाय मात्र होईन सिगो समाजलाई आहात बनाएको छ । बर्षौं देखि भत्किएका अधिकांश सडक मर्मतको पर्खाईमा रहेको अबस्थामा छन । पछिल्लो समय बुटवल देखि बेलहिया सम्मको सडक बिस्तारको काम भई रहेको छ भने । गतबर्षको बजेट भाषण संगै बुटवल देखि नारायणगढ सम्मको सडकलाई ४ लेनको सडकको रुपमा बिस्तार गर्ने घोषणा गरीए पछि यस क्षेत्रको समग्र बिकासले काचुली फेर्ने सम्भावना बढदै गएको छ ।
बुटवल यातायातको सहरको रुपमा चिनीदै गएको छ । नेपालमा सवैभन्दा धेरै एउटै यातायात ब्यवसायी संस्थामा आवद्ध भएका दुईवटा संस्थाहरु क्रियाशिल छन । पश्चिम नेपाल बस ब्यवसायी संघ जहा करिव दुई हजार पाच सय यातायात ब्यवसायीहरु आवद्ध छन भने अर्को पश्चिमाञ्चल यातायात ब्यवसायी समितीमा करिव दुई हजार तीन सय ब्यवसायीहरु आवद्ध रहेका छन । समग्र लुम्विनी अञ्चलमा रहेका १५ वटा यातायात ब्यवसायी संस्थाहरु संग अहिले यस क्षेत्रमा ८२६९ साना मझौला र ठुला सवारी साधनहरु छन भने ५ सय ३० वटा भ्यान तथा ट्याक्सीले सेवा दिई रहेका छन । यसका साथै करिव अठार सयको हाराहरीमा बिद्युतबाट चल्ने साधनहरुको ईरिक्सा ब्यवसायी समितीले ब्यवस्थापन गर्दै आएको छ ।
तुलनात्मक रुपमा यहाको यातायात ब्यवसाय पछिल्लो समय स्तरीय बन्दै गएको छ । पुराना र थोत्रा साधन बिस्थापन गरेर नया र स्तरीय सवारी साधन सञ्चालन गर्ने होडबाजी नै चल्न थालेको छ । यात्रुलाई सुबिधा दिन यहाका ब्यवसायीहरुले डिलक्स बस , एसी डिलक्स र साना एसी माईक्रो बसहरु बाट सेवा सञ्चालन गर्ने होडबाजीमा देखिन्छन । यस क्षेत्रमा यात्रुलाई सेवा दिई रहेका यस क्षेत्रका तिनै यातायात ब्यवसायी संस्थाहरुको स्थापना देखि हाल सम्मको अवस्था केलाउने प्रयास गरीएको छ ।
श्रीनगर यातायात ब्यवसायी समितीका नाममा २०५३ सालमा ७ वटा साना गाडि सञ्चालन संगै सुन्दर पर्यटकिय नगरी पाल्पामा स्थापना भएको हो । त्यस बेलाका अध्यक्ष डिलबहादुर ढुंगाना अहिले सम्म पनि अध्यक्ष छन । उक्त समितीमा ठुला बस करिव १ सयको हाराहारीमा छन भने अन्य माईक्रोबस जिप भ्यान हाईस गरी करीव ६ सय सवारीले सेवा प्रवाह गरी रहेको छ । स्थानिय सडकका साथै बुटवल , भैरहवा गुल्मि ,अर्घाखाची,स्याङजा पोखरा बाग्लुङ तथा काठमाण्डौ सम्म सेवा प्रदान गरी रहेको अध्यक्ष डिल बहादुर ढुंगाना बताउछन ।
“हामी पहाडी सडकमा जिप मात्र चलाएका छैनौ एसि बसबाट समेत काठमाण्डौ सम्म सेवा दिएका छौं ।” ढुंगानाले भने । साघुरा र साना पहाडी कच्चि धुले सडकमा सेवा प्रदान गर्नु आफ्नो संस्थाका लागि गर्वको कुरा भएको ढुंगानाको दावी छ । जोखिमयुक्त सडकमा सेवा सञ्चालन गर्दा हरेक समय ब्यवसायीको मन त्रासमा हुन्छ बिहान हिडेको गाडी कुनै दुखद खवर आउने हो की भन्ने चिन्ताले ब्यवसायीहलाई सताई रहने ढुंगानाले खुलाए । गाडि थोरै भएको समिती भएपनि पहाडी र ग्रामिण सडकमा यातायात सेवा सञ्चालन गर्दै आएको उक्त संस्थाका थोरै बस मध्ये दैनीक २० वटा ठुला बस क्यु नपाएर खाली बस्न बाध्य रहेको बताईन्छ
