सुवास विसी
२० चैत, पाल्पा । अर्थमन्त्री विष्णु पौडेलले बुटबल र तानसेनलाई कम्तिमा आधा घण्टाको दुरीमा रहने गरी सडकको स्तरबृद्धि गरिने बताएका छन् । बुटबल-तानसेन सडकका घुम्तीहरु सुधार गरेर आधा घण्टाको दुरीको सडक बनाउन लागेको उनले जानकारी दिए ।
पाल्पाको तेल्घा गाविस-४ गुफाचौर क्षेत्रमा पुगेर मन्त्री मन्त्री पौडेलले सडक असुरक्षित रहेकोले यस सडकलाई सूरुङ्गमार्ग निर्माण गरेर वा अर्को सडकको विकल्प खाजेर भएपनि छोट्याइने दावी गरे ।
उनले सुनौली, बुटबल, तानसेन, रिडी, बाग्लङ्ग हुँदै कोराला जाने सडकको ट्रयाक खोल्न अब १२ किलोमिटर मात्रै बाँकी रहेको जानकारी समेत दिए । उनले ट्रयाक खोलेर उत्तरदेखि दक्षिण जोडने सडक कालोपत्रे गरिने बताए ।
पौडेलले पाल्पाको मध्य भागको सडक आर्यभञ्याङ्ग, ताहु, रामपुर सडक र हार्थोकदेखि छहरा बल्ढेगढी सडकलाई दुई लेन गरी कालोपत्रे गरिने पनि सुनाए ।
तानसेनको खानेपानीको समस्या समधानका लागि रानीघाटको खानेपानी लिफ्ट गरिने आश्वसन पनि दिए । उनले बुटबल-तानसेन-पोखरा सडक सर्वे गरी नयाँ तरिकाले मर्मत र पुनर्निर्माण गरिने जानकारी दिए । मन्त्री पौडेलले गुफाचौरमा गणेश मन्दिर स्थापना गरी धार्मिक पर्यटन प्रर्वद्धन गर्न सहयोग गर्ने बताए ।
अनलाईनखवरबाट