बुटवल असोज ६
बुटवलका विभिन्न स्थानमा भइरहेको अव्यवस्थित पार्किङका कारण दुर्घटनाको जोखिम बढेको छ । मुख्य राजमार्गका साथै भित्रि सडकहरुमा पनि अव्यवस्थित पार्किङ हुंदा दुर्घटनाको जोखिम बढेको हो ।
बुटवलकोे अमरपथ क्षेत्रमा व्यापारीहरु आफैले पार्किङ व्यवस्थापन गरे बाहेक अन्य क्षेत्र अस्त ब्यस्त नै छ । मुख्य राजमार्गहरुमा सवारी साधन दिनभर रोक्दा पनि टाफिक प्रहरी मुकदर्शक बनेपछि अन्य यात्रीहरुलाई सास्ती हुने गरेको छ ।
पार्र्किङ निषेधित क्षेत्रमा समेत पार्किङ गरिएको सर्भिसलेनमा दिनभर ठुला सवारी साधनहरु रोकेर अवरोध प्र्याएको समाचार पटकपटक र्साजनिक भएपनि ट्राफिक प्रहरी समेत बेखवर जस्तै छ ।
मुख्य बजार अमरपथ, राममन्दिर लाईन, दुर्गामन्दीर लाईन, ट्राफिक चोक, हाटबजार लगायतका क्षेत्रमा दिनगन्ती पार्किङ गरेपनि ट्राफिक प्रहरीको अग्रसरता नहुंदा सडकमा दोहोरो पार्किङ भइरहेको छ । त्यस संगै मिलनचोक, राजमार्ग चौराहा, कालिकानगर क्षेत्रमा समेत बाटोमै पार्किङ हुदा सवारी चालक तथा पैदलयात्रीहरु समेत मर्कामा परेका छन् ।
विशेषतः अटोमोबाईल्समा हव बन्दै गइरहेको कालिकानगर क्षेत्रमा मुख्य राजमार्ग नभई सहायक मार्गबाट ठुला कन्टेनरहरु आवात जावत गर्दा दुर्घटनाको जोखिम झन झन बढ्दै गइरहेको छ । गाडीका सो रुमहरुले सडकमै गाडी पार्किङ गर्ने र अन्य व्यापारिक प्रतिष्ठानहरुले पनि घण्टौ सम्म सडक अवरुद्ध गरी सामान लोड लनलोड गराउंदा सवारी चालक तथा पैदलयात्रीहरुलाई समेत हैरानी भएको छ । सडक क्षेत्र नै कब्जा गरी दैनिक सवारी पार्किङ गरेर बस्दा पनि नियमनकारी निकाय ट्राफिक प्रहरीको ध्यान पुग्न सकेको छैन ।
पश्चिम क्षेत्रिय ट्राफिक प्रहरी कार्यालय बुटवलले पार्किङ समस्या हटाउन विभिन्न समयमा गरेको कार्यको प्रभावकारीता भएपनि मुख्य बजार क्षेत्रमा मात्र पार्किङ समस्या सुल्झाउन ध्यान दिदा मिलनचोक, राजमार्ग चौराहा, कालिकानगर जस्ता क्षेत्रमा अव्यवस्थित पार्किङ भइरहेको छ । सडक विस्तारको क्रममा कुनैपनि स्थानलाई छुट्टै पार्किङको रुपमा स्थान निर्धारण नहुंदा पनि पार्किङ समस्या बढ्दै गइरहेको पश्चिम क्षेत्रिय ट्राफिक प्रहरी कार्यालय बुटवलले जनाएको छ ।
पार्किङ स्थल नहुंदा अहिले भइरहेको पार्किङ व्यवस्थापनलाई राम्रो मान्न सकिने भन्दै प्रहरी नायव निरिक्षक ज्ञानु पाण्डेले मिलनचोक, चौराहा, कालिकानगर क्षेत्रमा सडकमै भएको पार्किङ बारे आफुहरुले व्यवस्थापनका लागि कदम चाल्ने बताउनुभयो ।
पछिल्लो समय ब्यापारीक प्रयोजनका सामान र बिक्रीका लागी राखिएका सवारी साधनहरु समेत फुटपाथमा राख्दा पनि सरोकारवाला निकायले हटाउन चासो दिएको पाईदैन ।