कृष्ण खनाल
बुटवल, ७ चैत ।
विगत ३ बर्षको अनुपातमा रुपन्देही, कपिलवस्तु र नवलपरासीको तथ्यांकमा यो बर्षको पुस, माघ र फागुन महिनामा सबैभन्दा बढि दुर्घटना भएका छन् । पश्चिम क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय बुटवलको तथ्यांक अनुसार पुस, माघ र फागुन महिनामा रुपन्देही, नवलपरासी र कपिलवस्तुमा कुल १ सय ४ वटा दुर्घटनाबाट ७० जना मानिसको मृत्यु भएको छ ।
पश्चिम क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी उपरिक्षक प्रकाश अधिकारीका अनुसार सोही अवधीमा आर्थिक बर्ष २०७०÷०७१ मा कुल ६९ दुर्घटनाबाट ५९ जना मानिसको ज्यान गएको छ । यस्तै आर्थिक बर्ष २०७१÷०७२ मा ९६ वटा दुर्घटनाबाट कुल ५१ जना व्याक्तिले ज्यान गुमाएका छन् । आर्थिक बर्ष २०७०÷०७१ मा सबै भन्दा बढि दुर्घटना नवलपरासीमा भएको छ । सो आर्थिक बर्षको पुस, माघ र फागुन महिनमा नवलपरासी जिल्लामा कुल २७ वटा दुर्घटना भएका छन् । जसबाट २६ जनाले ज्यान गुमाएका छन् । रुपन्देहीमा २६ वटा दुर्घटनाबाट १५ जना, कपिलवस्तुमा १६ वटा दुर्घटनाबाट १८ जनाले ज्यान गुमाएका छन् ।
आर्थिक बर्ष २०७१÷०७२ को सोही अवधिमा पनि नवलपरासीमा नै सबैभन्दा बढि दुर्घटना भएका छन् । ४७वटा दुर्घटनाबाट २५ जनाले ज्यान गुमाएको पश्चिम क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय बुटवलले जनाएको छ । उक्त अवधिमा रुपन्देहीमा ३० वटा दुर्घटनाबाट १७ जनाले, कपिलवस्तुमा १९ वटा दुर्घटनाबाट १० जनाले ज्यान गुमाएका छन् ।
आर्थिक बष्र्र ०७२÷०७३ मा सोही अवधिमा पनि नवलपरासीमा नै सबैभन्दा बढि दुर्घटना र सबैभन्दा बढि व्यक्तिले ज्यान गुमाएका छन् । उक्त जिल्लामा ५१ वटा दुर्घटनाबाट ३२ जनाले ज्यान गुमाएका छन् । भने रुपन्देहीमा कुल ४३ वटा दुर्घटनाबाट २९ जनाले ज्यान गुमाएका छन् । भने कपिलवस्तुमा १० वटा दुर्घटना भएर कुल ९ जनाले ज्यान गुमाएका छन् ।
आर्थिब बर्ष २०७०÷७१ मा रुपन्देहीमा १५ जना, नवपरासीमा २७ जना र कपिलवस्तुमा १८ जनाले तिन महिनामा ज्यान गुमाएका छन् । भने आर्थिक बर्ष २०७१÷०७२ मा रुपन्देहीमा १७जना, नवलपरासीमा २४ जना, कपिलवस्तुमा १० जनाले ज्यान गुमाएका छन् ।
तिन बर्षको तिन महिनाको तथ्यांक अनुसार सबै भन्दा बढि मोटरसाईकल दुर्घटना भएका छन् । आर्थिक बर्ष २०७१÷०७२ को तिन महिनामा ५८ वटा मोटरसाईकल दुर्घटना भएका छन् । दोस्रो नम्बरमा बस र तेस्रोमा ट्रक रहेको छ । २०७०÷०७१ मा पनि मोटरसाईकल ३३ वटा दुर्घटना भएका छन् भने आर्थिक बर्ष २०७२÷०७३ को तिन महिनमा ४६ वटा मोटरसाईकल दुर्घटना भएका छन् ।
पश्चिम क्षेत्रीय ट्राफिक प्रहरी कार्याल्य बुटवलका प्रमुख प्रहरी उपरिक्षक प्रकाश अधिकारीले दुर्घटना न्युनीकरणको लागि सबैको साझा पहल आवश्यक रहेको बताउछन् । उनले सबैले आ आफ्नो नीति र नियम सहि समयमा सहि ढंगबाट पालना गरेका दुर्घटना न्युनीकरणमा टेवा पुग्ने उनको भनाई रहेको छ । उनी भन्छन्–‘यो दुर्घटना भन्ने कुरा आकत्समीक हुने हो, यसको निराकरणको लागि पहिला देखि नै सबैको साझा अभियान जरुरी रहेको छ ।
यता, पश्चिम नेपाल बस व्यवसायी संघका अध्यक्ष दघिराम खरेलले पछिल्लो समयमा मजदुर संगठनको नाममा हुने राजनीतिको कारण थप पोत्साहन हुने गरेको बताउछन् । उनी भन्छन् सबैको साझा पहल भएमा दुर्घटना न्युनीकरण गर्न सकिने भन्दै उनले यसको लागि यातायात व्यवसायी, प्रहरी, मजदुर, आम सर्वसाधारण सबैको सहकार्य आवश्यक रहेको छ ।
सिद्धार्थ यातायात व्यवसायी समितिका अध्यक्ष सुर्य बहादुर सारु मगरले पनि सडक लगायत यातायातका अन्य भौतिक संरचनाहरुलाई दिगो बनाउन सकेमा केही हदसम्म दुर्घटना न्युनीकरण हुन सक्ने बताउछन् । उनी भन्छन्–कतीपय दुर्घटना चालकको लापरवाही भन्दा पनि भौतिक संरचनाको कारण पनि दुर्घटना हुने गरेको छ ।