दिनेश पाण्डे
बिश्वभर अहिले सडक सुरक्षा सप्ताह चलिरहेको छ । हरेक बर्ष मे ४ देखि १० तारिख सम्मलाई बिश्व सडक सुरक्षा सप्ताह मनाउने गरी तय भएको यो सप्ताहको यो बर्ष तेश्रो बर्ष हो, अर्थात यो बर्ष तेश्रो सडक सुरक्षा सप्ताह मनाइएको छ ।
देशब्यापी बिशेष अभियान सञ्चालन गरेर सडक सुरक्षा सप्ताह मनाउने तयारी भैरहेकै समयमा बिनासकारी महा भुकम्पकका कारण यस बर्ष सडक सुरक्षा सप्ताह मनाउने कार्य त्यती प्रभावकारी हुन सकेन । चाहे जसरी नेपालले सडक सुरक्षा सप्ताह मनाउन पाएन ।
जुन बेला नेपाल लाई बिनासकारी भुकम्पले हल्लाउदै थियो त्यो बेला नेपालका सडक सुरक्षामा चासो राख्ने गैर सरकारी संस्थाका प्रतिनिधीहरु, अन्तरराष्ट्रिय गैर सरकारी संस्थाका प्रतिनिधीहरु र एफआईए अध्यक्ष जोन टड तथा एफआईए गलोवल रोडसेफ्टी एम्वासेडर (सडक सुरक्ष्ाँदुत) बिश्व बिख्यात नायिका मिचेल यो काठमाण्डौमा आयोजित एफ आ शिया प्यासिफक क्षेत्रीय सम्मेलनमा बिश्वमा सडक दुर्घटनाले ल्याएको भयावह अवस्था बारे छलफल गर्दै थिए ।
नेपाल संगै न्युजिल्याण्ड,भारत,बंगलादेश,चीन,कोरीया,जापान लगायतका १८ देशका मोटर स्पोष्र्ट्स, अटोमोवाईल एण्ड मोबिलिटी,ड≥«ाईभ टुरिजम्म तथा सडक सुरक्षाको क्षेत्रमा काम गर्ने सघ संस्थाका प्रतिनिधीहरुले बढदो दुर्घटनाबाट बालबालिकालाई कसरी जोगाउन सकिन्छ भनेर छलफल भैरहेकै बेला आएको बिनासकारी भुकम्पको धक्का र यसको पुर्याएको क्षतिले नेपालमा मनाउन लागीएको तेश्रो सडक सुरक्षा सप्ताह यसरी प्रभाबित बन्नु स्वभाबिक छ ।
नेपालमा सडक दुर्घटनाका कारण हुने मृत्युको तथ्यांक कहाली लाग्दो छ भनेर हामी छलफल चलाई रहदा नेपालमा ५ बर्षमा सडक दुर्घटनाबाट हुने मृत्यु बरावरको पिडा र संख्या एकै दिनमा सहनु परयो । यो बिनासकारी भुकम्पले सडक दुर्घटनाका कारण १५ बर्ष सम्म पर्न जाने बालबालिकाको असर एकै दिनमा पर्यो । यो क्षतिलाई हामी कल्पना पनि गर्न सक्दैर्नौ यसले बाल मस्तिष्कमा पार्ने असरवारे कसैले अनुमान लगाउन सकेको छैन ।
यसबर्ष सडक सुरक्षा सप्ताहको अभियान संयुक्त राष्ट्रसंघको आव्हानमा “वालबालिकाको जिवन बचाऔं” भन्ने मुल नारा तयगरीएको छ भने नेपालले “सडक दुर्घटनाबाट बालबालिका बचाउन बालवालिकाहरु” भन्ने नारा तय गरेको थियो ।त्यसै अभियान अन्तरगत बुटवलमा पनि बैसाख २९ अर्थात १२ मे का दिन सुरक्षित यात्रा अभियान नेपालले बिद्यालय स्तरीय बक्तृत्वकला प्रतियोगीता आयोजनाको तयारी गरेको छ ।
हरेक बर्ष बिश्वले १३ लाख मानिस सडक दुर्घटनाका कारण गुमाएको छ । यो मृत्यमा करिव १४ प्रतिसत अर्थात झण्डै २ लाख मृत्यु बालबालिकाको संख्या छ भने सडक दुर्घटना बाट ६० प्रतिसत भन्दा बढी बालवालिका प्रभाबित हुने गरेका छन । हरेक दिन बिश्वमा सडक दुर्घटना बाट अवोध ५ सय बढी बालबालिको मृत्यु भएको छ ।
जसको सवारी साधन संग कुनै साईनो नै छैन तिनीहरुले नै सवै भन्दा बढी सवारी दुर्घटनाका कारण ज्यान गुमाउनु पर्दाको पिडको अवस्थालाई हामी जिम्मेवारहरुले बोध गर्नुपर्छ भनेर यसबर्ष सडक दुर्घटना न्युनिकरणमा बालवालिका लक्ष्य बनेको हुनुपर्छ । केही समय अघि समम ट्राफिक प्रहरीले ट्राफिक सप्ताहका रुपमा मनाउदै आएको यो कार्यक्रम अहिले सडक सुरक्षा सप्ताह निजी र सार्वजनीक क्षेत्रले समेत आफ्नो महत्वपुर्ण सहभागीताका साथ मनाउन थालेको छ ।
