अन्जन कोईराला, प्रहरी निरीक्षक जिल्ला ट्राफिक प्रहरी कार्यँलय रुपन्देही
यस बर्ष ट्राफिक सप्ताह मनाउदै हुनु हुन्छ ट्राफिक सप्ताह को नारा के तय गर्नुभएको छ ?
दुर्घटना न्यूनिकरणलाई नै जोड दिएर सचेत रहौं दुर्घटनाबाट बचौं र बचाऔं भन्ने नारा तय गरिएको छ ।
ट्राफिक सप्ताह मनाउनुको उद्देश्य के हो ?
ट्राफिक नियम सम्बन्धि जानकारी दिने निकाय छैन । कार्यान्वयन गर्ने निकायले नै जानकारी दिनुपर्ने बाध्यता र चलन भएकोले ट्राफिक सम्बन्धि जानकारी दिन सकियो भने दुर्घटनालाई कम गर्न सकिन्छ की भनेर सप्ताहव्यापी कार्यक्रम मनाउन थालिएको हो । ट्राफिक सप्ताहबाट बढि भन्दा बढि मानिसहरुले ट्राफिक नियम सम्बन्धि जानकारी पाउन सकुन् भन्ने हाम्रो उदेश्य हो ।
सडकमा तिनसय पैसठ्ठी दिन खटिने ट्राफिक प्रहरीले सात दिन ट्राफिक सप्ताह मनाउंदैमा यहांहरुको उद्देश्य पुरा होला ?
पुरै उद्देश्य त पुरा हुंदैन तर केहि न केहि नियमित गर्ने भन्दा फरक भने पर्छ भन्ने हाम्रो विश्वास छ । थोरै मानिसले पनि थप कुरा जाने भने अज्ञानताका कारण हुने दुर्घटना कम हुन सक्छन् र एउटा जानेका कुराहरु अरुलाई सिकाउनुपर्छ भन्ने भावनको विकास भयो भने त्यसले सघाउ पु¥याउंछ भन्ने हो ।
ट्राफिक सप्ताह मनाउने क्रममा यहांहरुले कुन कुन वर्गलाई लक्षित वर्गको रुपमा छनोट गर्नुभएको छ ?
अहिलेको ट्राफिक सप्ताहमा तिन समुहलाई लक्ष्ँित गरेर कार्यक्रम तय गरिएको छ । एउटा सवारी धनी, चालक, सहचालक दोश्रो समुह विद्यालयका विद्यार्थी र तेश्रो समुहलाई समुदायका व्यक्तिहरुलाई लक्ष्ँित गरिएको छ । समुदायमा शहरी क्षेत्रभन्दा ग्रामिण क्षेत्रहरु छपिया, देवदह, धकधई लगायतका भित्री क्षेत्रका समुदायमा सचेतनाका कार्यक्रम संचालन भईरहेका छन् ।
ट्राफिक प्रहरीको आफ्नो समस्या के हो जुन कारणले दुर्घटना न्यूनिकरणमा कठिनाई उत्पन्न भएको छ ?
पहिलो कुरा त सवारी साधन चलाउने मान्छेको लाईसेन्स लिने प्रकृयामा क्लास लिईदिने दक्ष बनाएर सवारी चालक अनुमती पत्र बनाउन सघाउने संस्था कम छन् । दक्ष भएर लाईसेन्स लिने भन्दा पनि जसरीपनि लाईसेन्स लिनुपर्छ भन्ने समस्या छ । दक्ष भएर ट्राफिक नियम सिकेर लाईसेन्स लिनुपर्छ भन्ने मान्यताको विकास हुन सकेको छैन । तपाई सवारी चलाउन दक्ष हुनुभयो र ट्राफिक सम्बन्धि सबै ज्ञान भयो भने लाईसेन्स पाउनुहुन्छ भनेर बुझाउन सकिएको छैन । निजी क्षेत्रबाट ट्रायल र ट्राफिक नियम सिकाएर परिक्षा दिलाउने गरिएपनि सरकारी स्तरबाट त्यस्तो व्यवस्था गर्न सकिएको छैन जसले गर्दा जांच दिएपछि जसरी पनि लाईसेन्स पाईन्छ भन्ने छ ।
रुपन्देहीको ट्राफिक प्रहरीको जिम्मेवारी सम्हाल्न आउनुभएको छोटो समयमै एउटा महत्वकांक्ष्ँी कार्यक्रम शुरु गर्नुभएको छ अप्ठ्यारो भएको छैन ?
