डा. बावुराम ज्ञवाली .
शरीरमा रक्त सञ्चारको जति महŒव हुन्छ, देशका लागि यातायातको त्यतिकै महŒव हुन्छ । प्रत्येक भागमा विकासको प्रतिफल पुर्याउन यसको सुविधा अपरिहार्य छ । कृषि, उद्योग, पर्यटन, शान्ति सुरक्षा, उद्धार कार्य लगायत अनेकौं काममा यातायातको महत्त्व छ । हामीले विद्युत, टेलीफोन, साइबर, टी भी केबुल तार, ढल निकास, खानेपानीको पाइप इत्यादि अनेक कुराहरु सडकका साथमा हिंडेका देख्न सक्छौं ।
मानवीय सभ्यतामा सबभन्दा छिटो र सबभन्दा धेरै विकास भएको कुनै एक क्षेत्रको कुरा गर्ने हो भने निश्चित रुपमा त्यो यातायात क्षेत्र हो । सन् १८०० मा बाफको शक्ति यान्त्रिकीमा प्रयोग सुरु भएको हो । उन्नाइसौं शताब्दीमा खुट्टे गाडीको रुपमा साइकलको आविष्कार भएको हो । यो एक प्रकारको दम दिएमा छिटो गुड्ने मेशीन थियो । अहिले त यसका पनि अनेक रुप छन् । ब्याट्री भएको मोटर भएको, स्कुटी इत्यादि । बीसौं शताब्दीमा फोर्डले तीव्रगतिका चार चक्के वाहन सुरु गरे । फोर्डको गाडीले तीव्र गति यातायातमा क्रान्ति नै गरेको हो । यस पछि विश्वभरमा तीव्रगति यातायातको सुरुआत भयो । यस अघि गोरुगाडा र घोडागाडी मात्र यातायातका साधन थिए । यातायातका साधनको विकास भएपछि त्यसलाई हिंडाउनका लागि स्तरीय सडक, ट्रेन गुाडाउन रेलवे लीक, रोप वेलाई मोटा मोटा तार, हवाई जहाज उड्न र बस्नका लागि हवाई अड्डा, पानी जहाजलाई बन्दरगाह इत्यादिको विकास भयो । इन्जिन मर्मत,गाडीका लागि आवश्यक चक्का, मेशीन इत्यादि अनेकौं कुरा आविष्कार हुंदै गए । यी सबैलाई यातायात व्यवस्था भनिन्छ । यातायात व्यवस्थालाई आर्थिक पूर्वाधार भनिन्छ ।
नेपालको कुरा गर्ने हो भने वि.सं.२००७ सालसम्म नेपालमा जम्मा पा“च कि.मी.पक्की सडक थियो । त्यो पनि केवल काठमाडौंमा र जम्मा ३७६ किमी सडक थियो । काठमाडौंमा नै एउटा हवाई अड्डा थियो । हेटौंडा देखि काठमाडौंसम्म सामान ढुवाी गर्ने रोप वे तथा तथा रक्सौल–बीरगञ्ज र जनकपुर–जयनगर दुइ स्थानमा रेलवे लाइन थियो । जलस्रोतको धनी भए पनि जलयातायातको विकास हुन सकेको छैन । नेपालमा विकासको अवस्था अनुसार अनेक प्रकारका सडकहरु प्रचलनमा छन्– गोरेटो, घोडेटो, हुलाकी सडक, चक्रेटो, कच्चीबाटो, खण्डास्मित, पक्की बाटो, राजमार्ग, ट्रलीमार्ग, फोर लेन, र सिक्स लेन सडक इत्यादि ।