नवलपरासीमा अर्को यातायात ब्यवसायी संस्था छ मध्ये नेपाल यातायात ब्यवसायी संस्था जसको छैठौ अध्यक्षको रुपमा ऋषि पौडेलले नेतृत्व गर्दे आउनु भएको छ । स्थापनाका बखत पाल्ही यातायात ब्यवसायी समितीका नाममा स्थापीत यो संस्थामा साना तथा मझौला गाडिहरुको सख्या बढी थियो अहिले मझौला तथा ठुला सवारी साधनहरु थप्ने क्रममा रहेको उक्त संस्थाले जनाएको छ । करिव २ सय सवारी साधन रहेको उक्त संस्थामा आबद्ध गाडी मध्ये दैनिक २० वटा गाडी क्यु नपाएर खाली बस्ने गरेको अध्यक्ष पौडेलले बताए ।
२०४९ सालमा स्थपित उक्त संस्थाले नवलपरासीको सुनवल र सदरमुकाम परासीलाई केन्द्र मानेर भैरहवा तथा नारायणगढ तथा काठमाण्डौ सम्म यातायात सञ्चालन गर्दै आएको छ । हामी अधिकासं ग्रामिण क्षेत्रमा सेवा दिई रहेका छौं हाम्रो सेवा प्रवाहले यात्रुको मन जितेको छ अध्यक्ष पौडेलले भने ।
उक्त समितीले पुराना गाडि बिस्थापित गरेर मात्र नया गाडी आयात गर्ने निती अवलम्वन गरेको छ । यसले अनाबश्यक सवारी साधनको आयातलाई नियन्त्रण मात्र गरेको छैन ब्यवसायीहरुको लगानी समेत सुरक्षित गरेको दावी अध्यक्ष पौडेलको छ ।
पुरानो सवारी साधनको यातायात ब्यवस्था कार्यालयबाट लगतकट्टा गरेको प्रमाण ल्याएपछि संम्वन्धीत सवारी धनीले अर्को सवारी सोहि रुटमा चलाउन पाउने ब्यवस्था संस्थाले गरेको छ । यो संस्था दाउन्ने देखि पश्चिम केन्द्रीत भएकोले पनि नवलपरासीको दाउन्ने पुर्वको क्षेत्रमा पहाडी सडक समेत जोडिएको र अन्य यातायात ब्यवसायी संस्थाहरु समेत क्रियाशिल रहेको देखिन्छन ।
बुटवल र भैरहवालाई केन्द्र बिन्दु बनाएर यातायात सेवा सञ्चालन गरी रहेको संस्था हो पश्चिम नेपाल बस ब्यवसायी संघ । २०२६ सालमा स्थापना भएको उक्त संस्था संग करिव २५ सय बस तथा मिनीबस आवद्ध रहेका छन । स्वर्गिय भगवती प्रसाद थान्जुको नेतृत्वमा २३ वटा बसबाट सूरु भएको उक्त संस्थाले सडक यातायात पुगेका देशका सवै क्षेत्रमा यातायात संचालन गरेको दावी छ ।
दैनिक करीव १४ सय क्यू सवारी सञ्चालन गर्ने गरेको उक्त संस्थाका अध्यक्ष दधिराम खरेलको दावी छ । खरेलले सवारी साधन सञ्चालनको हिसावले पनि पश्चिम नेपाल बस ब्यवसायी संघसंग एक पटकमा १ लाख ३ हजार यात्रु बोक्न सक्ने सवारी साधन रहेको तर यात्रुको चाप त्यसको २५ प्रतिसतमात्र रहेको बताउछन ।
सवारी साधन दुर्घटनामा पर्दा सवारी साधनको मर्मत सम्भार, दुर्घटनामा मृत्यु भएका परिवारलाई राहत, घाईतेहरुको उपचार मात्र होईन ब्यवसायी र मजदुरहरु कुनै घटना दुर्घटनामा परेको खण्डमा समेत उपचार र राहत दिने गर्दै आएको अध्यक्ष खरेलले जानकारी दिए । “हामी कुनै ब्यवसायीको दुर्घटनाका मृत्यु भए १० लाख कालगतीले मृत्यु भएमा २ लाख, उपचार गर्नुपर्ने अवस्थामा ५० हजार उपचार र अपरेसन गर्नुपर्ने अवस्था भएमा थप २० हजार रुपैया र ५० हजार रुपैयाको मेडिकल बिमा गरी दिएका छौं” अध्यक्ष दधिराम खरेलले भने ।
देशकै सवैभन्दा धरेरै यातायात ब्यवसायी आवद्ध भएको दावी गर्ने यस संस्थाले आफु संग १५ बर्ष भन्दा पराना सवारी साधन नभएको दावी गरेको छ । १५ बर्ष नाघेका पुराना गाडि बिस्थापन गरेपछि मात्र नया गाडी आयात गर्ने यस संस्थालाई समय समेयमा सिण्डीकेट गरेको आरोप समेत लाग्ने गरेको छ ।
