काठमाण्डौ चैत्र ३०
नया बर्षको स्वागत र २०७२ सालको बिदाई गर्ने लाग्दा मध्यपहाडी लोकमार्गमा बा २ ख ६३७६ नम्वरको यात्रुवाहक दुर्घटना हुदा २२ जनाको मृत्यु भएको छ भने ३० भन्दा बढी घाईते भएको छन ।
खोटाङको हलेसीबाट काठमाण्डौ तर्फ यात्रु बोकेर आउर्दै गरेको उक्त यात्रु बाहक बस खोटाङको महादेव स्थान गाबिस बर्खेटार स्थीत कार्भेपानीमा सडक बाट करिव ७ सय मिटर तल खसेको बताइएको छ ।
घटनामा परि ७ महिला र १५ जना पुुरुष गरी सवारी साधनका चालक सहित २२ जनाको मृत्यु भएको जनाइएको छ । मृतकहरुको अहिले सम्म सनाखत हुन सकेको छैन ।
घटनामा परि घाईते भएकाहरुको उपचारका लागी नेपाली सेनाको हेलिकप्टरबाट खकाठमाण्डौ ल्याईएको छ भने सामान्य ७ जनाको ताप्ले अस्पताल हलेसीमा उपचार भैरहेको छ ।
काठमाण्डौ ल्याईएका मध्ये महाराजगञ्ज स्थीत शिक्षण असपतालमा १ जनाको ग्रिन सिटी अस्पताल , १ जनाको सैनीक अस्पताल छाउनी र १ जनाको बि एण्ड बि अस्पतालमा उपचार र्भैरहेको प्रहरीले जनाएको छ ।