भगवती पाण्डे बुटवल
सिण्डीकेट सिण्डीकेट सिण्डीकेट । केहो सिण्डकेट ? यातायात व्यवसायीहरुका बिच चर्काचर्की भईरहदा पुगेकी मलाई सिण्डीकेटको अन्तरकुन्तर केलाउने मन थियो । तर पहिलो प्रश्न मै एकजना यातायात व्यवसायी झोक्कीए के हो सिण्डीकेट ? के हामी व्यवसायीहरु मिलेर व्यवसाय सञ्चालन गर्न पनि नपाउनु ? उनको उल्टो प्रश्न ममाथी तेर्सियो ।
सरकार भनिरहेको छ यातायात क्षेत्रमा सिण्डीकेट छ त्यसलाई हटाईने छ । तर कहां छ भन्दैन, केहो सिण्डीकेट खोल्दैन ।
बषौं भयो सिण्डीकेट हटाउछौ भन्न थालेको तर सिण्डीकेटको परिभाषामा समेत राज्य स्पष्ट छैन जस्तो लाग्छ ।
सामान्य अर्थमा व्यवसायमा एकाधिकार जमाउन खोज्नु वा अरुको प्रवेशलाई निषेध गर्नु सिण्डीकेट हो । त्यस्तो काम कुन कुन क्षेत्रमा छ या त्यस्तो निषेध कुन कुन क्षेत्रमा छ प्रष्टयाउने काम राज्यको हो ।
तर राज्य आफै सिण्डीकेटलाई मलजल दिएको छ । सिण्डीकेट लागु गरेको सवैभन्दा बढी आरोप यातायात क्षेत्रमा छ ।
तर यातायात व्यवसायीहरुले त्यसलाई स्विकार्न तयार छैनन् । उनिहरुले आफ्नो ढंगले परिभाषीत गर्न खोजेका छन् ।
पश्चिम नेपाल बस व्यवसायी संघका अध्यक्ष दधिराम खरेल आफ्ना कमी कमजोरी लुकाउन राज्यले दोष थुपारेको दावी गर्छन् । अव त सिण्डीकेट खारेज भयो होईन भन्नेहरुप्रती उनको प्रतिप्रश्न छ । कहां छ सिण्डीकेट ? तपाईले भन्न खोज्नु भएको कस्तो सिण्डीकेट हो ? हामी व्यवसायीहरु मिलेर आलोपालो गरेर गाडी चलाउछौं भन्नु सिण्डीकेट हो ? खरेल भन्छन् ।
हामीलाई सिण्डीकेट लागु गरे यातायात क्षेत्रमा एकाधिकार कायम गर्न खोजे अरुलाई आउन दिएनन् भन्नेहरुले यातायात व्यवसायीहरुको भावना नवुझेको उनको गुनासो छ ।
उनि भन्छन् हामीले कुनै पनि व्यवसायी व्यवसायबाट बिस्थापित हुन नपरोस भनेर व्यवस्थीत ढंगले सवारी साधन चलाएका हौं अस्वस्थ प्रतिष्पर्धा नहोस भनेर व्यबस्थापन गरेका हौं ।
कारण बस दुर्घटना हुंदा यात्रु वा तेश्रो पक्षले कहां उपचार खोज्ने ? कहां न्याय खोज्ने ? कहां क्षतीपुर्ति खोज्ने ? जस्ता समस्या आउन नपाओस भनेर स्वयं पिडीत पक्षलाई न्याय, उपचार र राहत दिन सामुहिक व्यवस्थापनको निती अवलम्वन गरेका हौं ।
दुर्घटना जानेर हुंदैन कसैको नियतले हुदैन, तर दुर्घटनामा परेकाहरुको उपचार गर्ने दायित्व हामी व्यवसायीको हो । कुनै पनी तेश्रो पक्षले अहिले उपचार वा राहत नदिएर गाडिवाला भाग्यो भन्ने अवस्था आउन दिएका छैनौं उनको दावी छ ।
कतिपय दुर्घटनामा गाडिको मुल्य भन्दा कयौं गुणा बढी उपचारमा खर्च भएको छ । यदि संस्थागत नभएको भए त्यो उपचार एउटा गाडी धनीबाट सम्भवै थिएन, उपचारका लागी बिमाले दिने रकमले कतीपय दुर्घटनाका घाईतेको उपचार होईन उद्धारमा समेत खर्च नपुग्ने अवस्था छ । कतिपय दुर्घटनाका घाईते बचाउन हेलीकप्टर चार्टर गर्नु परेको छ । केही महिना अघि गुल्मीमा भएको दुर्घटनाका बखत हेलिकप्टर बाटै काठमाण्डौ पु¥यायौ हामी चाहन्छौ उपचारमा भएको कमजोरीले कसैको ज्यान जान नपाओस ।
व्यक्तिले भए त्यसरी हेलीकप्टर चार्टर गरेर उपचार गर्न कसरी सम्भव हुन्थ्यो होला । अन्य क्षेत्रका व्यवसायी संगठीत हुदा सिण्डीकेट नदेख्ने यातायात व्यवसायी संगठित हुंदा सिण्डीकेट देख्ने हाम्रो समाजको दृष्टीकोण दोषी छ ।
अरुलाई गाडी ल्याए चलाउन दिनु हुन्न किन भन्ने जिज्ञासामा खरेलले हामीले त्यसो गरेका छैनौ भन्दै घुमाउरो पारामा जवाफ दिए ।