उक्त संस्थाले कुनै ब्यवसायीले पराना सवारी बिस्थापन गर्नु परेमा ब्यवसायीलाई ६ लाख रुपैया क्षतीपुर्ति बापत उपलब्ध गराउने गरेको अध्यक्ष खरेलले बताए । उक्त समितीले पहाडी र जोखिम देखिएका सडकमा ६ बर्ष भन्दा पुराना सवारी सञ्चालन गर्न ब्यवसायीलाई अनुमती नदिने गरेको समेत खरेलले जानकारी दिए ।
संघले २०६६ सालबाट बढदो दुर्घटना न्युनिकरणका लागि यातायात मजदुरहरुलाई नियमीत प्रशिक्षण दिने , नियमीत रुपमा सडकमा चेकजाच गर्ने लगायतका कामहरु गर्दै आएको छ । सवारी साधनको संख्या र अवस्थालाई हेर्दा यस संघभित्र प्रत्यक्ष एवं अप्रत्यक्ष रुपमा ७ हजार नागरीक रोजगारीमा संलग्न छन् भने २० हजार परिवार आश्रित रहेको संघको दावी छ ।
रुपन्देहीको अर्को यातायात ब्यवसायी संस्था हो सिद्धार्थ यातायात ब्यवसायी संमिती २०४६ सालमा मोहन प्रसाद शर्माको नेतृत्वमा स्थापना भएको उक्त संस्था सूरुको समयमा सिद्धार्थ टेम्पो तथा टेक्सी ब्यवसायी समितीको नाममा दर्ता भएको देखिन्छ । करिव ५ सय सवारी साधन आवद्ध रहेको उक्त समितीमा ठुला बस मिनी बस जिप हाईस सुमो लगायतका साधनबाट सेवा प्रदान गरेको छ ।
करिव २७ बर्ष पुरानो यो संस्थाले पुराना सवारी साधन हटाउन ठुलै जोखिम मोल्नु पर्यो । संस्थाले पुराना सवारी साधन हटाउने अभियान सुरु गरे लगत्तै ब्यवसायीहरुले बिवाद श्रृजना गरेर कार्यालयमा तालाबन्दी देखि अबिश्वास प्रस्ताव सम्मको अवस्थामा पुगेको अध्यक्ष सूर्यकुमार सारु मगरको गुनासो छ ।
करिव ६५ बर्ष पुराना जिप समेत रहेको उक्त संस्थाले ति बिस्थापित गर्न सुरु गर्नासाथ उक्त कार्यका बिरुद्ध सर्वोच्च अदालत सम्म उजुरी परेको थियो । ब्यवसायीहरु संस्थाकै बिरुद्ध संगठित हुने अवस्था श्रृजना भएपछि संस्थाले ति सवै जिपहरु संस्थाले मंहंगो मुल्यमा खरिद गर्न बाध्य भएको थियो ।
रुपन्देहीका यातायात ब्यवसायी संस्थाहरुले नया सवारी साधनको आयात र पुराना सवारी साधन बिस्थापन गर्न चाहे पनि केहि राजनितीक स्वार्थ केही गाडि माफीयाहरुको समय समयमा तालमेल हुदा यहाका सर्व साधारणले नया र स्तरीय सवारी साधन प्रयोग गर्न पाउने अधिकार र चाहना कुण्ठित हुदै गएको छ ।
सिद्धार्थ यातायात ब्यवसायी समितीले भैरहवालाई केन्द्रबिन्दु मानेर लुम्विनी अञ्चलका बिभिन्न जिल्ला लगायत पोखरा र काठमाण्डौ सम्म एसि सहितका बस ताथा मिनीबस बाट सेवा प्रदान गर्दै आएको संस्थाका अध्यक्ष सूर्य कुमार सारुले बताए । सारुका अनुसार समय र यात्रुको चाहना बमोजिमको सेवा प्रवाहमा संस्था क्रियासिल छ ।
रुपन्देहीको बुटवलमै डिल बहादुर थापा नेतृत्वको अर्को यातायत ब्यवसायी संस्था छ बुटवल यातायात ब्यवसायी समिती । लामो समय सिता घिमीरेको नेतृत्वमा रहेको उक्त समिती लाई पुराना र थोत्रा जिपहरुको समितीको रुपमा लिईन्थ्यो । पछिल्लो समय रसियन भोल्का नामका ति जिपहरु हटदै गए पनि अझै पनि उक्त समितीले थोत्रा जिप पुर्णत अन्त्य गरेर सेवा दिन सकेको अवस्था छैन । अझै पनि ४५ वटा जती त्यस्ता साधन रहको र हटाउने प्रक्रियामा रहेको अध्यक्ष डिल बहादुर थापाको भनाई छ ।