ट्राफिक सप्ताह मनाउनुलाई महत्वकांक्षी कार्यक्रम नभनौ सहज रुपमै भएको छ बरु आउंदा वित्तिकै काम गर्न पाउंदा राम्रँे अवसर मिले जस्तो लागेको छ । रेडक्रस संगको समन्वयमा मिलेर सबै सरोकारवालाहरु संग कार्यक्रम गर्ने अवसर जस्तै भएको छ । सबैको सहयोग मिलेको छ ।
ट्राफिक सप्ताह पछि जिल्ला ट्राफिक प्रहरी कार्यालयले दुर्घटना न्यूनिकरणका लागि कस्तो योजना बनाएको छ ?
मुख्य कुरा दुर्घटना न्यूनिकरण गर्ने दुईवटा उपाय हुन सक्छन् । एउटा जानेर गल्ति गर्नेलाई कारवाही गर्न सकिन्छ । अर्को नजानेर गरिएका गल्तिहरुलाई सचेत बनाएर सुधार गर्न सकिन्छ । जुन अहिले जरिवाना गरिदै आईएको छ यो जानेर गल्ति गर्नेलाई जरिवाना गर्ने हो । तर नजानेर गल्ति गर्नेहरुलाई सचेत बनाएर जानकारी दिन सकियो भने त्यसले राम्रँे प्रभाव र उपलब्धि दिन सक्छ जसले दुर्घटना न्यूनिकरणमा पनि सघाउ पु¥याउंछ ।
सवारी साधनको संख्या बढेको बढ्यै छ, ट्राफिक प्रहरीको संख्या थपिएको छैन यस्तो चुनौतीपूर्ण अवस्थामा आफ्नो कार्यकाल पुरा सफल बनाउन सक्छु भन्ने लाग्छ ?
यो वास्तविकता हो । संख्याकै हिसाब हेर्ने हो भने हरेक वर्ष १८÷१९ प्रतिशतले गाडीको संख्या थपिएको छन् । तर विगत पांच वर्षको ट्राफिक प्रहरीको दरबन्दि हेर्ने हो भने करिब करिब एउटै छ बढेको छैन । तालिमप्राप्त दक्ष व्यक्ति ल्याउनुपर्छ भनेर माथिल्लो तहमा कुरा भएपनि त्यो पुरा हुन सकेको छैन । अहिले तत्कालको अवस्थामा हामीलाई काममा अलि केहि प्रेसर छ ।
पछिल्लो समय सडकको नियम ट्राफिक नियम उलंघन गर्ने पैदलयात्रीलाई समेत कारवाही गर्नुपर्छ भन्ने आवाजहरु पनि उठ्ने गरेको छ ट्राफिक प्रहरीले यसमा कस्तो सोंच बनाएको छ ?
काठमाण्डौ भित्र पैदलयात्रीलाई पनि जम्मा गर्ने सचेत बनाउने, जरिवाना काट्न शुरु भएको हो । बाहिर भने पैदलयात्रीलाई पनि जरिवाना गर्ने भन्ने शुरु भएको छैन । जसले सवारी साधन प्रयोग गरेको छैन उसलाई कारवाही गर्न पनि सहज छैन । बाटोको अवस्था त्यस्तै छ । एउटै बाटोमा पैदलयात्री सहित, ठूला सवारी साधन र रिक्सा साईकल समेत लैजानुपर्ने अवस्था छ । सडक चिन्हहरु पनि त्यहि किसिमको छ । बुटवल भैरहवाको सडक जुन अवस्थामा निर्माण भईरहेको छ यसले पनि पैदलयात्रीलाई गल्ति ग¥यो भने पनि कारवाही गर्न समस्या नै छ ।
सवारी चालकहरुले छाडा चौपायाको कारण दुर्घटनाको संख्या बढाएको छ यसको व्यवस्थापन हुन सक्यो भने दुर्घटनाका संख्या कम हुन सक्छन् भन्ने गरेको सुनिन्छ छाडा चौपायाको व्यवस्थापनको लागि के गर्न सकिएला ?
