जिवन अधिकारी, उपाध्यक्ष नेपाल अटोमेकानिक्स टे«ड युनियन
जिवन अधिकारी अटो मेकानिक्स क्षेत्रको चिरपरिचित नाम हो बुटवलका युवा व्यवसायीका रुपमा चिनिने जिवन अधिकारीको सामाजिक क्षेत्रमा समेत अलग पहिचान छ । बिभिन्न सामाजिक संघ संस्थाहरुमा नेतृत्व सम्हाली सकेका अधिकारी नेपाल अटो मेकानिक्स टे«ड युनियनका केन्द्रिय उपाध्यक्ष हुन । प्रस्तुत छ जिवन अधिकारी संग अटो मेकानिक्सका समस्या र संगठनको भुमिका लगायतका बिषयमा गरीएको कुराकानी ।
नेपाल अटो मेकानिक्स ट्रेड युनियन कहिले स्थापना भएको कस्तो संस्था हो ?
नेपाल अटो मेकानिक्स ट्रेड युनियन २०५४ साल श्रावण ४ गते स्थापना भएको हो । यो युनियन अटो मेकानिकल क्षेत्र संग सम्वन्धित प्रतिष्ठान तथा स्वरोजगार क्षेत्रमा कार्यरत अटोमेकानिक्स मजदुर तथा कर्मचारीहरुलाई संगठित गर्दै उनिहरुको पेशागत हकहित र अधिकारको रक्षा गर्ने तथा उनिहरुलाई सामाजिक दायित्व समेत बोध गराउने एवं जिम्मेवार नागरिकको रुमा भुमिका निर्वाह गर्दै सामाजिक परिवर्तन र समतामुलक समाजको निर्माणको आन्दोलनमा सहभागी गराई समृद्ध राष्ट्रको निर्माणमा सहभागी गराउने उदेश्यले स्थापना भएको हो । यसमा देश भरीका हज्जार अटोमेकानिक्स मजदुरहरु आवद्ध हुनु हुन्छ ।
अधिकांस संघ संगठनहरु राजनिती गर्ने र माथी चढने माध्यम अर्थात भ¥्यांङको रुपमा प्रयोग भएका छन । कतै यो पनि ?
यो युनियनले कुनै राजनितीक गतिबिधी गर्दैन । कुनै पनि राजनितीक दलको भातृ संगठनको रुपमा समेत यसले काम गर्दैन । यो एउटा अटो मेकानिकल क्षेत्रमा काम गर्ने स्वरोजगार मजदुरहरुको साझा चौतारी हो । तर श्रमिक र मजदुरका पक्षमा वकालत गर्ने राजनितीक दल संग यसको सामिप्यता रहन्छ, नैतिक समर्थन गर्दछ ।
यो संस्थाले सामाजिक क्षेत्रमा गरेको योगदान के हो ?
यस युनियनको प्रस्तावनामा नै युनियनको सामाजिक उत्तरदायित्व मा आफ्नो भुमिका रहन्छ भन्ने उल्लेख गरीएको छ । यो उल्लेख गर्नु नै हामी अटो मेकानिक्सहरु समाजका सकारात्मक कार्यहरुका सहयोगी रहने छौं भन्ने हो भने गलत र असमाजिक गतिबिधीको बिरोध गर्दछौं भन्ने पनि हो । हामीले आफ्नो स्थापनका कालदेखिनै बिभिन्न सामाजिक र रचनात्मक कार्यहरु गर्दै आईरहेका छौं । गत बैसाख १२ गते गएको बिनासकारी भुकम्पका समयमा उद्दार कार्यमा खटिने देखि राहत सामग्री जुटाउने तथा सदस्यहरुका बिचमा आर्थिक संकलन गरेर बितरण गर्ने समेत गरेर आफ्नो भुमिकालाई प्रभावकारी ढंगले पेश गर्यौं ।
अटो मेकानिक्सहरु सडक सुरक्षाका महत्वपुर्ण माध्यम हुन भनिन्छ नि तर त्यस तर्फ युनियन संबेदनशिल देखिएन किन ?
अटो मेकानिक्सहरु सडक दुर्घटना न्युनिकरणको क्षेत्रमा महत्वपुर्ण भुमिका राख्छन । किनकी सवै खाले सवारी साधन मर्मत सम्भार गर्दा अत्यन्त लगनशिलता र इमान्दार भएर कार्य गर्छन । बढदो सवारी चाप भएको अवस्थामा दुर्घटना न्युनिकरणका लागी हामी ट्राफिक प्रहरी,सवारी चालक र यात्रुहरु संग समेत समन्वय गरी बिभिन्न कार्यक्रमहरु सञ्चालन गर्दे आएका छौं ।
नेपालमा सडक दुर्घटनाको महत्वपुर्ण कारणहरु मध्ये नक्कली अर्थात कमसल पाटपुर्जा प्रयोग हुनु हो भनिन्छ यसलाई मेकानिक्सहरु बाट रोक्न सकिदैन ?