साना तथा मझौला गरी २४९ वटा सवारी साधन सञ्चालनमा रहेको उक्त संस्थाले ब्यवसायीलाई प्रति सवारी दुई लाख रुपैया दिएर पुराना गाडी बिस्थापित गर्ने र नया गाडी सञ्चालन गर्ने निती लिएको छ । पुराना जिपले अत्यन्त ग्रामिण क्षेत्रमा सेवा दिने र नया सवारी साधनले नया रुट खोज्दै जाने गरेकोले पनि उक्त समिती र पश्चिम नेपाल बस ब्यवसायी संघका बिच बेला बेलामा तनाव उत्पन्न भई रहन्छ ।
२०३१ सालमा सुर्यमान श्रेष्ठको जिप तथा टेम्पो ब्यवसायी समितीका नाममा स्थापना भएको उक्त संस्था २०५१ सालमा जिप तथा मिनीबस ब्यवसायी समिती तथा २०६५ सालमा बुटवल यातायात ब्यवसायी समितीका नाममा क्रियाशिल रहेको अध्यक्ष डिल बहादुर थापा बताउछन ।
आफ्नो मातहत सञ्चालनमा रहेका कुनै सावारी साधन दुर्घटना भएमा पिडीत पक्षलाई राहत तथा क्षतीपुर्ती दिने देखि सवारी साधनको मर्मत समेतपुर्ण रुपले संस्थाले नै गर्दै आएको छ । रुपन्देही र कपिलबस्तुमा सेवा सञ्चालन गरेको यस संस्थाले पछिल्लो समय पोखरा, बेनी र बाग्लुङमा समेत यातायात सञ्चालन गरेको छ । भने ,केही नया सवारी साधनहरु थप गर्ने र काठमाण्डँै सम्म सेवा दिने तयारी गरी रहेको अध्यक्ष थापाले जानकारी दिए ।
गुल्मिको तम्घास सेरोफेरोलाई केन्द्र मानेर क्रियाशिल रहेको संस्था गुल्मि यातायात ब्यवसायी संघ छ । २०५८ सालमा नवराज शर्माको अध्यक्षतामा स्थापना भएको उक्त संस्थाले आरम्भमा गुल्मि अर्घाखाचिका ग्रामीण सडकमा साना सवारी साधनहरुबाट सेवा सञ्चालन गर्दै आएको थियो । साना मझौला र ठुला गरी करिव २५० जती सवारी साधन आवद्ध रहेको संस्थाले अन्य संस्थाले जस्तै ब्यवसायीहरु अप्ठेरोमा पर्दा वा दुर्घटनमा परेको बखत सहायता गर्दै आएको छ । तेश्रो पक्ष र प्रथम पक्षको बिमाको अलावा ब्यवसायीहरुको ५ लाख बरावरको जिवन बिमा समेत गरेको अध्यक्ष झक बहादुर मिदुनले बताए । उक्त समितीले केहि बर्ष यता तम्घासबाट बाग्लुङका बिभिन्न ग्रामिण सडकहरु अर्घाखाची, बुटवल, काठमाण्डौ लगायतका स्थानहरुमा सेवा सञ्चालन गर्दै आएको मिदुनले बताए ।
कुनैबेला थियो सडक भए पनि साना गाडी बिवाहमा जांदा दुलाह जन्तीसंगै एउटै बसमा जाने चलन थियो । धनीमानीहरु काठमाण्डौ र पोखराबाट समेत मगाउथे तर पछिल्लो समय समान्य परिवार पनि साना कारहरु सजाएर बेहुलालाई लिएर जान्छन र बेहुली लिएर फकिन्छन । यसको मतलव अव साना सवारी साधनहरुमा सवैको पहुंच पुग्न थालेको छ । जसको सहयोगी बनेका छन सार्वजनिक भाडाका ट्याक्सी तथा भ्यानहरु ।
पाल्पा भैरव ट्याक्सी सेवाको रुपमा गोपालबहादुर पोखरेलहरुले ५ वटा ट्याक्सी ल्याएर संस्थागत ढंगले सूरु गरेको यो व्यवसाय अहिले ब्यक्तिगत रुपमा खरिद गर्ने निम्न आय भएका सैयौं युवाहरुको स्वरोजगारको माध्यम समेत बनेको छ । अहिले उक्त समिती अन्तरगत ५३० ट्याक्सी रहेका छन । बुटवलमा फाट्ट फुट्ट ट्याक्सी चल्न थालेको करिव १२ बर्ष पछि २०६३ सालमा दर्ता भएको लुम्विनी ट्याक्सी तथा भ्यान ब्यवसायी संघले यस क्षेत्रमा ट्याक्सी तथा भ्यानहरुको ब्यवस्थापन गर्दैै आएको छ ।
