बुटवल भदौ २५
सुरक्षित यात्रा अभियान नेपालले बढदो दुर्घटना न्युनिकरण र यातायात सेवाको सहज ब्यवस्थापनाका लागि २७ बुंदे सुझाव पत्र पेश गरेको छ ।
संसदको बिकास समिती अन्तरगतको सडक सुरक्षा समितीमा पेश गरीएको उक्त सुझाव पत्रमा सवारी तथा सडक दुर्घटनाका कारणहरुको बिश्लेषण गर्दै सुधारका लागि एैनको संसोधन र संसोधीत कानुनको पुर्ण कार्यान्वयनआबश्यक रहेको उल्लेख गरीएको छ ।
अभियानले सरसर्ती हेर्दा दुर्घटनाको प्रमुख दोषी सवारी चालक र प्रमुख कारणको रुपमा मादक तथा लागु पदार्थको सेवन, सवारीको गति र सडक अनुशासनलाई लिने गरीएको भए पनि सवारी दुर्घटनाको प्रमुख कारण सरोकारवाला सवै पक्षको लापरवाही हो भन्दै लार्पवाहीको अन्त्यका लागि कानुनको कार्यँन्वयनको लागि आग्रह गरीएको छ ।
अभियानले दुर्घटनाका कारणलाईलाई चालकले गर्ने लार्पवाही ,सवारी साधनका धनीले मर्मतमा गर्ने लार्पवाही,ट्राफिक प्रहरीले कर्तव्य पालनमा गर्ने लार्पवाही, निती निर्माताले कानुनको निर्माणमा गर्ने लार्पवाही,सडक निर्माण र मर्मतमा गर्ने लार्पवाही , सडक प्रयोगकर्ता पैदलयात्रीले सडकमा गर्ने लार्पवाही र राजनितीक नेतृत्वबाट गर्ने दवाव र दादागिरी गरी ६ वटा लार्पवाहीका शिर्षकहरु प्रस्तुत गर्दै यिनै लार्पवाहीले सडक मृत्युमार्ग बनेको उल्लेख गरिएको छ ।
सुरक्षित यात्रा अभियानका महासचिव दिनेश पाण्डेद्धारा जारी बिज्ञप्तीमा राजमार्ग र सामान्य सडक किनारमा समेत भोजनालय मात्र हुनुपर्छ मदिरा र मदिरा जन्य पेय पदार्थको बिक्रिमा पुर्ण प्रतिबन्ध लगाउनु पर्ने मादक पदार्थ बिक्रि बितरण गर्ने होटल तथा रेष्टुरेन्टमा सवारी साधन रोकेर खानाखाने वा यात्रुलाई खाना खुवाउने चालकको सवारी चालक अनुमती पत्र खारेज गर्नु पर्नै । दुर्घटना पश्चात चालकलाई बिभिन्न मजदुर संघ संगठन र संस्थाहरुले दिने हिरासत भत्तामा पुर्ण प्रतिबन्ध लगाउनु पर्ने । मापसे गरेर सवारी चलाउनु परिस्थीती जन्य अवस्था नभएको हुदा मापसे गरेर सवारी हाक्ने चालकलाई हिरासतमा लिने ब्यवस्था गरिनु पर्ने । सुझाव पेश गरीएको जनाईएको छ ।
त्यसैगरी यात्रुवाहक सवारी साधनको ढुवानीका लागि छतमा क्यारीयर राख्ने कार्यमा पुर्ण प्रतिबन्ध लगाउनु पर्ने । कानुनको कार्यन्वयनमा रहेका निकायहरुले गर्ने कमजोरी र लार्पवाहीलाई निरुत्साहित गर्न कार्यान्वयनमा लार्पवाही गर्ने, मोलाहिजा गर्ने आर्थिक प्रलोभनमा फस्ने कर्मचारीलाई सजायको ब्यवस्था गर्नुपर्ने । ट्याक्सी बाहेक अन्य साना सवारीले सार्वजनिक भाडाको सवारीको रुपमा यात्रु बोक्ने गरी ईजाजत दिन नहुने । चालकले हरेक बर्ष आफ्नो फुलबोडी चेकअप गर्ने गरी बिमामै ब्यवस्था गरी सवारी धनीले ब्यवस्था गर्ने र सोको रिर्पोट सचाअप लिएको यातायात ब्यवस्था कार्यालयमा बुझाउने तथा त्यसको अभिलेखका आधारमा सार्वजनीक सवारी चलाउने अनुमती दिनु पर्ने २१ बर्ष मुनिका युवालाई २०० सिसी माथीका मोटरसाईकल चलाउन प्रतिबन्ध लगाउनु पर्ने ।फुटपाथ र सडक सिमा मिच्नेलाई सडक अवरोध गरे बापतको कसुरमा सजायं गर्नुपर्ने लगायतका सुझावहरु रहेका छन ।
यसका साथै सुझावमा डाईभिङ स्कुलहरुको नियमिती अनुगमन, प्रत्येक टिकटमा यात्रुको बिमा ब्यवस्था गरी टिकटबाटै बिमाको रकम र कर असुल्ने ब्यवस्था गरी टिकट नभएका यात्रुको बिमा रकम दिन नहुने , दुर्घटना हुदाका बखत ठुलो र सानो सवारी साधन भन्ने प्रचलन भएको र ठुलोले जहिले पनि क्षतीपुर्ति वा सजाय ब्यहोर्नु पर्ने गलत अभ्यास भएकोले गल्तिका आधारमा सजाय वा क्षतिपुर्ति भर्ने भराउने व्यवस्था गरिनु पर्ने लगायतका सुझावहरु पेश गरिएको अभियानले जनाएको छ ।