यातायातका अनेक साधन भए पनि मुख्य स्थल यातायात हो र प्रमुख यातायात सडक यातायात नै हो । अर्काशब्दमा बस, मिनीबस, माइक्रो, ट्रली बस, साझा बस जे भने पनि यातायात भनेको सडक यातायातसंग सम्बन्धित सेवाहरु हुन् । नेपालमा सन्तोषजनक रुपले विकास भएको छ । किनभने वि.सं.२०७० सालसम्म नेपालमा लगभग २५ हजार कि(मी सडक छ । माओवादी असन्तोषले आर्थिक पूर्वाध्ँँरम्ाँ बाधा नपुगेको भए यसमा अझ उल्लेखनीय वृद्धि हुने थियो । किनभने वि.सं.२०४७ देखि वि.सं.२०५७ सम्मको दस वर्षको अवधिमा प्रत्येक वर्ष सरदर १४०० कि.मी. सडक निर्माण भएको छ । यस दृष्टिले २४ वर्षमा लगभग ३४ हजार कि.मी सडक निर्माण हुनपर्छ । नेपालमा सन्तोष गर्नु पर्ने क्षेत्रमा सडक यातायात एक हो । सडक निर्माण सरकारले गरीदिएको भए पनि यसमा दिने सेवाको विकासमा पञ्जाबी समुदाय तथा बर्मेली नेपाली समुदायको विशेष योगदान छ । जापानी सहयोगमा प्राप्त साझा बस र त्यसको सेवा नेपालमा आजसम्म कै सर्वाधिक प्रभावशाली यातायात सेवा मानिएको छ ।
यातायात व्यवस्था आर्थिक पूर्वाधार हो भने यातायात सेवा अभौतिक वस्तु हो । विज्ञानको वस्तु र अर्थशास्त्रको वस्तुमा फरक हुन्छ । विज्ञानमा मुख्यतः तीन प्रकारका वस्तुहरुबारे चर्चा गरिन्छ– ठोस, तरल, र ग्यास । तर अर्थशास्त्रमा मुख्यतः आर्थिक वस्तु र निशुल्क वस्तुबारे चर्चा गरिन्छ । आर्थिक वस्तुलाई पनि भौतिक र व्यक्तिगत भनी वर्गीकरण गरिन्छ । भौतिक वस्तु जसलाई छुन र देख्न सकिन्छ, जस्तै घर, पुस्तक, पसल । यी पनि हस्तान्तरीय र अहस्तान्तरीय हुनसक्छन् । व्यक्तिगत वस्तु पनि बाह्य र आन्तरिक हुनसक्छन् । व्यक्तिगत गुण अहस्तान्तरीय हुन्छ । जस्तै गायकले आफ्नो गाउने सीप बेच्न सक्दैन । तर भरियाको सेवा, ट्रेड मार्क, गुडविल इत्यादि अभौतिक वस्तु भए पनि हस्तान्तरीय हुन्छन् किनभने यी बाह्य अभौतिक वस्तु हुन् । वस्तु भनेको अर्थशास्त्रमा त्यो पदार्थ हो जसले मानवीय आवश्यकता सन्तुष्ट गर्छ, चाहे त्यो भौतिक वस्तु होस वा अभौतिक, निःशुल्क वस्तु होस् वा अभौतिक । तर अर्थशास्त्रमा मुख्यतः आर्थिक वस्तुको अध्ययन गरिन्छ ।
अर्थशास्त्रमा आर्थिक वस्तुलाई सुपीरियर र इनफीरियरमा विभाजन गरिन्छ । यसलाई नेपालीमा जात्य र अजात्य भनिन्छ । अर्थशास्त्रको प्राविधिक भाषामा भन्ने हो भने जुन वस्तुको आय लोच ऋणात्मक हुन्छ त्यो अजात्य वस्तु हुन्छ । र जुन वस्तुको आय लोच धनात्मक हुन्छ त्यसलाई जात्य हुन्छ । सामान्य वस्तुको पनि आय लोच धनात्मक हुन्छ । धनात्मक आय लोचको अर्थ हुन्छ आय बढ्दा उपभोक्ताले पहिलेको भन्दा धेरै वस्तु किन्न तैयार हुन्छ । ऋणात्मक आय लोचको अर्थ हुन्छ आय बढ्दा उपभोक्ताले पहिलेको भन्दा थोरै वस्तु किन्न तैयार हुन्छ । उदाहरणका लागि आय बढ्दा मोटा चामलको माग घट्छ मसिना चामलको माग बढ्छ । जात्य र अजात्य सापेक्षिक अवधारणाहरु हुन् । जसलाई तुलना गरेर मात्र स्पष्ट गर्न सकिन्छ । निरपेक्ष जात्य वस्तु हुंदैन । यदि वस्तुको गुणस्तर राम्रो छ भने आय बढ्दा मानिसहरुले पहिलेको भन्दा धेरै किन्न खोज्छन् । तर गुणस्तरहीन वस्तुको मात्रा घटाइदिन्छ् । यही मागका आय लोचको अवधारणा हो ।