संघमा आबद्ध ब्यवसायीहरुको हित र प्रर्वद्धन संगै यात्रुलाई सहज सुलभ र छरितो सेवा दिने गरी लागेको र उपभोक्ताले फोन गरेको ५ मिनेट देखि १० मिनेट जतीमा माग गरेको स्थानमा ट्याक्सी सेवा दिने तयारी गरी रहेको अध्यक्ष बिष्णु काफ्लेले जानकारी दिए । दुर्घटनामा परेका बेला व्यवसायीहरुलाई गाडि मर्मतका लागि थोरै राहत उपलब्ध गराउर्दै आएको संस्थाले अव सदस्य ब्यवसायीलाई मर्का नपरोस भनेर सम्पुर्ण मर्मत खर्च ब्यहोर्ने गरी ब्यवसायी कल्याणकारी कोष निर्माण गर्ने तयारीमा रहेको समितीले जनाएको छ ।
यस क्षेत्रमा ढुवानीका साधनहरु अर्थात ट्रकहरुको सञ्चालन तथा ब्यवस्थापन गर्ने ३ वटा संस्थाहरु रहेका छन । पश्चिमाञ्चल यातायात ब्यवसायी समिती, लुम्विनी ट्रक समिती र बाणगंगा यातायात ब्यवसायी समितीका नाममा रहेका ति संस्थामा करीव ३ हजार ७ सय ट्रक ब्यवसायीहरु आवद्ध छन । तिनवटै संस्थाले सवारी साधनको ब्यवस्थापन संगै दुर्घटनामा परेकाहरुको उपचार तथा मृतकका पिडीत परीवारमा लाई राहात तथा क्षतीपुर्ति एवं यातायात ब्यवसायीलाई राहत तथा मर्मत सम्भारमा सहायता गर्दै आएका छन । २०३६ सालमा स्व. प्रेमराज श्रेष्ठको नेतृत्वमा स्थापना भएको पश्चिमाञ्चल यातायात ब्यवसायी समितीको नेतृत्व हाल टिकाराम गौतमले गर्दै आएका छन । यसै संस्थामा नेतृत्व गरी सकेका अर्जुन रानाभाट देश भरीका ढुवानी ब्यवसायीहरुको संस्था नेपाल ट्रक यातायात ब्यवसायी महासंघको अध्यक्ष रहेका छन ।
कपिलबस्तुमा ३ वटा यातायात ब्यवसायी संस्थाहरु क्रियाशिल छन ति मध्ये दुईवटाले यात्रुबाहक सवारी साधनको ब्यवस्थापन तथा सञ्चालन गर्दै आएका छन भने एउटाले ढुवानीका साधनहरुको ब्यवस्थापन गर्दै आएका छन । कपिलबस्तुका २ वटै ब्यवसायी समितीमा साना तथा मझौला सवारी साधनको बाहुल्यता रहेको छ ।
ढुवानीका साधनहरुको सञ्चालन गर्ने कार्य गर्दै आएको बाणगंगा यातायात ब्यवसायी समितीको नेतृत्व बिष्णु प्रसाद न्यौपानेको काधमा रहेको छ । जहा करिव आठसय ट्रक आवद्ध रहको उक्त संस्थाले जनाएको छ । उक्त समितीले दुर्घटनामा परेकाहरुलाई राहात र क्षतिपुर्तिका अलावा ब्यवसायीहरुको जिवन बिमा र मुटु तथा मृगौला उपचार तथा अपरेसन गर्नु परेको खण्डमा ५० हजार सम्मको सहायता उपलब्ध गराउने गरेको अध्यक्ष न्यौपानेले जानकारी दिए ।
कपिलबस्तुको यात्रुबाहक सार्वजनिक सवारी साधनको ब्यवस्थापन गर्ने संस्था मध्ये कृष्णनगर यातायात ब्यवसायी समिती कृष्णनगरमा अवस्थीत छ । २०४९ सालमा स्वर्गिय हवीवुर रहमानको नेतृत्वमा स्थापना भएको उक्त समितीमा १ सय जिप र १६ वटा बस रहेका छन । पछिल्लो केहि बर्ष यता संस्थाको नेतृत्व जावेद अहमद खां ले गर्दै आउनु भएको छ । उक्त समितीमा रहेका ९० प्रतिशत जिपहरु २० बर्ष पुराना रहेको बताईन्छ । समितीका महासचिव रामदाश चौधरीले महेन्द्रा डिआई पुराना सम्पुर्ण जिपहरु हटाउने प्रक्रियामा रहेको जानकारी दिए । “एक बिस्थापित एक स्थापीतको निती अवलम्वन गर्दै सवै पुराना साधनहरु हटाउने तयारीमा रहेको र बिस्थापीत ब्यवसायीलाई प्रति जिप दुई लाख दिने निर्णय भएको छ ” महासचिव चौधरीले भने ।
