बुटवल चैत्र २९
पश्चिम नेपाल बस व्यवसायी संघले समाजसेवी, पत्रकार, उत्कृष्ट विद्यार्थी, कर्मचारी, चालक, व्यवसायी लगायत पूर्व अध्यक्षहरुलाई सम्मान तथा पुरस्कृत गरेको छ । संघको २१ औं साधारणसभाको अवसरमा संघले विभिन्न सम्मान तथा पुरस्कार प्रदान गरेको हो । सो अवसरमा संघले गौतमबुद्ध सामुदायिक स्वास्थ्य संस्थाका अध्यक्ष्ँ एजाज आलमलाई वरिष्ठ समाजसेवा सम्मानबाट सम्मानित गरेको छ । बुटवलमा मुटु अस्पताल स्थापना गरी त्यसको नेतृत्व गर्दै यसक्षेत्रका नागरिकको स्वास्थ्य सुधारमा योगदान पु¥याएको भन्दै सोमबार आयोजित साधारणसभाको अवसरमा संघले सम्मान गरेको हो । कार्यक्रमका प्रमुख अतिथी उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्री विजयकुमार गच्छदार र संघका अध्यक्ष्ँ दधिराम खरेलले सम्मानपत्रद्धारा सम्मानित गर्नुभएको हो ।
यसअघि विभिन्न व्यवसायीक संघसंस्थाको सफल नेतृत्व गरिसक्नुभएका आलमलाई तिनवर्ष यता मुटुजस्तो सम्वेदनशिल अंगको अस्पताल संचालन गरी यसक्षेत्रका धेरै व्यक्तिहरुको जिवन रक्षा गरेको भन्दै समाजसेवा सम्मान प्रदान गरिएको हो ।
त्यसैगरी संघले पत्रकार महासंघ रुपन्देहीका कोषाध्यक्ष विश्वास ढकाललाई यातायात सम्बाहक पुरस्कार २०७२ बाट पुरस्कृत गरेको छ । संचारको क्षेत्रबाट यातायात क्षेत्रका समाचार सम्प्रेषण गर्दै दुर्घटना न्यूनिकरण तथा यातायात क्ष्ँेत्रको सुधारमा महत्वपूर्ण योगदान पु¥याएको भन्दै नगद १० हजार तथा सम्मानपत्रद्धारा पुरस्कृत गरेको हो ।
त्यसैगरी यातायात क्षेत्रको विकास तथा प्रवद्र्धनमा योगदान पु¥याएको भन्दै पुर्व अध्यक्ष्ँहरुलाई पनि सम्मान गरेको छ । संघले विगतका वर्षहरुमा जस्तै यसवर्ष पनि लुम्बिनी अञ्चलका ६ वटै जिल्लाबाट गतवर्षको एसएलसी परिक्ष्ाँमा उत्कृष्ट अंक ल्याउने विद्यार्थी, यातायात व्यवसायीका छोराछोरी, कर्मचारीका छोराछोरीलाई पनि पुरस्कृत गरेको छ ।
त्यस्तै यातायात संचालनको क्रममा दुर्घटना नगर्ने १५ जना चालकहरुलाई पनि संघले पुरस्कृत गरेको छ भने संघमा कार्यरत विभिन्न शाखाका उत्कृष्ट कर्मचारीहरुलाई पनि नगद सहित प्रशंसापत्रद्धारा सम्मान गरेको छ । पुरस्कृत तथा सम्मानित व्यक्तिहरुलाई कार्यक्रमका प्रमुख अतिथी, अध्यक्ष्ँ तथा अन्य अतिथीहरुले पुरस्कार तथा सम्मानपत्र प्रदान गर्नुभएको थियो ।