बुुटवल बैसाख ९
सुजुकी मोटरको बुटवलको लागि आधिकारिक विक्रेता अटोमार्ट ईन्टरनेशनल बुटवल १२ कालिकानगरले विहीबारदेखि सुजुकी बलेनो कारको विक्री शुभारम्भ गरेको छ ।
अटोमार्ट ईन्टरनेशनलका प्रवन्ध निर्देशक देवेन्द्रराज पौडेलको अध्यक्ष्ँता तथा दिनेश पाण्डेको संचालनमा सम्पन्न भएको कार्यक्रममा तिलोत्तमा उद्योग वाणिज्य संघका अध्यक्ष माधव भण्डारी र अटोमोवाईल्स डिलर्स एशोसिएसनका अध्यक्ष्ँ लोकहरी श्रेष्ठले संयुक्त रुपमा विक्री शुभारम्भ गर्नुभएको हो ।
कार्यक्रममा बोल्ने सुजुकी बलेनो कारले भारतमा २०१५ को कार अफ द एयर अवार्ड प्राप्त गर्न सफल भएकोले नेपालका कार पारखीहरुको पनि मन जित्न सफल हुने कार्यक्रमका वक्ताहरुले विश्वास व्यक्त गरे ।
कार्यक्रममा सिजी मोटोकर्पका पश्चिमाञ्चल क्षेत्रिय डिलर ईन्चार्ज मन्जित कुुमार पोखरेलले बलेनो कारको विशेषता बारे जानकारी गराउदै नेपाली उपभोक्ता र सडकको आधारमा यसका मुल्य कायम भएको बताउनु भयो । पोखरेलले सुजुकी मोटरले महंगो मुल्यमा मात्र सुबिधा सम्पन्न र प्रिमियर कार उपलब्ध हुन सक्छ भन्ने भनाई लाई गलत साबित गरेको बताउनु भयो ।
अटोमार्ट ईन्टरनेशनलका प्रोप्राईटर प्रकाश खनालले पानीको छाल र सुर्यको किरणको मिश्रण गरी कल्पना गरिएको बलेनो कार अत्यन्त आकर्षक मोडेलमा रहेको बताउनुभयो । यो कारमा न्युन मूल्यमा अधिकतम सेवा दिईएको छ खनालले भन्नु भयो ।
बलेनो कारमा ह्याच ब्याग,घुम्ती तथा मोडहरुको बारे जानकारी दिने सेन्सर अटो लाईट सेन्सर अटो वाइपर र ईन्धनको नियमीत खपतबारे जानकारी दिने जस्ता अत्याधुनीक उपकरणहरु जडान गरीएको जनाईएको छ ।