उक्त समितीले कृष्णनगरलाई केन्द्र मानेर कपिलबस्तुका बिभिन्न क्षेत्र तथा बुटवल र दाङ सम्म यातायात सेवा सञ्चालन गर्ने गरेको छ । दुर्घटनाका बेला ब्यवसायीलाई मर्का नपरोस भनेर संस्थाले ब्यवसायी कल्याण्कारी योजना अगाडी सारेको महासचिव चौधरीले जानकारी दिए ।
कपिलबस्तुकै अर्को यातातायात ब्यवसायी संस्थाहो कपिलबस्तु यातायात ब्यवसायी समिती २०५८ सालमा कपिलबस्तु सदरमुकाम तौलिहवालाई आधार मानेर स्थापना भएको उक्त संस्थाको संस्थापक अध्यक्ष सन्तोष हमाल थिए । साना जिपहरुबाट सेवा सञ्चालन सूरु भएको उक्त संस्थामा अहिले २५ वटा बस र ४४ वटा जिप रहेको संस्थाका अध्यक्ष मोहम्मद ईनामले जानकारी दिए । तौलिहवाबाट भैरहव बहादुर गञ्ज जितपुर ४ नं लगायत कपिलबस्तुका गाउ गाउमा चल्ने यस समितीमा आवद्ध सवारी साधनहरु समेत यात्रु अभावमा दिनमा २० वटा जती घरमै थन्क्याउनु परेको अध्यक्ष इनामले बताए ।
भैरहवामा केन्द्रित रहेर क्रियाशिल रहेको लुम्विनी ट्रक समितीले स्थापनाका लागि निकै कसरत ब्यहोर्नु पर्यो । २०६७ सालमा स्थापना भएको उक्त संस्थाको नेतृत्व हाल सम्म संस्थापक अध्यक्ष बिष्णु खरेलबाट नै हुदै आएको छ । उक्त संस्थामा करिव ७ सय यातायात ब्यवसायी आवद्ध रहेको संस्थाका महासचिव रुमाखर गौतमले जानकारी दिए । उक्त समितीको स्थापना, ब्यवस्थापन तथा सञ्चालनमा भैरहवाका ब्यवसायीक तथा सामाजिक संघ संस्था साथै स्थानिय समुदायको साथ र सहयोग रहदै आएको छ ।
लुम्विनी साना तथा मझौला ढुवानी ब्यवसायी संघ सवैभन्दा कान्छो समिती हो जसका अध्यक्ष लक्ष्मण क्षेत्री छन ३ बर्ष अघि स्थापना भएको उक्त समितीमा स्थानीय बजार र आसपासमा सामान ढुवानी गर्ने साना तथा मझौला सवारी साधनका धनीहरु आवद्ध रहेका छन । केही बर्ष अघि सम्म रिक्साबाट हुदै आएको काममा यि साधनहरुबाट हुदै आएको छ । साघुरा गल्ली र थोरै सामान ओसार पसार गर्न यि साधनहरु अत्यन्तै उपयुक्त मानीएका छन । प्राय गरेर किराना तथा कपडा ब्यवसायी, हार्डवेयर ब्यापारी, हाटबजार ब्यवसायी, बसाई सराई, फ्रिज लगायतका अन्य ससाना कामका लागि यिनको माग रहेको अध्यक्ष लक्ष्मण क्षेत्रीको भनाई छ । हाल उक्त समिती मातहत ३ सयको हाराहरी त्यस्ता सवारी साधनहरु छन ।
अर्घाखाचीमा योगेन्द्र खडकाको नेतृत्वमा साना तथा मझौला सवारी साधन आवद्ध यातायात ब्यवसायी समिती क्रियाशिल रहेको छ । १ सय ५० सवारी साधन आबद्ध रहेको उक्त समिती २०६१ सालमा स्थानिय यातायात ब्यवसायी दुर्गा भुसालको नेतृत्वमा स्थापना भएको हो । स्थानिय रुटमा मात्र चल्ने जिपहरुको ब्यवस्थापन गर्ने गरी सार्वजनिक जिप ब्यवसायी समितीका नाममा दर्ता भएको उक्त संस्था पछि देउराली यातायात ब्यवसायी समीतीका नाममा रुपान्तरण भएको हो । उक्त समितीले अर्घाखाची जिल्लाका प्रत्येक वडावडा र टोलटोलमा यातायात सेवा दिई रहेको तथा बुटवल दांङ, काठमाण्डौ, पाल्पा गुल्मी प्युठान र पोखर सम्म यातायात सेवा सञ्चालन गरेको अध्यक्ष योगेन्द्र खडकाले बताए ।
