कोपिला पोखे्रल ,कपिलवस्तु ८ भाद्र ।
कपिलवस्तु द्रुततर आर्थिक विकासमा अघि बढेको जिल्लाकै सबै भन्दा सुन्दर र समृद्धि उन्मुख नगरमा बसपार्कको टुंगो छैन । सडक किनारामा वस खडा गर्नु र पलो आउना साथ छुट्नु यहाँको दैनिकी हो ।
क्षेत्र नम्बर १ को ४ नं जितपुरमा सडकमै रहेको बसपार्क व्यवस्थित हन नसक्दा समस्या खड्किएको छ । बसपार्क नहुदा आवत जावत गर्न दिन प्रतिदिन स्थानियहरुलाई समस्या बढदोछ । जथाभावी बाटोको छेउछाउ बस, भ्यान, कार, मोटोरसाईकल तथा अन्य सवारी साधन राखि दिदा कतिबेला दुर्घटना निम्तने हो पत्तो छैन । बस अगाडि बाट बाटो काट्दा पछाडिबाट आएको मोटर साइकलले झुकिएर साना देखि ठुला सम्म दुर्घट्ना हुने गरेको स्थानियको भनाईछ ।
गर्मी मौसमसँगै दिउँसो भन्दा साँझ बजारमा मानिसको चाँप बढी हुने गर्छ उनीहरु आफ्ना आवश्यकताका सामान किन्न सहजताका लागि साँझ बजार हिड्डुल गर्न रुचाउँछन, त्यो समयमा ठुला ठुला रात्री बसहरु ल्याएर बाटोमा रोकीदिदा पछाडिका गाडीहरुलाई समस्या पर्न जान्छ र यसले बढी दुर्घटना हुने बताउनुहुन्छ पिपरा निवासी सिता पौडेल । पछिल्लो समयमा धेरै सर्बसाधारण आफ्नो सहजताका लागि साइकल, बाइक छोडेर निजी गाडिहरु कार, जीपमा हिँडनेहरुको संख्या बढदो छ ती गाडीहरु आफ्ना पसल अगाडि रोकि दिदा समस्या निम्तीएको छ ।
बाणगंगा गाविस छदा प्रत्येक ब्यक्तिले तिर्नु पर्ने भन्दा दोब्बर कर तिरेपनि सेवा सुविधा भने गाविस स्तरकै छन् । सडकलाई कामचलाउ वसपार्क वनाएको गाविस छदै हो । नगरपािलका भएको करिव २ वर्ष पुग्नै लाग्दा पनि अवस्था जहिको तही छ । त्यो अनुसारको सुविधा ब्यापारी तथा स्थानीयले भोग गर्न नपाएको र यसलाई स्थानीय निकाय, सर्बदलीय तथा पार्टीका नेतृत्वहरु मिलेर चाडो नै गम्भीर रुपमा हेर्न आवश्यक रहेको आचार्य फेन्सी एण्ड कस्मेटिक पसलका सालिकराम आचार्यले आग्रह गर्नुभयो ।
त्यसैगरी एक साइडमा मात्र नभई जथाभावी पसल अगाडी अव्यवस्थित तरिकाले गाडिहरु राख्दा आफुहरुलाई समस्या परेको बताउनु हुन्छ, बाणगंगाको हरिहरपुरकी पार्वती शर्माले व्यवस्थित ठाँउलाइ हेरेर बसपार्कको व्यवस्थापन गर्न सक्यो भने हाम्रो सहर सुन्दर, सफा, प्रदुषण कमहुने जनाउनुभयो । ४ नम्बर क्षेत्रमा बसपार्कको व्यवस्थापन नहुँदा दैनिक जसो टाढा टाढा बाट यात्रा गर्ने यात्रुलाइ पनि निकै अप्ठेरो पर्न गएको छ ।
दिउँसो १ बजेदेखि नेपालगञ्ज जानका लागि प्रतिक्षालयमा बस कुरी रहुनु भएका तौलिहवा निवासी राजेश्वर यादवले भन्नुभयो “मलाई नेपालगञ्ज जान छ यहाँ आएपछि वसपार्क भएको काउण्टरमा जानु कसलाई कहाँ खोज्ने, कुन गाडी कति बजे आउछ त्यो पनि थाँहा हुदैन ।
बसपार्क भईदिएको भए त्यहाँ बोर्डमा सवै जानकारी हुने थियो । कसैसँग सोध्नुपर्ने थिएन र दिउँसो १ बजे आएको साँझको ४ बजि सक्यो गाडि कुर्दा कुर्दा उहाँले दुःखेसो पोख्नुभयो । यता बाणगंगा नगरपालिका कार्यकारी अधिकृत भेषराज खनालले भने ४ नम्बरमा ठाउँ सानो भएकाले बसपार्कलाइ उचितरुपले व्यवस्थित गर्न नसकिएको जनाउनु भयो । बसपार्कको लागि दिर्घकालिन सोच वनाउदै विकल्प खोजी भएपनि अझै टुंगोमा पुराउन नगरिएको स्वीकार गर्नु भयो ।
सार्बजनिक बाटोमा गाडिको पार्किङ्गले हिँडडुल गर्न समस्या भएको छ तर सम्बन्धित निकायले भने त्यती चासो दिएको छैन । यस्तो समस्याको निराकरण गर्न सम्बन्धित निकायको सक्दो चाडो ध्यान जानुपर्ने देखिन्छ । यसरी सबैको आवतजावत हुने सार्बजनिक बाटोमा सहज र बजारलाई ब्यवस्थित बनाउन सम्बन्धित निकायले चासो दियो भने भावी समयमा सुन्दर नगरी जितपुर ब्यवस्थित हुने जितपुरवासी बताउँछन् ।
बुद्धआवाजबाट