बषोै देखि व्यवसाय गरी रहेको व्यवसायी बिस्थापीत हुनु नपरोस भन्ने उद्देश्यले हामीले साझा मत बनाएर आलोपालो प्रणाली अन्तर्गत यातायात व्यवस्थापन गर्दै आएका छौ । नया गाडी ल्याउन चाहनेहरुलाई पनी हाम्रो आग्रह केहो भने समस्याको समाधान साझा ढंगले गरौ तपाईले व्यवसाय गर्दा अरुले हात धुनु नपरोस भन्ने कुरा बुझाउन मात्र खोजेका हौ ।
एउटै व्यबस्थापन नितीमा रहेर सवारी सञ्चालन गर्ने कुरामा हाम्रो असहमती हुदै होईन । तर व्यवसायलाई अमर्यादित बनाउने कुरामा हाम्रो सहमती हुन सक्दैन । गाडिमा लगानी गर्न पाउनु पर्छ भन्दैमा अस्वस्थ प्रतिस्पर्धा गराउने छुट कसैलाई छैन । व्यवसायी लडाउने गाडि माफियाहरुको प्रपन्च मात्र हो । त्यसलाई नागरीक समाज राजनितीक दल र बुद्धिजीवीहरुले गहिरोे अध्ययन गर्न जरुरी छ । सिण्डीकेट छ त्यो हटाउनु प¥यो भन्ने नाममा यात्रु भन्दा गाडी धेरै बनाउने योजना सफल हुन दिदैनौं उनले दृढता व्यक्त गरे ।
अहिले सवैको आंखा पश्चिममा छ । व्यवसायीहरु मिलेर गाडी चलाउंछन्, गाडी चलाउने दिनको पालो गरेका छन्, जुन सिण्डीकेटका नाममा यातायात क्षेत्र परिभाषित छ त्यो अन्त्य गर्न उनिहरु चाहदैनन् । राज्य त्यो अन्त्य गर्छु भन्छ मात्र होईन कार्वाही नै गर्छु भन्छ । तर एक कदम अगाडी बढ्न सक्दैन । किनकी व्यवसायीले सञ्चालन गरेको आलोपालोलाई सिण्डीकेट नै भनेर ठोकुवा गर्न पनि सकेको छैन ।
हामी यातायात व्यवसायीको हितमा काम गर्छौ हाम्रो सानो कमजोरीले २२ सय ब्यबसायी र तिनाका परिवारको बिचल्ली होस भन्ने कल्पना पनी गर्दैनौ त्यसका साथै करिव ४५ सय मजदुर र तिनका परिवारका सदस्यहरुको रोजी रोटि खोसिने अवस्था श्रृजना होस भन्ने चाहन्नौ ।
ती व्यवसायी र मजदुरको हितमा काम गर्नु पश्चिम नेपाल बस व्यवसायी संघको दायित्व हो । हाम्रा सबैभन्दा महत्वपुर्ण र भगवानका रुपमा रहेका यात्रुहरुको हित बिपरीत पनि हामी अगाडी बढ्न चाहन्नोै । तर केही गाडी माफीयाहरुको चलखेललाई निस्तेज पार्ने क्रममा केही बिवाद भएको हो, दादागीरी गरेको होईन ।
यातायात व्यवसायी महासंघका पुर्व बरिष्ठ अध्यक्ष समेत रहेका खरेल आफुहरुले गरेको काम र व्यवस्थापन पद्धतीले पछिल्लो समय दुर्घटना न्युनिकरणका लागी महत्वपुर्ण सहयोग गरेको दावी गर्छन् ।
हामी कुनै पनि नागरीकको अकालमा सडकमा ज्यान जान नपाओस भनेर लागेका छौ, अस्वस्थ प्रतिस्पर्धा छ्रैन, यात्रु तान्नका लागी हुने लुछाचुडी छैन जसका कारण दुर्घटनामा कमी आएको छ ।
यती मात्र होईन हामीले चालक तथा परिचालकलाई लक्षित गरेर नियमीत रुपमा प्रशिक्षण चलाएका छौं । चालक परिचालकले यात्रुहरुप्रति गर्ने व्यवहार आलोच्य थियो त्यसमा सुधार आएको छ । खरेलको दावी छ ।
केहि बर्ष यता साना दुर्घटना दिनहु भै रहे भन्ने परेको छैन तर एकाध दुर्घटनाहरुले सवैको ध्यान तानेका छन् । स्वभाबिक पनि हो सडक दुर्घटनामा कसैको ज्यान जांदा चिन्ता र चासो हुनु । तर त्यो चिन्ता र चासो केही समय सम्मका लागी मात्र हुनु दुर्घटना न्युनिकरणका लागी चिन्ताको बिषय भने अवश्य हो ।
दुर्घटनामा चालक जिम्मेवार भन्ने भनाईमा खरेल असहमत छन् । उनी चालकलाई मात्र दोष दिएर मात्र उम्कन नहुने तर्क राख्छन् । हामीले आफैले व्याख्या गरेर मात्र पनि हुदैन त्यसलाई यथार्थ रुपमा खोजी गर्नका लागी त्यसको गहिराईमा पुग्नु पर्छ ।
सवैले सडक दुर्घटना र यातायात व्यवस्थापनका कार्यलाई आफ्नो अनुकुलता व्याख्या गर्दा समस्या बल्झीरहेको उनको तर्क छ ।
पछिल्लो समय बुटवलबाट अत्याधुनीक नयां मोडलका स्तरीय सवारी साधनबाट सेवा दिईरहेको उनको दावी छ ।
कुराकानीमा आधारीत ………….