सवारी साधन बढी भएका कारण दिनमा करिव १२ वटा सवारी साधन क्यू नपाएर खाली बस्नु परेको समितीले जनाएको छ । समितीले सवारी साधनको दुर्घटना बिमा, घाईतेहरुको औषधी उपचार दुर्घटनाबाट मृत्यु भएकाहरुका पिडीत परिवारमा राहत समयमै उपलब्ध गराउने जस्ता कामहरु गर्दै आएको अध्यक्ष खडकाले जानकारी दिए । यसका साथै उक्त समितीले ब्यवसायीहरुले बैंकको किस्ता भुक्तान गर्न नसक्ने अवस्था रहेमा पछि फिर्ता हुनेगरी सहायता समेत गर्ने गरेको अध्यक्ष खडकाले बताए ।
“अर्घाखाचीमा एउटै समस्या जोखिमपुर्ण सडक हो आठ दश घर गाउले मिलेर सडक खन्छन अनि गाडि चलाउन दवाव सूरु हुन्छ , हामीले नचलाए अन्य छिमेकि जिल्लाबाट चलाउन थाल्छन” अध्यक्ष खडकाले प्रतिस्पर्धी संस्थाको खतरा बारे बताए ।
ब्यवसायीको मात्र होईन यातायात क्षेत्रमा गहिरो सम्वन्ध राख्ने अर्का दुईवटा संस्था रुपन्देहीमा क्रियाशिल छन । शिद्धार्थ राजमार्गमा यातायात ब्यवसायको सञ्चालन संगै शिद्धार्थ राजमार्ग मजदुर भलाईकोषका नाममा २०३१ सालमा राजेन्द्र सिंह श्रेष्ठको नेतृत्वमा स्थापना भएको हो । सडक दुर्घटनामा परेका मजदुरहरुको पक्षमा वकालत गर्ने काममा सक्रिय उक्त संस्थालाई अन्य क्षेत्रका यातायात मजदुरहरुले समेत सदस्यता माग गर्न थाले पछि २०४८ सालमा यातायात मजदुर भलाई कोषका नाममा रुपान्तरण भएको हो । हाल नारायण प्रसाद भटराईको नेतृत्वमा रहेको उक्त संस्था यातायात मजदुर तथा ब्यवसायी भलाई कोषका नाममा सक्रिय छ । यातायात ब्यवस्थापन नभई मजदुरहरुको संरक्षण र दुर्घटना न्युनिकरणमा सक्रिय रहेको संस्थाका अध्यक्ष नारायण प्रसाद भट्टराईको भनाई छ ।
त्यसैगरी पछिल्ला केहि बर्ष यता राष्ट्रिय यातायात उद्यमशिलता तथा मजदुर भलाईकोष समेत सक्रिय देखिएको छ । मोहन भुसालको अध्यक्षतामा स्थापना भएको उक्त संस्थाले समेत यातायात मजदुरहरुको पक्षमा काम गर्ने गरेको दावी संस्थाको छ ।
यातायात क्षेत्रमा लागेका व्यवसायीहरुलाई सवैभन्दा बढी सिण्डीकेट गरेको आरोप लाग्दै आएको छ । नेपालमै सवैभन्दा बढी सिण्डीकेट कायम भएको क्षेत्र भनेर चर्चा हुदै आएको यस क्षेत्रका ब्यवसायीहरु भने यसलाई मान्न तयार देखिदैनन । ब्यवसायीहरुको एउटै जवाफ छ “कुनै पनि ब्यवसायी ब्यवसायबाट बिस्थापित हुन नपरोस भनेर आफुहरुले ब्यबस्थीत ढंगले सवारी साधन चलाएको र अस्वस्थ प्रतिस्पर्धा नहोस भनेर ब्यबस्थापन गरेका हौं यसलाई सिण्डीकेट भन्न मिल्दैन ” । कारणबस सडक दुर्घटना हुदा यात्रु वा तेश्रो पक्षले कहा उपचार खोज्ने ? कहा न्याय खोज्ने ? कहा क्षतीपुर्ति खोज्ने ? जस्ता समस्या नआएको उनिहरुको तर्क छ ।
