बुटवल भदौ १६
कुनै बेला थियो सडक भए पनि साना गाडी बिवाहमा दुलाह लैजानु पर्दा जन्ती संगै बसमा जाने गरिन्थ्यो र बेहुली लिएर फकिन्थे,। धनीमानीहरु आफ्ना निजी गाडीमा लैजान्थे र बेहुली लिएर फकिन्थे । आफ्ना गाडी नभएकाहरु काठमाण्डौ र पोखराबाट समेत मगाउथे
तर पछिल्लो समय समान्य परिवार पनि साना कारहरु सजाएर बेहुलालाई लिएर जान्छन र बेहुली लिएर फकिन्छन । यसको मतलव अव साना सवारी साधनहरुमा सवैको पहुंच पुग्न थालेको छ । जसको सहयोगी बनेका छन सार्वजनिक भाडाका ट्याक्सी तथा भ्यानहरु ।
कुनै समय थियो सभ्रँन्त परिवारको पहुंचमा मात्र साना सवारी साधन थियो तर अहिले सभ्रानत परिवार सरर निजी कारमा सवार गर्दा मध्यम र निम्न आय भएका परिवारलाई यि ट्याक्सीहरु निकै काम लाग्न थालेकाछन, उनिहरुको पनि पहुंच पुग्न थालेको छ । यसले जसले कार किनेर राख्न सक्दैन उसलाई कहिले काही सार्वजनीक बसमा पुग्न बसको पालो पर्खिनु पर्ने र कहिले काहि समयमा नपुगेर कामै बिग्रीने अवस्थाको समेत अन्त्य गरेको छ यि साना ट्याक्सीको ब्यवसायले ।
पाल्पा भैरव ट्याक्सी सेवाको रुपमा गोपालबहादुर पोखरेलहरुले ५ वटा ट्याक्सी ल्याएर संस्थागत ढंगले सूरु गरेको यो व्यवसाय अहिले ब्यक्तिगत रुपमा खरिद गर्ने निम्न आय भएका सैयौं युवाहरुको स्वरोजगारको माध्यम समेत बनेको छ ।
बुटवलमा फाट्ट फुट्ट ट्याक्सी चल्न थालेको करिव १२ बर्ष पछि राजु पौडेल,राजु केसी होमनाथ उपाध्याय, चेतन गुरुङ स्वर्गीय भगवती प्रसाद भण्डारी लगायतको परिकल्पनामा २०६३ सालमा लुम्विनी ट्याक्सी तथा भ्यान ब्यवसायी संघ दर्ता भएको हो । सिमित सानो संख्याका ब्यवसायी हुदा पनि संस्थागत सोचको बिकास गर्न सकियो भने सेवालाई ब्यवसायीक हितमा मात्र होईन सुलभ र प्रभावकारी सेवा प्रदान गर्न सकिन्छ भनेर स्थापना गरीएको यो संस्था बेला बेला आन्तरीक बिवादमा फसेका कारण सोच जसरी अगाडी बढन भने सकेन ।
देशको राजनिती संक्रमणकालमा अलमलमा परेको बेला र ब्यवसायीहरु समेत राजनितीक रुपले याता र उता गरी रहेको बेला १६।१७ जना ब्यवसायीहरुबाट सुरु भएको यो संस्थामा अहिले ४ सय बढी सदस्य रहेका छन । उ बेलाको स्मरण गर्दै संस्थापक सदस्य चेतन गुरुङ भन्छन कस्तो अप्ठेरोबला स्थापना गरीयो अहिले साथीहरु कसैले कौवाले कान लग्यो भन्यो भने आफ्नो कान नछामी कौवाका पछाडी लागेर समस्या भएको छ । संस्थाको यो हालत देख्दा चिन्ता लाग्छ थोरै हुदा कस्तो राम्रो थियो धेरै हुदा झन बलियो होला भनेकोत सम्हाल्नै, बुझाउनै गाहे भयो ।
ब्यक्तिमा हुने पदलोलुपता र निजी स्वार्थमा लाग्ने प्रबृतीले यो संस्थालाई पनि निकै गाजेको छ । जसका कारण अधिकांश कार्यसमितीले आफ्नो कार्यकाल पुरा अवधी काम गर्न पाएनन । यो दश बर्षको अवधीमा संस्थापक अध्यक्ष राजु पौडेल,कमल भटराई,सहदेव बिक्रम शाह, चिन्तामणी पौडेल,राजु गुरुङ,केशव पराजुली, अध्यक्ष भैसकेका छन तर शहदेव बिक्रम शाहले २ कार्यकाल (४बर्षं) र कार्यबाहक अध्यक्षको रुपमा राजु गुरुङले २ बर्ष अवधी पुरा गरेका छन भने बांकी ४ बर्षको अबधीमा ५ जनाले अध्यक्ष मात्र भएका छन तर कार्यकाल पुरागर्न अधिवेशन हुनासाथ खुट्टा तान्ने प्रबृती मात्र कायम रह्यो ।