यो एकदम वास्तविक र हामी सबैले भोगेको कुरा हो । यसको व्यवस्थापनमा सबैभन्दा पहिले सम्बन्धित क्षेत्रका नगरपालिकाले हेर्नुपर्ने हो । ट्राफिक प्रहरीले धेरैपटक सडकमा छोडिएका छाडा चौपाया नियन्त्रण गरेर विभिन्न गौशालामा पठाउने गरेको छ । तर फेरी पनि सडकमा उत्तिकै संख्यामा थुप्रिएका छन् । किसानहरु पनि आफै सचेत भएर आफ्ना बस्तुहरु सडकमा नछोड्नुपर्ने त्यो हुन सकेको छैन । अर्कोतर्फ पशु अधिकारकर्मीहरु पनि पशुलाई नथ्थी लगाउनु हुंदैनन् भन्छन् त्यसो गर्न पनि पाईएन । उठाएर लैजान पनि समस्या नै छ उचित स्थानमा लैजानु प¥यो । उनिहरुको खानपान, स्याहारसुसार भएको ठाउं हुनुप¥यो कहां लैजाने । रुपन्देहीमा रहेको एउटा गौशाला छ त्यसमा आवश्यक वस्तुको जोहो कस्ले गर्ने यी सबै समस्या छन् । अहिलेपनि दुई ट्रक भन्दा धेरै छाडा चौपाया छन् तर तिनलाई उठाएर लैजाने स्थान नहुंदा सम्म समस्याको समाधान हुन सक्दैन ।
पछिल्लो समय सरकारले जरिवानाको दरलाई वृद्धि गरेको अवस्था छ विगतमा थोरै जरिवाना लिंदा पनि दवाव झेलेको ट्राफिक प्रहरीले फेरी अहिले बढाएको जरिवानाको दवाव झेल्न सक्ला ?
एकडेढ करोडको गाडी चढ्नेहरुलाई पांच सय, एकहजार रुपैया जरिवानाको हिसाबले ठूलो विषय होईन । तर जरिवाना गर्दैमा गल्ति कम हुन्छ भन्ने हुंदैन । गल्ति नगर्नलाई सचेत बन्नु जरुरी छ । गल्तिको रेकर्ड राख्न सरकारले ल्याउने भनेको स्मार्ट कार्ड सिस्टमको प्रयोग गर्न सके मात्र गल्तिको रेकर्ड रहने भएकोले गल्ति कम गर्न सकिन्छ । जहिले पनि पहिलो पटक गल्ति गरेको जस्तो हुंदा सम्म जरिवाना लिएर मात्र गल्ति कम हुन सक्दैनन् । जतिपटक गल्ति दोहोरिंदै जान्छन् त्यति नै पटक जरिवाना बढाउदै लगियो भने केहि हदसम्म समाधान हुन सक्ला । तरपनि सरकारको निर्णयलाई कार्यान्वयन गर्ने तर्फ ट्राफिक प्रहरीले सबैलाई जानकारी र सचेत बनाएको छ । यातायात व्यवसायी, सवारी चालक सबैलाई जानकारी गराएका छौं । जरिवानाको नयां दर लागु गर्ने समयमा केहि चुनौती त होला तरपनि सरकारको निर्णय कार्यान्वयन गर्ने र लागु गर्ने विषयमा हामी तयार छौं ।
अन्त्यमा सर्वसाधारणलाई के आग्रह गर्नुहुन्छ, के भन्नुहुन्छ ?
सबैभन्दा ठूलो कुरा ट्राफिक नियम जान्नुपर्ने हो । जब मानिस हिड्न सक्ने हुन्छ त्यसपछि उसले सडक प्रयोग गर्छ र उसको मृत्यु भएपछि पनि त्यहि बाटोबाट नै घाट सम्म लगिन्छ । यसैले बाटोको सुरक्षित प्रयोग कसरी गर्ने, बाटो हामी सबैको हो । बाटो सबैले समान रुपले प्रयोग गर्नुपर्छ भन्ने बुझ्नु जरुरी छ, ट्राफिक नियम आफुले पनि जान्ने र आफुले जानेका कुरा अरुलाई बुझाउंदै सबैले समान रुपले सडकको प्रयोग गर्ने वातावरण बनाउन सबैलाई आग्रह गर्न चाहन्छु ।