कुनैपनी तेश्रो पक्षले अहिले उपचार वा राहत नदिएर गाडिवाला भाग्यो भन्ने अवस्था आएको छैन । कतिपय दुर्घटनामा गाडिको मुल्य भन्दा कयौं गुणा बढी खर्च उपचारमा हने गरेको उनिहरुको दावी छ । यदि यातायात क्षेत्र संस्थागत नभएको भए त्यो उपचार एउटा गाडी धनीबाट उपचार सम्भव नहुने तथा पिडित परिवारको असिमीत माग पुरागर्न पनि एकजना ब्यबसायीबाट सम्भव नहुने पश्चिम नेपाल बस ब्यवसायी संघका महासचिव जिवन कुमार बन्जाडेको तर्क छ । उपचारका लागी बिमाले दिने बिमा रकमले कतीपय दुर्घटनाका घाईतेको उपचार होईन उद्धारमा खर्च भएको र कतिपय दुर्घटनाका घाईते बचाउन हेलीकप्टर चार्टर गर्नु परेको ब्यवसायीहरुको भनाई छ । राज्यले निर्दिष्ठ गरेको निती नियम र निर्देशन बमोजिम यातायात सेवा सञ्चालन गर्ने तथा सरकारले तोके बमोजिमको भाडा लिने गरेका यातायात ब्यबसायी संगठित हुदा सिण्डीकेट देख्ने दृष्टीकोण गलत छ बन्जाडेले दोहो¥याए ।
लुम्विनी अञ्चलका सवै ययातायात ब्यवसायी संस्थाहरुको सदस्यता शुल्क अत्यन्त महंगो छ । सानो भन्दा सानो र थोरै यातायात ब्यवसायी भएको संस्थाको पनि सदस्यता शुल्क २ लाख पचास हजार भन्दा बढी नै छ । सामान्य हिसावले सवारी साधन खरीद गर्दैमा यस क्षेत्रमा यातायात सेवा सञ्चालन गर्न कठिन छ । तर शुल्क महंगो भए पनि ब्यवसायको संरक्षणका कारण यातायात क्षेत्रमा प्रवेश गर्न चाहने ब्यवसायीहरु भने यसलाई चर्को मान्दैनन । दुर्घटना हुदा राहत क्षतीपुर्ति सवारी साधनको मर्मत सम्भार संगै जिवन बिमा र भबितब्यमा परे अपरेसन खर्च समेत पाईने भएकोले पनि खुल्ला प्रतिस्पर्धामा यातायात सञ्चालन गर्ने जोखिम मोल्न कुनै ब्यवसायी तयार हुदैनन ।
बुटवलले नै सरकारलाई २० बर्ष पुराना सवारी साधन बिस्थापित गर्नु पर्छ भन्ने सन्देश दिएको हो । कतिपय ब्यवसायीहरुको अवरोधका बिच सूरु गरीएको यो कार्य अहिले नमुनाको रुपमा प्रस्तुत भएको छ । २० बर्ष पुराना गाडी हटाउने अभियान सूरु गरेका ब्यवसायी संस्थाहरुले अहिले १६ बर्ष पुराना सवारी साधन समेत हटाउन थालेका छन भने कतिपय संस्थाले आफु आबद्ध ब्यवसायीलाई बुझाउन नसक्दा उक्त कार्य सूरु गर्न सकेका छैनन । कतिपय ब्यवसायीले यहा बिस्थापन गरीयो भन्दै अन्यत्र पठाउने र अन्यत्रबाट बिस्थापन भएका गाडीहरु समेत यहा ल्याएर चलाउने गरेका कारण पनि एक बिस्थापीत र एक स्थापीत हुदैमा उपभोक्ताले नया र स्तरीय सवारी साधन प्रयोग गर्न पाउछन भन्नेमा ढुक्क हुन सकिदैन । यदी सरकारले २० वर्ष पूराना गाडीहरु बिस्थापन गर्ने नितीलाई कडाईका साथ लागुगर्दा यस क्षेत्रका करीव ६ सय जिप तथा बसहरु बिस्थापन हुने देखिन्छ । यसरी बिस्थापन गर्दै जादा यस क्षेत्रमा क्रमसः प्रत्येक बर्ष एक सय भन्दा बढी सवारी साधनको लगत कट्टा गर्नु पर्ने अवस्था आउने स्वंयम यातायात ब्यवसायीहरु बताउछन ।
लुम्विनी अञ्चल यातायातको केन्द्रको रुपमा बिकसित हुदै गएको मात्र छैन यातायात ब्यवस्थापन र नितीगत निर्णयमा समेत यहाका यातायात ब्यवसायीहरुको निर्णयक भुमिका रहदै आएको छ । यातायात ब्यवसायीहरुको सन्दर्भमा निर्णय लिनु पर्दा वा ब्यवसायीहरुको तर्फबाट समेत निर्णय गर्नुपर्दा सार्वजनीक यात्रु बाहक सवारी साधनको सन्दर्भमा पश्चिम नेपाल बस ब्यवसायी संघको र ढुवानीका साधनहरुको सन्दर्भमा पश्चिमाञ्चल यातायात ब्यवसायी समितीको निर्णय पर्खने गरेको थुप्रै घटनाहरु छन । त्यसैले पनि यहाका यतायात ब्यवसायीहरु नेतृत्वमा नभएपनि निर्णायक तहमा रहेको दावी गर्ने गर्दछन ।