बुटवल कार्तिक २९
सडक दुर्घटनाबाट मृत्यु भएकाहरुको आत्माको चिरशान्तिको कामना गर्दै बुटवलको पुष्पलाल पार्कमा दिप प्रज्जवलन गरिएको छ ।
सुरक्ष्ँित यात्रा अभियानको आयोजना र पश्चिम नेपाल बस व्यवसायी संघ,नेपाल अटोमोवाईलस एशोसिएसन नासाको सहकार्य तथा लुम्बिनी भ्यान तथा ट्याक्सी व्यवसायी संघको सहयोगमा आयोजित दिप प्रज्वलित कार्यक्रममा समाजसेवी, यातायात व्यवसायी, अधिकारकर्मी तथा संचारकर्मी लगायतको उल्लेख्य सहभागिता रहेको थियो ।
विश्व सडक दुर्घटनाबाट प्रभावितहरुको दिवसको अवसर पारेर गरिएको दिप प्रज्वलन कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष्ँ शेर बहादुर केशीले दुर्घटनाबाट भोग्नुपरेको पिडालाई कम गर्नका लागि सरकार र सरोकारवालाहरु जिम्मेवार बन्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा पश्चिम नेपाल बस व्यवसायी संघका अध्यक्ष्ँ दधिराम खरेलले पश्चिम नेपाल बस व्यवसायी संघ व्यवसाय संचालन संगै यात्रु वर्गको सुरक्ष्ाँको लागि गम्भिर र सम्वेदनशिल रहेको उल्लेख गर्दै दुर्घटना न्यूनिकरणका लागि अभियान नै संचालन गरिएको बताउनुभयो ।
सुरक्षित यात्रा अभियानका अध्यक्ष्ँ नारायण प्रसाद अधिकारीको अध्यक्ष्ँतामा सम्पन्न भएको कार्यक्रमको संचालन सचिव दिनेश पाण्डेले गर्नुभएको थियो ।
सन १९९३ देखि नोभेम्वर १५ का दिन संयुक्त राष्टसंघको आव्हानमा दुर्घटनावाट प्रभाबितहरुको दिवस बिश्वव्यापी रुपमा मनाउन थालिएको हो भने नेपालले सन २००५ देखि मनाउन थालेको हो ।यस बर्षको नारा it’s time to remember say no to road crime भन्ने रहेको छ
बिगत १५ बर्ष देखि सडक दुर्घटना न्युनिकरणको क्षेत्रमा क्रियासिल संस्था सुरक्षित यात्रा अभियान नेपालले नेपालमा दुर्घटनाको बृद्धीदर कम गर्न निरन्तर रुपमा जनचेतनामूलक कार्य सञ्चालन गर्दै आएको छ ।