बुटवल जेठ ४
लुम्विनी ट्याक्सी तथा भ्यान व्यवसायी समितीमा नया नेतृत्व चयन भएको छ । मंगलवार बुटवलमा सम्पन्न बिशेष साधारण सभाले आगामी २ बर्षका लागी उक्त संस्थाको नया नेतृत्व चयान गरेको हो ।
अध्यक्ष केशव पराजुलीले राजीनामा दिएका कारण नेतृत्व बिहिन बनेको समितीमा आबद्ध व्यवसायीहरुको भेलाले सचिव बिष्णु काफ्लेको अध्यक्षतामा नया नेतृत्व चयन गरेको हो ।
कार्यवाहक अध्यक्ष चेतन गुरुङ्कको अध्यक्षतामा सम्पन्न बिशेष साधारण सभाले अध्यक्षमा काफ्ले संगै उपाध्यक्षमा राजु गुरुङ्क, सचिवमा किसोर अधिकारी, सहसचिवमा रामशंकर मल्लाह, कोषध्यक्षमा गोबिन्द यादवलाई निर्बिरोध निर्वाचित गरेको हो ।
त्यसैगरी समितीको सदस्यहरुमा खेम बहादुर क्षेत्री, शंकर बहादुर गुरुङ्क, गीरीराज भटराई, ओम थापा, खेम बहादुर बुढाथोकी र बल बहादुर कार्कीलाई चयन गरेको संमितीले जनाएको छ ।
त्यसैगरी भैरहवा ईकाई संयोजकमा अमर सिंह थापा तथा आम्दा ईकाई संयोजकमा योगेन्द्र गुरुङ्क र लेखा समिती संयोजकमा दिलीप बिक रहनु भएको छ भने लेखा समिती सदस्यहरुमा आशिष थापा र भोजराज खनाल रहनु भएको छ ।
बिशेष साधारण सभामा बोल्दै संस्थाका पुर्व अध्यक्षहरु शहदेव बिक्रम शाह तथा कमल भटराईले बिशेष साधारण सभा जस्तो बिशिष्ट परिस्थीतीका बिच निर्वाचीत नया नेतृत्वले व्यवसायीक हक हित अधिकार संगै स्वस्थ प्रतिस्पर्धा र व्यवसायीक मर्यादाका लागी लाग्ने बिश्वास व्यक्त गर्नु भएको थियो