बुटवल भदौ ८
अञ्चल यातायात व्यवस्था समितिको बसेको बैठकले ३ बुंदे निर्णय गरेको छ ।
प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद ढकालको संयोजकत्वमा बसेको बैठकले लुम्बिनी अञ्चल भित्र सञ्चालन भएका यातायातलाई व्यवस्थीतगर्ने, दुर्घटना न्युनीकरण गर्ने र रुट कायम नभएका अस्थायी रुट कायम गर्न योग्य रुटहरुलाई जिल्ला यातायात व्यवस्था समितिलाई ७ दिन भित्र विवरण माग गरि केन्द्रमा पठाउने निर्णय भएको सिदार्थ यातायात ब्यावासायी समितीका अध्यक्ष सुर्य कुमार शारु मगरले जानकारी गराउनुभएको छ ।
बैठकमा दुर्घटना न्युनीकरण गर्न यातायात व्यवस्था कार्यालय लुम्बिनीका प्रमुख देवीराम भण्डारीको संयोजकत्वमा समिति गठन भएको छ ।
कुनै जिल्लाबाट रुटको बारेमा स्पष्ठ जानकारी नआएकोले दुबिधा रहेको रुटको बारेमा, भाडादरको बारेमा स्पष्ट भएर ७ दिन भित्र पठाउन जिल्ला समितिहरुलाई आग्रह गरेको प्रमुख जिल्ला अधिकारीले बताउनुभयो ।
लुम्बिनी अञ्चलमा धेरै अस्थाई रुटहरु रहेकोले तिनीहरुको पहिचार गरि आवश्यकता अनुसार सिफारिस गर्ने, भाडादर र यात्रुमैत्री वातावरण बनाई यातायात क्षेत्रलाई व्यवस्थीत गर्ने महत्वपुर्ण निर्णय गरिएको पश्चिमाञ्चल बस व्यवसायी समितिका अध्यक्ष दधिराम खरेलले बताउनुभयो ।