यात्रुलाई ज्यान जोगाएर हिंड्नै मुस्किल
बुटवल। रुपन्देहीको तिलोत्तमा नगरपालिकामा रहेको मणिग्राम–रोहिणी सडक खण्ड जीर्ण भए पनि त्यसको मर्मतसम्भार नहु“दा आवागमनमा समस्या उत्पन्न भएको छ । सो सडकको धेरै स्थानमा ठूला–ठूला खाल्टा बनेका छन् । कालोपत्रे गरिएको सो सडक वर्षायामस“गै जीर्ण बनेको हो ।
हरेक वर्ष टालटुल गरिने सो सडक जीर्ण हु“दा सबैखाले यात्रु समस्यामा परेका छन् । तिलोत्तमा नगरपालिकाअन्तर्गत्का सडकहरु मध्ये यो सडक धेरै व्यस्त छन् । यो सडकमा दिनहु“ सयौं विद्यार्थी, सर्वसाधारण, पेशाकर्मी हिंड्ने गर्छन् । तिलोत्तमा नगरपालिकाको वडा नं. ११, १४, १५, १६ लाई मणिग्रामस“ग जोड्ने यो महत्वपूर्ण सडक हो । ‘कलेज जान÷आउन निकै कठिन छ ।’ लुम्बिनी ईञ्जिनियरिङ कलेज भलवारीमा अध्ययनरत तिलोत्तमा–११ का मनिष न्यौपानेले भने,‘खाल्टा खुल्टीबाट बचेर मणिग्राम पुग्नु नै हामी विद्यँर्थीका लागि ठूलो चुनौती बनेको छ ।’
सामान्य मर्मतसम्भार नगरि“दा सडकमा ज्यान जोगाएर हिंड्न कठिन भएको सडक प्रयोगकर्ताहरु बताउ“छन् । यो सडक बौद्व परिक्रमा पथको रुपमा विकास हुने भए पनि परिक्रमा पथको काम तीव्रताका साथ अघि बढ्न सकेको छैन । घरको मुअब्जालगायका विवादले परिक्रमा पथको कामले तीव्रता पाउन नसकेको बताइन्छ ।
सडक जीर्ण हु“दा साईकल तथा मोटरसाईकल यात्रुहरु बढी मर्कामा परेका छन् । ठूला सवारीसाधनले हिलो छ्याप्दा गन्तव्यसम्म पुग्न निकै कठिन हुने गरेको तिलोत्तमा–११ का समाजसेवी तथा नेकपा एमालेका नेता यज्ञ गैरेको भनाइ छ । उनी भन्छन्, ‘तत्काल मिस्कटले खाल्टाखुल्टी पुर्ने हो भने आवागमनमा धेरै राहत मिल्न सक्छ ।’ उनले आफूले बाटोको ममर्तसम्भारका लागि सरोकारवाला निकायमा कुरा उठाएको बताए ।
प्रयोगकर्ताहरु सडकको जति सक्दो छिटो मर्मतसम्भार गरिनुपर्ने बताउ“छन् । परिक्रमा पथका लागि टेण्डर समेत भैसकेको सन्दर्भमा निर्माणको जिम्मा लिएको ठेकेदार कम्पनी वा नगरपालिकाले बाटोको मर्मतसम्भार गर्नुपर्ने सडक प्रयोगकर्ताहरु बताउ“छन् । ‘बाटो पिच गर्ने हो भनेर खाल्टाखुल्टी यस्तै राख्न पाइ“दैन ।’ सडक प्रयोगकर्ता तिलोत्तमा–१६ की कृष्णा थापाले भनिन्, ‘जति सक्दो छिटो सडकको मर्मतसम्भार गर्नुपर्छ । सडक प्रयोगकर्ताको ज्यानमाथि खेलवाड गरिनु हु“दैन ।’
सडकका कारण दुर्घटना समेत बढ्ने गरेको प्रयोगकर्ताहरुको गुनासो छ । यस्तै गन्तव्यमा पुग्ने समय पनि बढी लाग्ने गरेको उनीहरु बताउ“छन् । तिलोत्तमा नगरपालिकाको नगर स्तरीय अनुगमन समितिले सडकको ममर्तसम्भारका बारेमा निर्णय गरेको बताइए पनि अहिलेसम्म मर्मतको काम सुरु हुन सकेको छैन । नेपाली कांग्रेसको तर्फबाट नगरपालिकाको संयन्त्रमा रहेका हरिलाल पाण्डे मर्मतसम्भार गर्ने भन्ने निर्णय भैसकेको बताउ“छन् । ‘अरु बाटोको सन्दर्भमा पनि निर्णय गरिएको छ । काम होला ।’ उनले भने ।
यस्तै नेकपा माओवादी केन्द्रको तर्फबाट नगरपालिकामा प्रतिनिधित्व गर्ने हेमन्त पाण्डे पनि ममर्तसम्भारको निर्णय भैसकेको र बजेटको व्यवस्थापनपछि काम सुरु हुने बताउ“छन् । तिलोत्तमा नगरपालिकाको संयन्त्रमा प्रतिनिधित्व गर्ने प्रमुख राजनीतिक दलका नेताहरु सडकको दुर्दशाप्रति जानकार हु“दा पनि मर्मतसम्भारका लागि समयमैं पहल गरिएकोमा स्थानीय बासिन्दा खिन्न छन् । उनीहरु भन्छन्, ‘संयन्त्रमा प्रतिनिधित्व गर्ने चार जना यसै क्षेत्रका छन् । तर, बाटो बिग्रिएर यस्तो भैसक्यो मर्मतसम्भारका लागि यथोचित पहल छैन ।’
यसैबीच जीर्ण बनेका रुपन्देहीका अन्य ग्रामीण सडकको पनि मर्मतसम्भार नहु“दा आवागमनमा समस्या भएको छ । जिल्ला विकास समिति, स्थानीय निकाय र केन्द्रीय बजेटमा बनेका जिल्लाका अधिकांश ग्रामीण सडकमा ढुक्कस“ग सवारीसाधन चलाउने अवस्था छैन ।
कालोपत्रे गरिएका सडक जीर्ण बनेपछि सवारी आवागमनमा समस्या उत्पन्न भएको सडक प्रयोगकर्ताहरु बताउ“छन् । रुपन्देहीका मुख्य ग्रामीण सडकमा नियमित यात्रुवाहक बस, विद्यालयका बस तथा अन्य प्रयोजनका सवारीसाधनहरु गुड्छन् । जिल्ला विकास समितिले त्यस्ता सवारीसाधनबाट कर समेत उठाउ“छ । ‘कर उठाएर पनि बाटो किन समयमैं मर्मतसम्भार गरि“दैन ?’ ग्रामीण क्षेत्रका बासिन्दाको एउटै प्रश्न छ । जनसहभागितामा बनेका अधिकांश कालोपत्र सडकको अवस्था बेहाल छ । क्षमताभन्दा बढी लोडका सवारीसाधन गुड्नु, निर्माणमा गुणस्तरहीन काम हुनु तथा तत्काल मर्मतसम्भार नहुनुले ग्रामीण सडकलाई बेहालको अवस्थामा पु¥याएको हो । रुपन्देही सबैभन्दा बढी ग्रामीण सडक कालोपत्रे भएको जिल्लामा गनिन्छ ।