प्रकाश आचार्य
बुटवल, वैशाख १२ ।
पश्चिम क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय बुटवलले मादक पदार्थ सेवन (मापसे) गरी सवारी चलाउने १२ सय चालकको लाइसेन्समा प्वाल पारेको छ । ट्राफिक प्रहरीले २०७२ वैशाखदेखि चैत मसान्तसम्म पश्चिमाञ्चलका १६ जिल्लाका एक हजार २ सय ६ चालकको सवारी चालक अनुमति पत्र (लाइसेन्स) मा प्वाल पारेको हो । यो सङ्ख्या गत वर्षभन्दा यस वर्ष १ सय २० बढी रहेको जनाइएको छ ।
प्रहरीले दुर्घटना न्यूनीकरणका लागि मापसे चेकिङलाई कडाई गरेस“गै कारवाहीमा पर्नेको संख्या बढेको हो । कार्यालयका प्रहरी नायव निरीक्षक डम्बर गिरीले मापसे गरी सवारी चलाउने चालकहरुलाई कारवाही स्वरुप लाइसेन्स प्वाल पारिएको बताए ।
सबैभन्दा धेरै कास्कीमा ६ सय ७० चालकको लाइसेन्समा प्वाल पारिएको छ । त्यस्तै रुपन्देहीमा २ सय ६०, नवलपरासीमा ६, कपिलवस्तुमा १९, पाल्पामा १ सय २, गुल्मीमा ७, अर्घाखा“चीमा ५, तनहु“मा ७, स्याङजामा ८, गोरखामा ५१, बाग्लुङमा २७ र पर्वतमा ४ रहेको गिरीले जानकारी दिए ।
ट्राफिक प्रहरीले मापसे गरी सवारी चलाउनेलाई कारवाही तीव्र बनाए पनि कारवाही गर्नेमा पर्ने क्रम घटेको छैन । प्वाल पारिएका मध्ये १ हजार भन्दा बढी मोटरसाइकलका लाइसेन्स छन् । पश्चिमाञ्चलमा दैनिक ३÷४ वटा लाइसेन्समा प्वाल पर्ने प्रहरीको तथ्याङ्कले देखाउ“छ । पा“च पटकसम्म प्वाल परेमा लाइसेन्स रद्द हुन्छ । गत वर्ष रुपन्देहीमा ४१, नवलपरासीमा ३, कपिलवस्तुमा ५८, पाल्पामा १३९, आर्घाखा“चीमा २९, तनहु“मा ६, स्याङजामा ५३, गोरखामा १०७, पर्वतमा ७ र म्याग्दीमा १४ गरी १ हजार ८६ कारवाहीमा परेका कार्यालयको भनाइ छ । वैशाखदेखि चैतसम्म २ हजार १ सय जना कारवाहीमा परेका थिए । उनीहरुबाट प्रहरीले २१ लाख रुपैया“ राजश्व समेत संकलन गरेको छ ।
सवारी दुर्घटना बढ्दै गएपछि त्यसको न्यूनीकरणका लागि प्रहरीले लाइसेन्समा प्वाल पार्ने अभियान थालेको थियो । तीन वर्ष अगाडि देखि प्रहरीले यो अभियान सञ्चालन गरेको थियो । पश्चिमाञ्चलमा ६ सय १ वटा दुर्घटना समेत भएका छन् । उक्त दुर्घटनामा परी ३ सय ८९ जनाको ज्यान गएको छ । जसमध्ये १ हजार २ सय ८ जना घाइते भएका छन् । ६ सय ५१ गम्भीर र ५ सय ५६ सामान्य घाइते रहेको प्रहरीको भनाइ छ ।
ट्राफिकले रुपन्देहीमा विभिन्न समय र विद्यालयहरुमा दुर्घटना न्यूनीकरणका लागि सचेतना अभियान सञ्चालन गर्दै आएको छ । त्यस्तै फुटपाथबाट मोटरसाइकल चलाउने, हेल्मेटको फिता नलगाउने, जेब्रा क्रसबाट गाडी क्रस गराउनेलाई पनि तत्काल कारवाही गरी जरिवाना तिराउ“दै आएको छ ।
हरेक दिन सा“झमा राजमार्गका मुख्य चोक–चोकमा चेकिङलाई समेत तिब्रता दिएको छ । प्रहरीले लाइसेन्स वितरणलाई समेत कडाइ गर्दै लगेको छ । प्रहरीले यस वर्ष दुर्घटना कम गराउन र विभिन्न अभियानहरु पनि सञ्चालन गर्ने बताएको छ ।