हाम्रो बारेमा

सुरक्षित यात्रा अभियान नेपालको स्थापना र आबश्यकता

पृष्ठभुमीः
सडक दुर्घटना बाट प्रत्येक ६ सेकेण्डमा ज्यान जाने गरेको तथ्याङ्क बिश्व स्वास्थ्य संगठनसंग छ । त्यसैलाई आधार मान्दा नेपालमा हरेक दिन हुने दुर्घटना बाट सरदर ६ जनाले ज्यान गुमाउने गरेका छन । अहिले कुल मृत्यु मध्ये २ प्रतिसत मृत्युको कारण सडक दुर्घटना बनेको छ । यहि तुलनामा दुर्घटना बढने हो भने अवको ७ बर्ष अर्थात २०२० सम्ममा हुने ८० प्रतिसत मृत्यु सडक दुर्घटना बाट हुने संकेत देखा परेको छ । यो भयावह अबस्थाको अन्त्यका लागी गैर सरकारी क्षेत्र बाट पनि केही योगदान गर्नु पर्छ भन्ने मान्यता र भावनाका साथ सुरक्षित यात्रा अभियान नेपाल स्थापना भएको हो ।
सुरक्षित यात्रा अभियान नेपालले आफ्नो स्थापना संगै लुम्विनी अञ्चल र यस आसपासका क्षेत्रमा दुर्घटना न्युनिकरणका लागी सक्रिय रही यात्रुहरुको सुरक्षित यात्राका लागी अभियान संचालन गर्दै आएको छ । संस्थाको अथक प्रयास र आग्रहका कारण पछिल्लो समय यस क्षेत्रका यातायात ब्यबसायीहरुले नियमित रुपमा आफ्नो संस्था मातहतका यातायात मजदुरहरु लाई सवारी नियम ऐन तथा चालक परिचालकले यात्रुहरु संग गर्नु पर्ने ब्यबहार बारे नियमित प्रशिक्षण चलाउदै आएका छन । ति तालिमहरुमा संस्थाका प्रशिक्षकहरुले स्वयम्सेवी भावनाले ओतप्रोत भई प्रशिक्षण दिदै आउनु भएको छ । बिशेष गरेर सडक दुर्घटनाका कारण कसैको पनि अकालमा ज्यान जान नपाओस भनेर बिभिन्न खालका रचनात्मक कार्यक्रमहरु संचालन गर्नु संस्थाको प्रमुख उदेश्य हो ।
संस्थाले समय समयमा यहाका यातायात संम्वद्ध संस्था र यससंग सरोकार राख्ने निकायहरु संगको सहकार्यमा बिभिन्न किसिमका तालिम तथा सेमिनारको साथमा बिद्यालय र युवावर्गहरु जोडिएर क्रिर्यासिल रहेका क्लवहरुमा दुर्घटना न्युनिकरणका लागी सडकको सुरक्षित प्रयोग कसरि गर्न सकिन्छ भन्ने बिषयमा सचेतनामुलक तालिम तथा जानकारी दिने काम समेत गर्दै आएको छ । जसका कारण हरेक घर परिवार सडकमा निस्कदै सतर्क र सजग रहन सकुन र सडक दुर्घटनाको दुखद खवर घर पठाउन नपरोस ।
दातृ संस्थाको सहयोग बिना सदस्यहरुको थोपाथोपा संकलन बाट मात्र दुर्घटना न्युनिकरणको प्रयास थाल्नु अत्यन्त कठिन र असम्भव जस्तै ठान्दा ठान्दै पनि स्वयम् सेवी भावनाका साथ संस्थाले आफ्नो गतिविधी संचालन गर्दै आएको छ । यसै सन्र्दभमा यस संस्थाले बिगत देखि वकालत र पैरवी गर्दै आएको सिद्धार्थ राजमार्गको बुटवल देखी पाल्पा सम्मको सडकखण्ड अन्र्तगत पर्ने सिद्धवावा देखि दोभान सम्मको सडक कसरी सुरक्षीत गर्न सकिन्छ भन्ने बिषयमा बिगत देखिनै बहस चलाउदै आएको र त्यसका बिकल्पहरु समेत प्रस्तुत गरेको छ । यस संस्थाद्धारा प्रस्तुत बिकल्प लाई यस क्षेत्रका बिकास प्रेमी नेताहरु पुर्व मन्त्रीद्धय बिष्णु पौडेल र बालकृष्ण खाणको उपस्थीतीमा गत आषाढ १४ गतेका दिन मन्त्रिपरिषदका सम्माननीय अध्यक्ष ज्यु समक्ष प्रस्तुत गरिएको छ ।