हाम्रो एउटा पनि सकारात्मक भुमिकाले चालक वा यात्रुको ज्यान जोगिन्छ भन्ने बुझेका छौ । हामी कतिपय सवारी साधनका पाट पुर्जाहरु नक्कली पर्न सक्ने र त्यस्ता पाटपुर्जा प्रयोग गर्न हुदैन भन्ने समेत सवारी धनीहरुलाई बुझाउने गर्छौ यसको उदेश्य प्राबिधीक कारणले कसैको ज्यान जान नपाओस भन्ने नै हो । तर हाम्रो देशको समग्र आर्थिक अवस्थाका कारण पनि यस्तो समस्या भएको छ । कतिपय सवारीधनीहरु सस्तो पाटपुर्जा खोज्दै बजार चाहार्नु हुन्छ । जसका कारण कमसल र नक्कली पाटपुर्जाले ठाउ पाई रहेका छन ।
नेपालको प्राबिधीक जनशक्ति कामचलाउ मात्र छ भनिन्छ ,यीनिहरुको दक्षता बृद्धीको लागी तपाईहरुका योजना के छन ?
नेपालका अटो मेकानिक्सहरु अधिकासं देखेर कामको अनुभवका आधारमा व्यवसाय सञ्चालन गर्ने वा रोजगारी गर्ने गरेका छन । कुनै पनि त्यस खाले प्रबिधीक शिक्षालय नहुदा यस्तो समस्या श्रृजना भएको हो पछिल्लो समय केही यस्ता शिक्षालयहरु सञ्चालनमा आएका छन तर तिनमा निम्न बर्गको पहुंच पुग्न सकेको छैन । यसमा प्रवेश गर्ने मजदुरहरु निम्न बर्गीय परिवारका छन । उनीहरु त्यो अध्यायन गर्ने अवसरबाट बञ्चित छन । कसैलाई गुरु मानेर गरीएको यसको शिकाईबाट चलेको यो पेशा पछिल्लो समय भएको प्रबिधीको बिकास र आधुनिकीकरणले समस्यामा पर्न सक्ने खतरा छ । बर्षौ देखि पेशा व्यवसाय गरी रहेकाहरु न्या प्रबिधी भित्रिना साथ अन्यौलमा पर्ने र तालीमको खोजिमा निस्कनु पर्ने हुन्छ । कम्पनीले समय समयमा बजारमा ल्याउने नया मोडल र मापदण्डका सवारी साधनका कारण यो क्षेत्रका मेकानिक्सहरु सधै सिकारु जस्तै हुनु पर्ने बाध्यता छ । यो समस्या समाधान गर्न हामीले समय समयमा सवारी साधनका उत्पादकहरु संग समन्वय र सहकार्य गरी तालिम समेत दिदै आएको छौं ।
अटो मेकानिक्स मजदुरहरुका मुख्य समस्या के के हुन ?
हामीले देख्ने र भोग्ने गरेको समस्या हो हाम्रो समाजले अटो मेकानिक्सलाई हेर्ने दृष्टीकोण । हामी जहिले् पनि समाजको हेर्ने दृष्टीकोण बाट हेपीएका छौं ।कामको प्रकृती अत्यन्तै जटिल र जोखिमपुर्ण पनी छ ।तर हामीले मर्मत वा तयार गरेका सवारी साधनबाट समाजका साना ठुला सवै कैयौ किलोमिटरका दुरी पार गर्छन । उनिहरुको यात्रालाई सहज र आरामदायि भनाउन भरपर्दो बनाउन महत्वपुर्ण भुमिका हाम्रा मेकानिक्स हरुको रहन्छ तर योद जान्दा जान्दै पनी अटो मेकानिक्सलाइै हेर्ने हाम्रो समाजिक चेत र दृष्टिकोण सकारात्मक हुन नसक्नु दुखदायी छ । होच्याएर बोलाउने अश्लिल शव्द प्रयोग गरेर गाली गर्ने जस्ता व्यवहारलदे अटो मेकानिक्सहरुलाई दुखित बनाएको छ । मानिसले आफ्नो भन्दा स्याहार सवारी साधनको गर्छ तर त्यसको मर्मत सम्मार गर्ने मेकानिक्सलाई सम्मान गर्न सक्दैन ।
यहा हरुको कुनै योजना त्यस्तो छ जसका कारण अटो मेकानिक्सले राहत महशुस गरोस ?
हामीले अटो मेकानिक्सहरुको राहतको लागी एउटा कोष स्थापना गरेका छौ कुनै समस्या आउदा त्यही कोष बाट सहयोग गर्ने गर्दै आएका छौं । यो कोषलाई प्रभावकारी बनाउने कार्यमा हामी जुटि रहेका छौं ।