अहिले पछिल्लो जेठ महिना देखि संस्थाको नेतृत्व नेपाय यातायात ब्यवसायी राष्टिय महासंघको केन्द्रिय सदस्य समेत रहेका बिष्णु काफ्लेले सम्हाली रहेका छन । एकातर्फ मैले काम गर्न पाईन भने यिनिहरुलाई काम गर्न किन दिने भन्ने मानसिकता र संस्थाको नेतृत्वमा पुगेपछि सवथोक आफ्नै हुन्छ भन्ने गलत सोचाईका कारण यस्तो भएको ब्यवसायीह्रुको तर्क छ ।
अव त्यस्तो नहोला अध्यक्ष बिष्णु काफ्ले भन्छन ब्यवसायीहरु कौवाका पछाडी दौडिन्नन । संस्थाको समस्या पहिचान गरेका छन । हिजो बिभाजीत हुदा निजी प्रयोजनका सवारी साधनले ब्यवसाय चलाएर फाईदा लिए ब्यवसायी मर्कामा परे । आज हामी एकजुट छौं निजी प्रयोजनका लागि सवारी साधन खरीद गरेर ब्यवसाय गरी रहेकाहरुको बिचल्ली हुन लागेको छ ठाउ ठाउमा चेकिङ गरेर नियमबिपरीत ब्यवसाय गर्नेहरुलाई कार्वाही गरी रहेका छौं ।
संस्थाले अहिले ब्यवसायीक र संस्थागत सुधारमा लागेको जनाएको छ । संघमा आबद्ध ब्यवसायीहरुको हित र प्रर्वद्धन संगै यात्रुलाई सहज सुलभ र छरितो सेवा दिने गरी अध्यायनमा लागेको संघले जनाएको छ ।
“अव आफ्नो कार भएन भनेर चिन्तीत हुनु पर्दैन हामी जुन सुकै बेला पनि सहरी क्षेत्रमा फोन गरेको ५ मिनेट देखि १० मिनेट जतीमा माग गरेको स्थानमा ट्याक्सी सेवा दिने तयारी गरी रहेका छौं अव प्रत्येक चोक चोकमा हाम्रा गाडी खडा रहन्छन”, अध्यक्ष काफ्लेले भने
“ट्याक्सी आवश्यक पर्नेले फोन वा एस एमएस गरे मात्र पुग्छ कुन गाडी आउदैछ तत्काल हामी जानकारी दिन्छौ र किलोमिटरका आधारमा सेवा शुल्क लिने ब्यवस्था मिलाउछौं अव ट्याक्सी अनुसार भाडका लागी अलग अलग बार्गेनीङ गर्ने अवस्थाको अन्त्य हुने छ” उनले थपे ।
अध्यक्ष बिष्णु काफ्ले भन्छन हामीले यात्रुलाई सहज सेवा दिने अभ्यास सुरु गर्यौ तर यात्रुले बुझेनन । हामीले गोलपार्क, देवीनगर, मैनाबगर, आम्दा, रामनगर, योगीकुटी गरी यी क्षेत्र भित्र प्रतिब्यक्ति १ सय रुपैयामा सेवा दिएका थियौ तर कसैले सेवा लिएनन ।
जवाफ उनै संग छ अधिकांसलाई सार्वजनीक भाडको गाडी प्रयोग गर्दा सानो भईन्छकी भन्ने गलत मानसिकता छ । कतीपयले बुझेनन । बिवाह पार्टिमा कतै जांदा कालो प्लेटको गाडी लादा अरुले भाडाको गाडीमा आएको भन्छन भनेर कतिपयले साथी भाईसंग मागेर वा भाडामै भएपनि रातो प्लेटका गाडी लैजाने गलत सोचको बिकास भएको छ । अर्काको गाडी मागेर के लफुर्ती लाउनु ? ।
अहिले संस्थाले आफ्नै भवनको कल्पना गरेको छ र यो कल्पना साकार पार्न संस्थाका पदाधिकारी र कार्य समिती सदस्यहरु मात्र होईन साधारण सदस्यहरु समेत लागी परेका छन । अव कसले के गर्यो र कगर्न लाग्यो भन्ने भन्दा पनि ब्यवसायीको हित कसरी हुन्छ भन्ने कुरामा ध्यान दिने हो अध्यक्ष बिष्णु काफ्ले भन्छन ।
दुर्घटनामा परेका व्यवसायीहरुलाई गाडि मर्मतका लागि थोरै राहत उपलब्ध गराउर्दै आएको संस्थाले अव सदस्य ब्यवसायीलाई मर्का नपरोस भनेर सम्पुर्ण मर्मत खर्च ब्यहोर्ने गरी ब्यवसायी कल्याणकारी कोष निर्माण गर्ने तयारीमा छ भने बिमा ब्यवस्थाका लागि सवै सदस्यहरुका साधनको बिमा एकमुष्ट गर्ने र भलाईकोष समेत आफैले गर्नु पर्छ भन्नेमा ब्यवसायीहरु एकमत छन ।