यसका साथै संस्थाका सदस्यहरुको आफ्नै खाजा र खाना खर्च बाट कटाती गरेर बुटवलको लुम्विनी बस टर्मिनल बाट यात्रुसुचना केन्द्र सञ्चालन गर्दै आएको छ । उक्त यात्रु सुचना केन्द्र बाट यात्रुहरुले आफ्ना समस्याहरुको सम्वोधन हुने बातावरण तयार भएको छ भने कतिपय अवस्थामा यातायात ब्यबसायी र यात्रुका बिच उत्पन्न हुने असमझदारी र बिवाद समाधान गर्न सहजीकरणको भुमिका निर्वा गर्दै आएको छ ।
हामी स्वभावैले मानबिय क्षती हुदा बाहेक सडक दुर्घटना बाट हुने भौतीक सम्पतीको क्षतीको बारे हामी त्यती चासो र सरोकार पनि राख्दैनौ । तर हरेक बर्ष सडक दुर्घटनाका कारण राज्यले ४ अर्व भन्दा बढी क्षती ब्यहोर्नु परेको तितो यथार्थ हाम्रा सामु छ तर यो बिषय छायामा पर्दै आएको छ । मानविय क्षती लाई पहिलो प्राथमिकतामा राखिने हुदा यो क्षती लाई कसैले हेक्का गरेको पाईदैन । केही बर्ष पहिले सम्म दुर्घटना हुदाका बखत पिडीत वा मृतकका उत्तेजीत आफन्तले गर्ने आगजनी र तोडफोडले यातायात क्षेत्र अक्रान्त बनेको थियो । त्यस बेला एउटै सडक दुर्घटनाका बेला दर्जन भन्दा बढी सवारी साधन तोडफोड र आगजनी भएका घटना हाम्रासामु छर्लङ्ग छन ।
हरेक दिन सडक दुर्घटना भैरेहका छन र ठुलो जनधनको क्षती भैरहेको छ तर पिडीत पक्षले तत्काल आवेगमा आएर दिने प्रतिक्रियामा बाहेक त्यसका पछिल्ला दिनहरुमा सडक दुर्र्घटना न्युनिकरणका लागी चासो दिएको पाईदैन जती सुकै चर्काे आवाजमा माग राखे पनि पिडीत परिवारले आर्थिक राहत हात पार्ने निश्चीत भए पछि सडक दुर्घटनाको बिषयलाई कोट्याउनुु भनेको खाटा बसेको घाउ कोट्याउनु सरह सम्झन्छन । यस्तो अवस्थामा अर्को दुर्घटना नहोस भनेर कामना गर्नु बाहेक अर्को बिकल्प देखिदैन । सुरक्षित यात्रा अभियानले सडक दुर्घटनका यस्ता पिडितहरुको भावना समेटने प्रयत्न गर्दै आएको छ जसको समस्या समाधानमा सरोकारवालाहरु उदासिन छन ।

बुटवलका युवाहरुको सक्रियतामा स्थापित यो संस्थाले बिगतमा आफ्नै श्रोत स्थानिय संघ संस्थाहरुको सहकार्य तथा सदस्यहरुको भावना बाट संकलीत रकम बाट बिभिन्न सेवा मुलक र सचेतना मुलक कार्यक्रम सञ्चालन गर्दै आई रहेको छ । बिश्व स्वास्थ्य संगठनको तथ्याङ्कले दुर्घटनाका कारण भन्दा बढी सडक दुर्घटनाका घाईतेहरुको समयमा उपचार नपाउदा मृत्यु भएको देखिएको छ । यसै सन्दर्भमा यस संस्थाले समय समयमा हुने सडक दुर्घटना बाट पिडितहरुको तत्काल उपचारमा सहयोग गर्ने उदेश्यका साथ सडक दुर्घटना पिडीत उपचार कोष सञ्चालन गर्ने तयारी गरी रहेको छ ।
संस्थाको एक अध्यायन अनुसार सवारी साधनमा यात्रा गर्ने यात्रुहरु यात्रका क्रममा असहज भै उल्टी गर्ने र लामो समय उल्टी गरेका कारण बेहोस जस्तै हुने गरेको पाईएको छ । प्राय गगरेर पहाडी क्षेत्रमा यात्रा गर्ने र बृद्धबृद्धाहरुमा त्यस्ता समस्या देखिएका छन । तसर्थ लुम्विनी बस टर्मिनलमा रहेको यात्रु सुचना केन्द्र बाट ति यात्रुहरुका लागी आबश्यक पर्ने उल्टी रोक्ने औषधी निशुल्क बितरण गर्ने तयारी गरीरहेको छ ।
