भगवती पाण्डे बुटवल, भदौ १०
रुट परमिट नभएको भन्दै सरकारले विभिन्न ठाउ“मा सञ्चालित सार्वजनिक यातायातमा रोक लगाउन थालेपछि लुम्बिनी अञ्चलका पहाडी गाउंहरुमा पनि त्यसको प्रभाव पर्ने भएको छ ।
यस्तो अभियान यसक्षेत्रमा पनि चल्ने भएपछि अब यस क्षेत्रका सयौं सवारीसाधन र तिनमा यात्रा गर्ने हजारौं सर्वसाधारण यात्रुहरु प्रभावित हुने भएका छन् । सरकारले रुट इजाजत नलिइकन चलिरहेका सार्वजनिक सवारीलाई लक्षित गरेर यस्तो अभियान चलाएपछि सयौं सवारी साधन त्यतिकै रोकिने र हजारौं यात्रुहरु अलपत्र पर्ने निश्चित छ ।
यस क्षेत्रका पहाडी भेगका सयौं गाउ“हरु जोड्ने अधिकांश कच्ची सडकहरुमा रुट परमिट बिना नै गाडी गुड्दै आएका छन् । यातायात व्यवस्था विभागले यस क्षेत्रमा बुटवल–तम्घास, बुटवल–पाल्पा, बुटवल–अर्घाखा“ची र बुटवल–पोखरा गरी चार ठाउ“का लागि मात्रै रुट परमिट दिएको छ । तर, यी चार मूख्य ठाउ“ हु“दै अन्यत्र जानका लागि खोलिएका सयौं बाटाहरुमा ईजाजत बिना नै सयौं सवारी साधनमा हज्जारौं यात्रुहरु दैनिक आवतजावत गर्दै आएका छन् ।
यी मध्ये केही सडकका लागि यातायात व्यवस्था कार्यालय लुम्बिनी अन्तर्गत सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको अध्यक्षतामा बैठक बसेर सर्वसाधारण यात्रुहरुको माग र सुविधा बमोजिम अस्थायी रुपमा गाडी चल्न पाउने गरी व्यवस्था गरे अनुरुप ती क्षेत्रमा गाडी चल्दै आएका थिए । तर, अहिले यो पनि हटाइएको छ ।
एकातर्फ सरकारले रुट परमिट नदिने, अर्को तर्फ सर्वसाधारणले गाउंगाउं खोलिएका सडकहरुमा गाडी चलाउन दवाव दिने गर्दा आफुहरु दोहोरो चेपुवामा परेको यातायात व्यवसायी र मजदुरहरु बताउंछन् । पश्चिम नेपाल बस व्यवसायी संघका अध्यक्ष दधिराम खरेलले सरकारले कुनै भरपर्दो व्यवस्था र विकल्प विना नै यस्तो अभियान चलाउ“दा थुपै्र गाउ“का सयौं सडकहरुमा चल्ने सवारी साधन मात्र नभई हज्जारौ यात्रुहरु प्रभावित हुने बताउंनुहुन्छ ।
व्यवसायीहरुले वर्षौ देखि पटकपटक सडकको निरिक्षण तथा अनुगमन गरी रुट ईजाजत दिन माग गरेपनि सरकारले त्यसतर्फ ध्यान नदिंदा कतिपय क्षेत्रमा स्थानीयको चर्को मागपछि बिना ईजाजत संचालन गर्न बाध्य भएको उनी बताउंछन् ।
कानुन बनाएर, अवस्था हेरेर यात्रुको माग र चा“पका आधारमा गाडी चलाउने व्यवस्था गरिएमा आफुहरुलाई मान्य हुने खरेलले बताउनुभयो । बुटवल हु“दै पहाडी भेगका विभिन्न जिल्लाहरुमा चल्ने यात्रुबाहक गाडीहरु अधिकांशको रुट परमिट छैन् ।
