काठमाडौँ – सडक सुरक्षा , ट्रान्सपोर्ट ,यातायात व्यबस्थापन तथा दिगो विकास एक अर्काका पर्याय हुन् । तसर्थ पनि हाल विस्वमा संयुक्त राष्ट्रसंघ , विभिन्न विकास नियोग तथा वित्तिय संस्थाहरु र अधिकांस राष्ट्रहरु समेत ति कार्यमा संलग्न छन् । नेपालमा पनि नासा , रेडक्रस ,पेशागत तथा कल्याणकारी संस्थाहरु , यातायात ,स्वास्थ ,गृह मन्त्रालय तथा तिनको निकायसंग सहकार्यमा छन् । त्यसैगरी UNDP , दातृ राष्ट्रहरु तथा विश्व बैंक लगायतका संघ संस्थाहरु समेत (SDG) दिगो विकास लक्ष्य सहितको अभियानमा छन् ।
जसबाट नेपालजस्ता देशहरुले निकै लाभ उठाउन सक्छन यदि सामुहिक र व्यबस्थित प्रयत्न गर्ने हो भने ।
तिनै बिषयमा आधारित रहेर नेपालमा क्रियाशील व्यबसाहिक तथा पेशागत संघसंस्थाहरु र विश्व बैंकको प्रतिनिधिहरुको बिचमा काठमाडौँमा छलफल भइरहेको समेत छ ।
यसै हप्ता विश्व बैंकको उच्चस्तरीय प्राविधिक टीम नेपालमा क्रियाशील रहेको छ। हाल विश्व बैंकबाट उच्च्तहको प्राविधिक टोलीले नेपालको सडक ,यातायात , रोड सेफ्टी तथा विकासे संस्थाहरु संग दुईपक्षिय , बहुपक्षिय मिटिङ्ग तथा अन्तरक्रिया गरिरहेको छ।
गत ५ गते मात्र नेपाल अटोमोबाइल्स एसोसिएसन (नासा) ,रोड सेफ्टी फोरम नेपाल, नासा फाउण्डेसनका पदाधिकारी तथा सो प्रतिनिधिमण्डल बीच विश्व बैंकको काठमाडौँ कार्यलयमा मिटिङ्ग सम्पन्न भएको हो।
मिटिङ्गमा विश्व बैंकको तर्फबाट टोनी ब्लिस (सिनियर फेलो अर्बन ट्रान्सपोर्ट), इरिक नोरा (दक्षिण एसियाली सिनियर ओप्रेसन अफिसर ), क्रीसनन् सृनिवासन् (ट्रान्सपोर्ट कन्सल्टेन्ट), अर्नब बध्योपाध्याय (लिड ट्रान्सपोर्ट सपेसिय्लिस्ट) हुनुहुन्थ्यो भने नासाका उपाध्यक्ष मेघराज पौड्याल , फाउण्डेसनका गोविन्द भट्टराई , रोड सेफ्टी फोरमका उपाध्य्क्ष तथा नासाका रोड सेफ्टी संयोजक आशीष गजुरेल तथा नासा परियोजना तथा वैदेशिक सम्बन्ध अधिकृत सुवास भट्टराई सहभागी थिए ।
नेपाल जस्तो भूपरिवेष्टित देशको लागि स्थल यातायातको ठुलो महत्व हुन्छ। त्यसमा पनि सडक संजाल , ढुवानी ,तिनको उचित व्यबस्थापन तथा उत्पादकत्व र तिनमा संलग्न श्रमिक अनि त्यसले सडक सुरक्षामा पार्ने प्रभाव वारेमा नीतिगत , प्राविधिक छलफलहरु सो टीमले गरिरहेको छ । यातायात व्यबस्थापन र त्यसले हाम्रो विकासमा पार्ने सकारात्मक प्रभाव बारेमा गहन छलफल भएको मिटिङ्गमा संलग्न नासाका उपाध्यक्ष् मेघराज पौड्यालले बताएका छन् ।