भगवती पाण्डे
बुटवल, फागुन २९
नेपाल टे«ड युनियन महासंघ जिफन्टका केन्द्रिय अध्यक्ष विष्णु रिमालले मालिकलाई शिरमा राख्ने र मजदुरलाई पैतालाले कुल्चने निति आफुहरुलाई स्वीकार्य नहुने बताएका छन् ।
कुनैपनि व्यवसायमा व्यवसायीले पैसा लगानी गरेजस्तै श्रमिकहरुले पनि आफ्नो श्रम र जिन्दगी लगानी गर्ने उल्लेख गर्दै अध्यक्ष्ँ रिमालले सरकारले मजदुर र मालिक दुवैले स्वीकार गर्ने खालको निति ल्याउन आवश्यक रहेको बताए ।
नेपाल यातायात स्वतन्त्र मजदुर संगठन अन्तर्गत बस, मिनीबस तथा बुकिङ क्षेत्रको राष्ट्रिय निती सम्मेलनको सनिवार बुटवलमा उद्घाटन गर्दै अध्यक्ष रिमालले अहिलेसम्मका सरकारले व्यवसायीलाई प्रमुखतामा राखेर व्यवसायीक निति बनाएको भन्दै अहिलेका कुनैपनि नितिले मजदुर वर्गको हित नगर्ने दावी गरे ।
“श्रमिकको हक अधिकार संगै व्यवसायीको लगानी डुब्न नदिने दायित्व पनि मजदुर वर्गको हो यसैले अब बनाईने कुनैपनि निति निर्माणमा व्यवसायीसंगै मजदुरवर्गको पनि प्रतिनिधित्व हुनु आवश्यक छ ।” उनले भने ।
एमालेका पोलिटव्यूरो सदस्य समेत रहेका अध्यक्ष्ँ रिमालले व्यवसायीले संघसंस्थाको नाममा अकुत सम्पत्ती कमाउंदा यातायात क्ष्ँेत्रमा कामगर्ने मजदुरहरु भत्ताको भरमा काम गर्न बाध्य रहेको भन्दै अब बनाईने नितिमा प्रतिष्प्रधाको आधारमा व्यवसाय संचालन गर्न पाउने अधिकारको ज्ञारेण्टी गरिनुपर्ने बताए ।
जिफन्ट सधैभरी चक्र प्रणाली नभई प्रतिष्प्रधाको आधारमा व्यवसाय संचाल गर्ने र मास ट्रान्सपोर्टेसनको पक्षमा रहेको भन्दै प्रतिष्प्रधाले मजदुरहरुलाई बलियो बनाउने बताए ।
प्रधानमन्त्रीका राजनितिक सल्लाहकार समेत रहेका अध्यक्ष्ँ रिमालले एक फरक प्रसङगमा आगामी साता हुने प्रधानमन्त्री केपी ओलीको चिन भ्रमण ऐतिहासिक र उपलब्धिपूर्ण हुने दावी गरे ।
प्रधानमन्त्रीको हालै सम्पन्न भारत भ्रमण यसअघिका सरकार प्रमुखहरुको भन्दा महत्वपूर्ण र उपलब्धी रहेको दावी गर्दै भारत जस्तै चिन भ्रमणबाट पनि नेपाल र नेपाली जनताले शिर ठाडो पार्ने खालका निर्णयहरु हुने विश्वास व्यक्त गरे ।
सम्मेलनमा नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका केन्द्रिय अध्यक्ष्ँ राजिव घिमिरेले सरकारले २०५८ सालमा यातायात क्षेत्रको निति बनाउनको लागि कार्यदल बनाएपनि त्यो प्रयाप्त हुन नसकेको र बनेका केहि नितिपनि कार्यान्वयन हुन नसकेको भन्दै बुटवलमा हुने निति सम्मेलनले सरकारलाई दवाव पुग्ने खालका निति बनाउने दावी गरे ।
उनले भने “यातायात क्षेत्र सधै अस्तव्यस्त र अमर्यादित हुंदा मजदुर र यात्रुहरुको सुरक्ष्ाँ समेत खतरामा रहेको छ यातायात क्षेत्रलाई सुरक्ष्ँित बनाउन पनि यातायात निति आवश्यक छ ।”
घिमिरेले राज्यले खुल्ला प्रतिष्प्रधाको आधारमा यातायात संचालन गर्न भनेपनि व्यवसायीहरुले चक्र प्रणालीमा यातायात संचालन गरिरहंदा यात्रु र मजदुरहरु समेत मर्कामा परेको बताए ।
संगठनका केन्द्रिय महासचिव भिम ज्वाला राईले सरकारले बनाएको सार्वजनिक सवारी चालक निर्देशिका मजदुरहरुको विपक्ष्ँमा रहेकोले आफुहरुले त्यो निर्देशिका स्वीकार गर्न नसक्ने बताए ।
“अहिले ६ लाख मजदुरहरु यातायात क्षेत्रमा कार्यरत रहेका छन् ति मध्ये ९५ प्रतिशत मजदुर १० कक्षासम्म अध्ययन नगरेको अवस्थामा यो निर्देशिका लागु भए सबै मजदुरहरु अहिलेको पेशाबाट बिस्थापित हुने अवस्था हुन्छ ।” उनको भनाई थियो ।
राईले दुर्घटना गरेको कारण २२ जना चालकहरु अहिलेपनि विभिन्न कारागारमा रहेको उल्लेख गर्दै सडक तथा सवारी साधनको अवस्था बुझ्दा बुझ्दै दुर्घटनाको सबै दोष चालकलाई थोपरेर राज्य उम्किन नपाउने बताए ।
कार्यक्रममा एमालेका केन्द्रिय सदस्य लिला गिरी, पश्चिम नेपाल बस व्यवसायी संघका अध्यक्ष दधिराम खरेलले अहिलेको सरकारले पनि श्रमिकको पक्षमा कामगर्न नसके कुनैपनि सरकारले श्रमिकका पक्षमा काम गर्छ भनेर आशा गर्नु व्यर्थ रहने बताए ।
आईतवार सम्म चल्ने सम्मेलनमा संगठनका महासचिव राईले श्रमिकको समृद्धि र यातायात नितिका लागि हाम्रो कार्यभार, यातायात व्यवसायी महासंघका बस तर्फका वर्गिय संयोजक जिवन कुमार बन्जाडेले यातायात क्षेत्रका समस्या र समाधानका उपाय र जिफन्टका महासचिव विदुर कार्कील नेपालको यातायात क्षेत्रमा श्रम र कानुन विषयमा कार्यपत्र प्रस्तुत गर्ने छन् ।
देशभरबाट २ सय ७८ जना प्रतिनिधी सहभागि भएको सम्मेलनमा उपयुक्त यातायात निति बनाउन सरकारलाई दवाव दिने, यातायात क्षेत्रलाई मर्यादित र व्यवस्थीत बनाउने संगै मजदुरहरुका हक अधिकारलाई सुनिश्चित गर्न गर्नुपर्ने कामहरुको बारेमा समेत छलफल गरिने बताईएको छ ।