यातायात व्यवस्था कार्यालयले पिच भएका र पछि ओटासिल भएका बाटोमा बाहेक अरुमा रुट परमिट दिदैन् । अहिले राष्ट्रिय स्तरबाट रुट परमिट दिएका सडकहरु जम्मा चार वटा मात्रै छन् । बुटवलबाट गुल्मीको सदरमुकाम तम्घासका लागि मात्रै रुट परमिट भएपनि तम्घास हु“दै अर्घाखा“चीको खनदह, सिमलटारी, अर्जै छाप, धुर्कोट नया“गाउ“, मैदान, इश्मा दोहोली र हु“गा लगायतका गाउ“मा रुट परमिट बिना नै वर्षौदेखि गाडी चल्दै आएका छन् ।
यस्तै गुल्मीकै रिडी हु“दै बाग्लुङको बुर्तीबाङ, आ“पचौर, शान्तिपुर, फोक्सिङ, भार्से तथा गल्कोट हटिया र पुर्तीघाटसम्म दैनिक सार्वजनिक यातायातका दर्जनौ साधन छुट्दै आएका छन् । यी गाउ“ पनि घना बस्ती र धेरै मानिसहरुको आवत जावत हुने मध्येमा पर्छन् ।
गुल्मीको तम्घास र रिडीबाट मात्रै यी बाटामा दैनिक ४ सयको संख्यामा जिप र २ सय ५० जति ठूला बसहरु छुट्दै आएका छन् । कतिपय बस र जिपहरु बुटवलबाटै सिधै छुट्ने गरेका छन् । यो रुटमा सरकारले इजाजत दिएको छैन् । इजाजत नदिइएको बाटो भन्दै यी बाटामा अब सार्वजनिक सवारी साधन चल्न नदिने हो भने हजारौं सर्वसाधारणहरुको दैनिकी कष्टकर हुनुको साथै लाखौं व्यक्तिमा त्यसको प्रभाव पर्ने छ ।
यसैगरी बुटवलबाटै छुट्ने र गुल्मी तथा अर्घाखा“ची सदरमुकाम देखिका शाखा सडकहरु बलकोट, छत्रगञ्ज, सिमिचौर, चारपाला, डा“डाकटेरी, मानकोट, दुर्गाफा“ट र नेटा दउराली जस्ता गाउ“हरुमा चल्ने सार्वजनिक सवारीमा पनि रुट परमिट छैन् । यी क्षेत्रमा जिप मात्रै दैनिक ३ सय ५० बढि र एकसय ५० बढि बसहरु आवत–जावत गर्ने गरेको बताइन्छ ।
ती मध्ये कतिपय बुटवलबाटै सिधै छुट्ने गरेका छन् । यस्तै बुटवल–सन्धिखर्क बाहेक शाखा सडकहरु नियालपोखरी, सिमलपानी, हंसपुर, ढाकावाङ, सोमादी, भुवनपोखरी जस्ता गाउ“मा जाने कुनैपनि सडकमा यातायात व्यवस्था कार्यालयले रुट परमिट दिएको छैन् ।
पटक पटक माग भएपनि तीस बर्षदेखि गाडी चल्दै आएका ठाउ“मा पनि सम्बन्धित कार्यालयले रुट परमिट नदिएको खरेलको गुनासो छ । यस्तै बुटवल–पाल्पा–स्याङ्जा रुटबाट चापाकोट, हर्मिचौर, रानिपानी, हुवास, घण्टे देउराली र दुर्गाफा“ट जस्ता गाउ“का सडकमा सवारी साधनलाई ईजाजत दिईएको छैन ।
यसक्षेत्रका पहाडी भेगका सडकहरुमा मुलुककै ठूलो संस्था पश्चिम नेपाल बस व्यवसायी संघ, गुल्मी यातायात, देउराली यातायात र श्रीनगर यातायातका गरी झण्डै एक हजार पा“च सय बढि सार्वजनिक सवारीसाधन चल्दै आएका छन् ।