संयुक्त राष्ट्रसंघले आफ्ना सदस्य राष्ट्रहरुलाई आ—आफ्नो मुलुकमा दुर्घटना न्युनिकरणको प्रभावकारी कार्यक्रम थाल्न र बढदो दुर्घटना न्युनिकरणमा सरोकारवालाहरुलाई सहभागी गराउन आग्रह गरेको छ । सन २०२० सम्म दुर्घटना आधा कमगर्ने लक्ष्यका साथ थालिएको यो अभियानले बिश्वब्यापी रुपलिने तयारीमा रहेको छ । संयुक्त राष्ट्रसंघको सदस्य राष्ट्र नेपाल आफ्नो सिमीत बजेटका बावजुतपनि सडक दुर्घटना न्युनिकरणको अभियानमा लाग्न थालेको उत्साहपुर्ण अवस्था देखेर अन्तराष्टिय समुदाय निकै उत्साहित छ ।
संयुक्त राष्ट्रसंघले सडकलाई सुरक्षित बनाउन सवै राष्टहरुलाई सडक सुरक्षाको यथोचित ब्यवस्थापन, सुरक्षित सडक,सुरक्षित सडक प्रयोगकर्ता,सुरक्षित सवारी साधन र दुर्घटना पछिको उद्धार जस्ता महत्वपुर्ण ५ बुदे आधार स्तम्भ तयार गरेर सोही अनुसार दुर्घटना न्युनिकरणको अभियानमा लाग्न र आम नागरीकको ज्यान बचाउने कार्यमा लाग्न अपिल गरेको थियो ।
नेपालको सरोकारवाला मन्त्रालय यातायात मन्त्रालय यी ५ वटा पिल्लरहरुलाई नेपालको सन्दर्भमा लागु गरेर लैजाने तयारीमा रहेका छन । जसले नेपालमा आकाशिएको अकाल मृत्यु कम हुने छ भन्ने बिश्वास मन्त्रालयको रहेको छ । पछिल्लो समय नेपाल सरकारका मुख्य सचिव लिलामणी पौडेल र यातायात सचिव तुलसी प्रसाद सिटौला बढि गम्भीर र सम्वेदनशिल देखिएका छन ।
हरेक मृत्युमा बालवालिका प्रभाबित छन । अभिभावकको मृत्यमा होस या आफै दुर्घटनाबाट ज्यान गुमाउनु परेको अवस्था होस हरेक मृत्यमा बालवालीकामा पर्ने प्रभावले सधै थिच्चिई रहेका छन । यो भयावह अवस्थाको अन्त्यका लागी तिनै बालवालिकाको प्रयोग उनिहरुको जिवन जोगाउने माध्यम बन्न सक्छ ।
यस क्षेत्रमा लामो समय देखि सडक दुर्घटना न्युनिकरणमा क्रियाशिल संस्था हो सुरक्षित यात्रा अभियान नेपाल जुन यस क्षेत्रका यात्रुहरुको सुरक्षा र यससंग प्रभाव पार्ने निकायहरुलाई जिम्मेवार बनाउने अभियानमा निरन्तर क्रियाशिल छ । संस्थाले यस बर्षको तेश्रो बिश्व सडक सुरक्षा सप्ताहलाई प्रभावकारी ढंगले मनाउने तयारी गरी रहेको भए पनि बिनासकारी भुकम्पले त्यो सफल हुन पाएन । तर पनि आफ्नो अभियानलाई बालबालिका संग जोडेर एक दिन भएपनि मनाउन प्याव्सन रुपन्देही संगको सहकार्यमा दुर्घटना न्युनिकरणमा बाल बालिकाको भुमिका बिषयक बक्तृत्वकला प्रतियोगीता आयोजना गरेको छ ।
हामी मोटरसाईकलको अगाडि पेट्रोल टंकीमा आफ्ना बालवालिका राखेर सयर गर्छौ तर साना भनिएका ति नानीहरु सवै भन्दा बढी दुर्घटनको जोखिममा हुन्छन । हामी आफ्नो परिवारमा सवै भन्दा बढी माया तिनै नानीहरुलाई गर्छौ सायद । तर तिनै सवै भन्दा माया गछौ. भनिएका प्यारा नानीहरुलाई मृत्युको मखमा पुर्याउने गरी जोखिमपुर्ण यात्रा गराउने काममा भने सचेत हुन सकेका छैनौं ।
हामी यति सम्म जोखिम पुर्ण काम गर्छौं की आफुले सवारी चलाउदा आफ्ना नानिहरुलाई काखमा समेत राखेर सवारी हाक्ने जस्तो जोखिमपुर्ण काम गर्न समेत पछि पर्दैनौ. तर कुनै पनि सवारी साधनको अगाडिको सिटमा साना नानीहरुलाई राख्नु नै सवै भन्दा जोखिमुर्ण हुने एक अध्यायनले देखाएको छ । तसर्थ तयस वारे हामी सवै अभिभावकले सोच्नु जरुरी छ । जसका कारण सडक दुर्घटना बाट बढदो बाल बालिकाको मृत्यु लाई कमगर्न सकियोस ।
मेचिकाली दैनिक २०७२ बैसाख २६
लेखक , सुरक्षित यात्रा अभियान नेपालका सचिव हुन