बर्षात्को मौसममा गाडी ड्राइभिङ गर्दा धेरै कुरामा ध्यान दिनु आवश्यक छ । खासगरी पानी परेको समयमा सडकमा विशेष सावधानीका साथ गाडी चलाउनु आवश्यक हुन्छ । त्यसैगरी गाडीमा भएका विभिन्न पार्ट्सलाई मर्मत गर्नु नपर्ने गरी संचालनमा ल्याउनु पनि आवश्यक हुन्छ ।
सर्भिसिङ जरुरी
कारको ब्रेक प्याड र डिस्क चेक गर्नुहोस, एयर फिल्टर सफा गर्नु, स्पार्क प्लगबाट सबै कार्वन हटाउनु पर्छ । यी सबै कुरा आफ्ना कारको प्रि–मनसुन चेकअप क्याम्प भन्दा पहिले नै गर्नु आवश्यक हुन्छ । यी वाहेक फ्युल, लाइट र वायर पनि चेक गराउन भुल्नु हुँदैन ।
लाइट चेक
वर्षाको बेला सडकमा धेरै लाइट हुनु आवश्इक हुन्छ । यो अवस्थामा कारको हेड लाइट संधै चेक गरेर मात्र गाडी गुडाउनु राम्रो हुन्छ । सक्नु हुन्छ भने गाडीमा एक्स्ट्रा लाइट समेत राख्दा राम्रो हुन्छ । लाइटले प्रकाश कतिको दिदैछ त्यो समेत चेक गर्नु होला । संधै राम्रो क्वालिटीको बल्ब लगाउनु होला ।
वाइपर केयर
कतिपय कुरामा हामी सामान्य चिजको ध्यान गर्दैनौ । वर्षाका कारण तथा रातको बेला बाटो राम्रो देखिदैन । उज्यालो दिने हेडल्याम्पले कहिलेकाँहि धोका दिन सक्छ । त्यसैले तपाईको वाइपरको व्लेडले सही ढंगले काम गरेन भने तपाईलाई दिक्क लाग्न सक्छ । तपाई यो कुरामा सुनिश्चित हुनुस् कि सिसामा पानी नहुँदा पनि वाइपर सजिलैसँग चल्न सक्छ । यस्तो गर्दा वर्षाको समय तपाईले आरामले देख्न सक्नु हुन्छ । वाइपर सही हुनाले तपाईको सिसामा पनि स्क्र्याच हुँदैन ।
पेन्टको सुरक्षा
यस मौसममा गर्मी धेरै बढने गर्दछ । यसैले गर्दा आफ्नो कारलाई छोपेर नराख्नुस् राखेमा गाडीमा खिया लाग्ने खतरा बढ्दछ । त्यसैले सधै खुल्ला पार्किङ्ग स्थलमा राख्नु होला नत्र भने कारमा हानी नोक्सानी हुन सक्छ । डिजेल र जलेको लुब्रिकेन्ट्सलाई मिलाएर गाडीको इन्जिनको आसपास अथवा लिफ स्प्रिङमा लगाउन सक्नु हुन्छ जसले गर्दा खिया लाग्नबाट बचाउँछ ।
तपाई आफ्नो कारमा वाक्स पोलिस प्रयोग गर्नु हुन्छ भने खिया बाट बचाउने रिमुवल पाउडर समेत प्रयोग गर्नु होला । यो पाउडर कुनै सर्भिसिङ्ग सेन्टर तथा कुनै एसेसरिज पसल सजिलै संग पाउन सकिन्छ । वर्षामा ड्राइभिङ्ग गरिसकेपछि आफनो गाडि राम्रो संग सफा गर्ने अथवा पानिले धुनु होला ।
टायरमा ध्यान
तपाईको गाडिमा एन्टी लक व्रेकिङ्ग सिस्टम, डिस्क ब्रेक अथवा अप्टिमम ब्रेकिङ्ग पावर जे भए तापनि सडकमा तपाईको टायरले नै तपाईलाई सुरक्षित राख्न सक्छ । खासमा भारी वर्षाका दौरान जब रोडमा पानी र माटो हुन्छ त्यति वेला गाडी गलत दिशा तिर मोडिन्छ ।
वर्षाका कारण तपाईको कारको कन्डिसन राम्रो हुनु पर्छ । गाडीको टायरको कन्डिसन राम्रो राख्नको लागि तपाई आफ्नो गाडीमा टायर थ्रेड डेफ्थ गज राख्न सक्नु हुन्छ ।
सबै भन्दा राम्रो तरिका टायर ४० हजार किमी गुडिसकेको या ३ वर्ष पुरानो भईसकेको छ भने त्यसलाई फेर्न सक्नु हुन्छ जसले गर्दा तपाइलाई गाडी गुडाउन सजिलो हुन सक्छ ।