यसका साथै संस्थाले यातायात क्षेत्रका सुचनाहरु सम्प्रेषण गर्ने, यातायात ब्यबसायीहरुका समस्या, उनिहरुका गुनासा, यातायात ब्यबसायीहरुका अनुभव, कार्यक्रम र गतिबिधी तथा यात्रामा यात्रुले गरेको अनुभव लगायतका यातायात सम्वद्ध निकाय र सरोकारवालहरुको बिचारहरु समेटीएको डिजिटल पत्रिका थबतचबपजबदबच।अयm प्रकासन गर्दै आएको छ । जसलाई धधध।थबतचबपजबदबच।अयm लगअन गरेर बिश्वभरका पाठकहरुले पढन सकिने अवस्था छ ।
स्थानिय आबश्यकता र आगामी कार्यक्रम ः

लुम्विनी अञ्चल बिकासको गतीको हिसावले अग्रपंिक्तमा छ । यहाका बुटवल र भैरहवा तानसेन तम्घास तौलिहवा कृष्ण नगर संधिखर्क जस्ता सहरहरु नेपालका प्रमुख र महत्वपुर्ण सहरका रुपमा स्थापीत हुदै गएका छन । पश्चिम क्षेत्रको ब्यापारीक केन्द्र पुरानो र ऐतिहासीक सहर बुटवल यातायात सेवा संचालनका दृष्टीले अग्रस्थान ओगटन सफल भएको छ भने त्यसलाई शिद्धार्थनगरले पछ्याई रहेको छ यी दुई सहर संग संगै कोटिहवा,भलवारी, मंगलापुर मणिग्राम, फर्साटिकर, मुर्गीया सालझण्डी ४ नं जितपुर गोरुसिंहे,चन्दँैटा सुनवल कावासोती आर्यभञ्ज्याङ्क रामपुर जस्ता सहरले आफुलाई बिकासको तिब्रगतीमा हिडाल्ने प्रयत्नमा छन । यस क्षेत्रका हरेक टोल र गाउमा निर्माण भएका सडक यहाको बिकासका साक्षी हुन ।
नेपालको मध्यखण्डमा रहेको यो अन्चललाई दुई वटा महत्वपुर्ण लोकमार्गहरुले छिचोलेका छन । यी लुम्विनी अञ्चलका ६ जिल्ला मध्ये हरेक हिसावले रुपन्देही जिल्ला अग्रपक्तिमा छ । ब्यबसायीक दृष्टीले हेर्नेहो भने यातायात ब्यबसायमा लगानी गर्नेहरुको संख्या अन्य जिल्लाको तुलनामा अत्यन्त उच्च छ ,र भनिन्छ रुपन्देही यातायात ब्यबसायीहरुको जिल्ला हो ।
पहाड र तराईको संंगमस्थल रुपन्देही जनसंख्या र बसोबासका हिसावले उच्च अबस्थामा छ । दिनप्रतिदिन जनसंख्याको चाप अत्यन्त बढदो छ । त्यहि अनुपातमा यहाका बासिन्दाले सवारी साधनको खरिद र प्रयोग गर्ने गरेको पाईन्छ । जिल्लाका हरेक गाबिसका वार्ड र प्रत्येक टोलमा सडक निर्माण भएका छन । तर यहाको यातायात ब्यबस्थापन अत्यन्त फितलो छ । यहाका बासीन्दा एवं सराकारवालाहरुले टाफिक ब्यबस्थापनमा त्यति चासो दिएको पाइदैन यस्तै अबस्था बिधमान रहने हो भने भयाबह अबस्थाको सामना गर्नुपर्ने दिन छिटै आउने निश्चीत छ ।
हामी आजपनि आधुनिक नेपालको परिकल्पनामा छौं हामी रुपन्देही मात्र होईन सिंगो लुम्बिनीलाई यातायात ब्याबसायीको घर भनिरहेका पनि छौ, यहाबाट देशका सडक पुगेका सबै सहरमा सेबा संचालन गरेको दावीपनी गरी रहेका छौं तर यहाको टा«फिक ब्यबस्थापनमा हाम्रो भुमिका गर्व गर्नलायक छ या छैन भनेर गम्भीर भएका छौ त ?साना ठुला गरेर दैनिक २५ हजार भन्दा बढि सबारी साधन चल्ने यस जिल्लाको ट्राफिक ब्यबस्थापनमा ट्राफिक प्रहरीले गर्ने नियमित कार्य बाहेक अन्य सरकारी तथा गैर सरकारी निकाय बाट खासै चासो दिएको पाईदैन ।