यातायात एक यस्तो अभौतिक वस्तु हो । किनभने यसका क्रेता हुन्छन् । विक्रेता हुन्छन् । त्यसका प्रतिस्थापन वस्तु हुन्छन् । त्यसको माग हुन्छ । पूर्ति पक्ष हुन्छ । गुणस्तर हुन्छ । गुणस्तरमा सुधार गर्न सकिन्छ । समय समयमा वस्तुको माग मात्रा घटबढ भइरहन्छ । अर्थात् एक आर्थिक वस्तुमा हुने सबै विशेषता यातायात सेवामा पनि छन् । तर यो भौतिक वस्तु होइन । यातायातका साधन भौतिक वस्तु हुन् तर यातायात सेवा अभौतिक हुन्छ ।
यातायातलाई अनिवार्य, आरामदायक र विलासिताको वर्गीकरणले हेर्ने हो भने यो अनिवार्य वस्तु हो । यातायात सेवा आरामदायक हुनु पर्छ । तथापि यो अनिवार्य आवश्यकतामा पर्छ । सुरक्षित यात्रा यसको प्रमुख तत्त्व हो । तर नेपालको यातायात सेवाको दृष्टिले मूल्यांकन गर्दा यो अनिवार्य छ तर आरामदायक छैन । सार्वजनिक यातायातमाथि विश्वास नहुंदा कम्बोडियाको राजधानीमा बसहरुको संख्या घट्दो छ । एक पटक सरकारले सार्वजनिक यातायात सुरु गर्दा मानिसहरुलाई त्यसमा सवारी गर्न आग्रह गर्नु परेको थियो । जनकपुर जयनगर रेलवेमा मानिसहरुले सवारी गरे पनि त्यसमाथि उनीहरुको विश्वास कम छ भन्ने कुरा बारम्बार चर्चा भइरहन्छ । आर्थिक आधारमा मूल्याङ्कन गर्दा यो नेपालको यातायात सेवा जात्य होइन अजात्य हुन आउंछ । मानिसको आयमा वृद्धि हुंदा उसले असल र सामान्य वस्तुको हकमा अझ बढी माग गर्छ तर अजात्य वस्तुको माग घटाउंछ । वर्तमान दृष्टिले हेर्ने हो भने यातायात सेवा अजात्य वस्तु जस्तो भएको छ । यदि मानिसहरुको आयमा वृद्धि हुन्छ भनेमानिसहरु बसभन्दा मिनी बस, मिनी बसभन्दा, माइक्रो बस, माइक्रोबसभन्दा ट्याक्सी र ट्याक्सीभन्दा प्लेनलाई अधिमान दिन्छन् । यदि बसहरुमा साझा बसले लामो दूरीको सेवा सुरु गर्छ भने त्यसको माग बढ्छ । यसले साझा बसको सेवा जात्य छ । भन्ने देखाउ“छ । यदि ट्याक्सी वा अन्य कुनै साधनको तुलनामा साझालाई बढी महत्त्व दिइन्छ अर्थात्को आय लोच सिद्धान्त अनुसार त्यो सुपीरियर वस्तु हो । जात्य हो । यस मूल्यांकनका आधारमा वर्तमान यातायात सेवाहरुमा सुधारका लागि स्थान रहेको देखाउ“छ । यदि निजी क्षेत्रले मात्र यस क्षेत्रमा सुधार गर्न सक्दैन भने सरकारी क्षेत्रले यसमा हस्तक्षेप गर्नु पर्दछ । आवश्यक परेमा सामुदायिक र सरकारी यातायात समेत प्रारम्भ गर्नु पर्दछ ।
साभार जनसंघर्ष, असोज ३, २०७१