भगवती पाण्डे बुटवल भदौ ११
सवारी साधनको सडक ईजाजत पत्र जारीगर्ने समयमै त्रुटी हुने गरेका कारण रुट ईजाजत नपाएका सडकमा सवारी गुडने गरेको रहस्य खुलेको छ ।
यातायात व्यवस्था कार्यालयहरुले रुट ईजाजत दिदा निश्चित रुट नभई अञ्चल भर भनेर उल्लेख गरीदिने गर्दा अञ्चलभरी जतासुकै जानपाउने ब्यवस्था खुल्ला हुने गरेको पाईएको छ ।
यातायात ब्यवस्था बिभागले पटक पटक आफु मातहतका अञ्चल यातायात ब्यवस्था कार्यालयहरुलाई अञ्चल भरका लागी रुट ईजाजत नदिन निर्देशन दिएको भएपनि यातायात व्यवस्था कार्यालयहरुले त्यसको पालना नगरेको पाईएको छ ।
बिभागले २०६६ सालमै च नं १२७७ बाट मातहतका यातायात ब्यवस्था कार्यालयहरुलाई ३ बुदे निर्देशन जारी गर्दै कुुनैपनि सवारी साधनको रुट ईजाजजत जारी गर्दा सूरु बिन्दु र अन्तिम बिन्दु उल्लेख गरेको हुनुपर्ने तथा जारी गरीसकेका रुट ईजाजत पत्रहरु नबिकरण गर्न आउदा सो खारेज गरी सूरु बिन्दु र अन्तिम बिन्दु उल्लेख गरी ईजाजत पत्र जारी गर्न पत्राचार गरेको पाईएको छ ।
यसका साथै परिपत्रमा सूरु बिन्दू र अन्तिम बिन्दु नलेखि जिल्ला भरी वा अञ्चलभरी लेखि जारी गरेको पाईएमा बिभागीय कार्वाही हुने समेत उक्त पत्रमा उल्लेख गरिएको छ ।
तर बिभागको उक्त पत्रको कुनै पनि यातयात ब्यवस्था कार्यालयहरुले कार्यान्वयन नगरेका कारण रुट कायम नभएका सडकहरुमा समेत सवारी सञ्चालन गर्न ब्यवसायीहरुलाई बाटो खुलेको देखिन्छ ।
ब्यवसायीहरुको दवावमा यातायात व्यवस्था कार्यालयले उक्त रुट ईजाजत पत्र सम्वन्धी ब्यवस्था कार्यान्वयन नगरेका कारण बिभागले पुन मिती २०७३ बैसाख २३ मा मातहतका कार्यालयहरुलाई स्मरण गराउदै पत्र पठाएको देखिन्छ । तर बिभागको उक्त पत्रलाई यातायात व्यवस्था कार्यालयहरुले हाल सम्म कार्यान्वयन गरेको पाईदैन ।
जसका कारण राज्यलाई बर्सेनी लाखौ राजस्व गुमेका र रुट कायम नभएका सडकहरुमा सवारी साधन चलाउने बातावरण तयार भएको देखिन्छ ।
यातायात ब्यवस्था कार्यालय लुम्विनीका एक अधिकृतका अनुसार बिशेष गरी रिर्जवमा हिडनु पर्ने ट्याक्सीहरुका लागि निश्चित रुट दिन नसकिने ब्यवहारीक कठिनाई भएका कारण अन्य ज बर्गका अन्य सवारी साधनमा त्यस्तो समस्या आएको र आफहरु सूरु बिन्दु र अन्तिम बिन्दु कायम गरेर रुट ईजाजत दिने तयारी गरी रहेको बताए ।