आध‘निकता तर्फ लम्केको दाबी गर्ने यस क्षेत्रको टाफिक ब्यबस्थापनमा धेरै गर्न बाकि देखिन्छ जसका कारण नागरिकको अनाहकमा सडकमा ज्यान जान नपाओस । यसका लागी ट्राफिक प्रहरीले मात्र केहिगर्न सक्दैन यसका लागी रुपन्देहीबासीको चासो र सहभागीता अत्यन्त जरुरी छ । जिल्लामा रहेर यहाको सडक सुरक्षाको बिषयमा सरोकार राख्नु जिल्लाबासीको दायीत्व पनी हो । र यसका लागी यहाका यातायात सम्वद्ध संघ संस्थाहरुले सरोकार राख्नु भुमिका निर्वाह गर्नु र दुर्घटना न्युनिकरणका लागी सचेतना मुलक कार्यक्रम सञ्चालन गर्नु कर्तब्य र दायित्व पनि हो ।
सडक दुर्घटना हुदाका बखत पिडीत पक्षका नाममा कतिपय गैर सरोकारवालाहरुले सडक अवरुद्ध पार्ने, दुर्घटना पिडीत परिवारले समेत सडक अवरोध नगर्न गरेको आग्रह लाई समेत नमान्ने ,अनाबश्यक रुपमा यात्रुलाई दुख दिने ,घाईतेलाई उपचार गर्न लैजानु पर्ने पहिलो दायीत्व लाई बिर्सेर अनाबश्यक आबेग र आक्रोसमा आई आगजनी र तोडफोडमा उत्रने गरेका थुपै उदाहरणहरु हाम्रा सामु ताजा छन । जसका कारण राज्य र निजी क्षेत्रले करोडँैको क्षती ब्यहोर्नु परेको छ । यी गतीबिधीहरुलाई अन्त्य गर्न सकिएन भने बिश्व शान्तीका अग्रदुत गौतम बुद्धको जन्म थलोको रुपमा रहेका लुम्विनीको भ्रमणमा आउने आन्तरीक तथा बाह्य पर्यटकहरुको संख्यामा पनि कमी आउने निश्चीत छ । सडकमा अलपत्र पर्नु परेका कतिपय समाचारले नेपाल आउन चाहने बिदेशी पर्यटकहरुको चाहना समेत कुण्ठित हुने गरेको तथा उनीहरुले आफ्नो भम्रण समेत रद्ध गरेका घटना समेत हाम्रा सामु छन । यी र यस्ताखाले गतिबिधीहरुको अन्त्य गर्नु हाम्रो समाजको पनि दायीत्व हो भन्ने बुझाउन सकिएको छैन ।
यसै गरी लाखौ रुपैया लगानी गरेर मोटर साईकल खरिद गर्ने तर आफ्नो जिवनको सुरक्षा संग जोडिने हेल्मेटको प्रयोग र आबश्यकता बारे हेक्का नराख्ने, बेमतलव गर्ने गलत परिपाटी हाम्रा सामु छ । हेलमेटको प्रयोग आफ्नो सुरक्षाका लागी हो भन्ने भन्दा पनि टाफिक प्रहरीका लागी हो भन्ने हाम्रो गलत धारणाका कारण कैयौे युवाहरुले आफ्नो जिवन एकै मिनटमा सडकमै समाप्त पारेका छन । यसको परिवर्तनका लागी घर परिवार टोल र समाजले दायीत्व नलिनेहो भने समाजका अधिकांस युवाको ज्यान सडकमै अन्त्य हुने अवस्था छ । सडक दुर्घटनाको तथ्याङ्क लाई हेर्दा सडक दुर्घटनामा परि ज्यान गुमाउने मध्ये १६ बर्ष देखि २९ बर्ष उमेर समुहका युवाहरुको संख्या ठुलो छ र अधिकांस युवा मोटर साईकल दुर्घटनामा ज्यान गुमाएको छन ।
जिल्लामा भएका यातायात संग सरोकार राख्ने संघ संस्था बिच टाफिक ब्यबस्थापन र सडक दुर्घटना प्रमुख समस्या भएको भावना अभिब्यक्त हुदै आएको छ । यसको सहि ब्यबस्थापन र सडक दुर्घटना न्युनिकरणका लागी समुदायलाई अभिप्रेरीत गर्ने र उनिहरुलाई टोल टोल र समाज बाट दुर्घटना बिरुद्धको अभियानमा सहभागी गराउने उदेश्यका साथ स्थापना भएको सुरक्षित यात्रा अभियान नेपालले आफैले सामाजिक दायित्व लिने प्रयत्न गरेको छ ।
सुरक्षित यात्रा अभियानको मुलभुत उदेश्यहरुः
सुरक्षित यात्रा अभियान नेपाल नामक यो संस्था बिसुद्ध सामाजिक सेवा भावना बाट प्रेरित भई जिल्ला प्रशासन कार्यालय रुपन्देहीमा बिधीवत दर्ता भै स्थापना भएको हो । यस संस्थाका उद्देश्यहरु समाज र दुर्घटना पिडितहरुप्रति लक्षित छन । जुन सुकै संस्था पनि आफ्नो लक्ष्य सम्म पुग्नको लागी सबै संघ संस्थाहरुको सहयोग र समन्वयमा मात्र सम्भव छ । प्रचलित ऐन, कानुन र नियमको अधिनमा रहि यस संस्थाको उद्देश्य देहाय बमोजिम हुनेछ ।
ड्ड यो संस्था जन हितकारि मुनाफारहित संस्था रुपमा रहने छ ।
ड्ड सडक दुर्घटना बिरुद्ध जनचेतना जगाउने ।
ड्ड सडक दुर्घटनामा परेका हरुको उद्दार र उपचार गर्ने ।
ड्ड सडक दुर्घटना पिडित लाई शैक्षिक, आर्थिक सहयोग र कानुनी परामर्स प्रदान गर्ने ।
ड्ड सडक दुर्घटना कम गर्न तालिम गोष्ठी र प्रचार प्रसार गर्ने ।
ड्ड सडक दुर्घटना स्थलगत अध्यायन गरि सो को बास्तविक कारण र स्थीती अनुसन्धान, गरी राय पेस गर्ने ।
ड्ड स्थानिय तहमा बैज्ञानिक सडक निर्माणमा समुदाय लाई उत्साहित गर्ने ।
ड्ड यातायात क्षेत्र लाई मर्यादित बनाउने कार्यमा स्वयम ब्यबसायीहरु लाई उत्साहित गर्ने ।
ड्ड सडक प्रयोग सबैको मौलिक अधिकार हो भन्ने मान्यतालाई स्थापित गराइ निर्बाध, सहज र सुरक्षित आबागमनको लागी सरोकार वालाहरुलाई अभिपे्ररित गर्ने ।
ड्ड यातायात क्षेत्रका समस्या हरुको अध्ययन गरी समाधानको लागी आवश्यक पहल गर्ने एवं सम्बन्धीत निकायमा सुझाव पेश गर्ने ।
ड्ड सडक प्रयोगकर्ता हरुलाई सवारी ऐन नियम, सुरक्षित सडक प्रयोग बारे ज्ञान दिन चेतनामुलक कार्यक्रम संचालन गर्ने ।
ड्ड समान उद्देश्य भएका संघ संस्था हरु, टा«फिक प्रहरी, यातायात ब्यबस्था कार्यालय ,यातायात ब्यबसायी, सडक बिभाग,यातायात मजदुर,बिमाकम्पनी लगायत संग समन्वय गरि आफ्नो उद्देश्य अनुरुप काम गर्ने ।
ड्ड आफ्नो उद्देश्य प्राप्तीकालागी अन्य रचनात्मक कार्यहरु गर्ने ।
ड्ड दुर्घटनामा परेकाहरुको उद्धारका लागी आकस्मीक उद्धारवाहन (एम्वुलेन्स)सञ्चालन गर्ने ।
संस्थाका पदाधिकारी तथा सदस्यहरु

क्र स नाम थर ठेगाना पेशा जिम्मेवारी
१ नारायण प्रसाद अधिकारी बुटवल १० रुपन्देही ब्यापार अध्यक्ष
२ कृष्णदेव भण्डारी बुटवल ८ रुपन्देही ब्यापार उपाध्यक्ष
३ दिनेश पाण्डे बिर्घा ४ स्याङजा पत्रकारीता सचिव
४ हिमालय भुसाल शंकरनगर ३ रुपन्देही ब्यापार कोषाध्यक्ष
५ बिष्णु बिक पर्रोहा ५ रुपन्देही ब्यापार सदस्य
६ अमृता भुसाल शंकरनगर ५रुपन्देही अध्यायन सदस्य
७ भगवती पाण्डे शंकरनगर ८ रुपन्देही पत्रकारीता सदस्य
८ छबिलाल पाठक आनन्दवन ४ रुपन्देही उद्योगी सदस्य
९ बिवेक बस्याल बुटवल ५ रुपन्देही ईन्जीनियर सदस्य
१० ज्ञानु पाण्डे बुटवल १३ रुपन्देही सदस्य

Copyright © Yatra Khabar. All Rights Reserved. Powered By Ignite Infosys