यातायात ब्यबसायीद्धारा यातायात मन्त्रालयको माग
भैरहवा, २५ चैत
यातायात क्षेत्रको समस्या समाधान र यसक्षेत्रलाई ब्यबस्थीत बनाउन छुट्टै यातायात मन्त्रालयको ब्यबस्था गर्न सम्वद्ध ब्यबसायीहरुले माग गरेका छन् ।
यातायात क्षेत्रले भोग्नु परेका दुर्घटना, भाडा, ओभरलोड, पार्कीङ्ग तथा बिमा समस्यालाई समाधन गर्न छुट्टै मन्त्रालय ब्यबस्थापन गरीनु पर्ने माग यातायात बयबसायीहरुको छ । लुम्विनी ट्रक यातायात ब्यबसायी सघं शिद्धार्थनगरको बिहीबार भैरहवामा सम्पन्न पाचौ साधारण सभा तथा तेस्रो अधीबेसनको उद्याटन कार्यक्रममा बोल्ने बक्ताहरुले हाल यातायात क्षेत्रमा देखीएका समस्या र ब्यबसायीले भोग्नु परेका समस्या समाधानकोलागी भन्दै यस्तो माग गरेका हुन् ।
कार्यक्रमको उद्यघाटन गर्दै बाणीज्य, श्रम तथा रोजगार मन्त्री दिपक बोहोराले यातायात ब्यबसायीले भोग्नु परेका समस्या प्रति आफु गभींर रहेको भन्दै समस्या समाधानकोलागी आफ्नो तर्फबाट पहल गर्ने बताए । उनले सवै दुर्घटनामा ठुला सवारी साधनको गल्ती नहुने भन्दै दुर्घटना न्युनीकरणकोलागी यातायात सम्वद्ध सघं संस्थाहरुले चालक तथा सहचालकलाई प्रशिक्षण दिईरहनु पर्ने बताए । दुर्घटना न्युनीकरण, भाडा ब्यबस्थापन, बिमा समस्या समाधान तथा ओभरलोडकोलागी ब्यबसायी, सरकार तथा सरोकारवाला सवै पक्षको सामुहीक प्रयास आवश्यकता रहेको भन्दै मन्त्री बोहोराले यातायात क्षेत्रमा रहेका कतीपय अब्यबहारीक नितीहरु परीवर्तन गर्न सरकार तयार रहेको बताए । खासगरी बिमामा अब्यबहारीक निती भएको भन्दै ब्यबसायीहरुले यसलाई परीवर्तन गर्नु पर्ने आवाज उठाउदै आएका छन् ।
नेपाल ट्रक यातायात ब्यबसायी महसघंका अध्यक्ष अर्जुन रानाभाटले सडकमा हिड्नै पैदल यात्रीको दुर्घटनामा परी मृत्यु भएमा बिमाले क्षतीपुर्त स्वरुप ५ लाख दिने तथा सवार यात्रु दुर्घटनामा परी मृत्यु भएमा १ लाख मात्र पाउने ब्यबस्था बिभेद पुर्ण भएको भन्दै यसलाई समान बनाईनु पर्ने बताए । त्यस्तै उनले दुर्घटनामा घाईतेको उपचारमा पाउने बिमा रकम दुईलाख पनि अपुग भएको भन्दै बिमा गरीसकेक पछि सम्पुर्ण उपचार खर्च पाउनु पर्ने बताए । ‘यि यावत समस्या समाधानकोलागी हामीले छुट्टै यातायात मन्त्रालयको माग गरेका हौ,’ उनले भने । महासघंका बरिष्ठ उपाध्यक्ष हिरालाल श्रेष्ठले यातायात ब्यबसायीले राज्यले तोकेको भाडा दर पाउनु पर्ने बताए । उनले राज्यले तोकेको न्युनतम भाडा दर ब्यबसायीले नपाउदा कसैले आवाज नउठाउने गरेको आरोप लगाउदै उचित भाडा पाउन ट्रकहरुको ब्यबस्थापन गर्दा सिण्डीकेट गरेको भनेर गलत आरोप लगाउदै बदनाम गर्ने काम भएको बताए । आफुहरु खुला अर्थनितीको पक्षमा रहेको भन्दै उनले ट्रक ब्यबस्थापन गर्नुको कारण बढी भाडा लिनु तथा ढुवानीमा अभाव सिर्जना गर्नु नभई राज्यले तोकेको न्युनतम भाडा लिनकालागी भएको जिकीर गरे । लुम्विनी ट्रक यातायात ब्यबसायी सघंका अध्यक्ष बिष्णु प्रसाद खरेलले पार्कीन स्थलको अभावका कारण पनि दुर्घटनाको जोखीम बढेको भन्दै उचित पार्कीन स्थलको ब्यबस्था गर्न माग गरे ।
सरकारले जग्गा उपलब्ध गराए ब्यबसायीहरु आफैले पार्कीन स्थल निमार्ण गर्ने भन्दै उनले बढ्दो सहरीकरण, अद्योगीकरणका कारण भैरहवा क्षेत्रमा ट्रक यातायातको चाप बढ्दै गएकाले भैरहवामा तत्काल ट्रक पार्कीन स्थल बनाईनु पर्नेमा जोड दिए । उनले नेपालमा भारतीय गाडीले निर्वाध ओभरलोड लिएर हिड्दा सडक, पुलपुलेसा भत्कनुको साथै दुर्घना समेत बढेको भन्दै यसलाई कडाईका साथ नियन्त्रण गरीनु पर्ने बताए ।
महासघंका महासचिव राजेन्द्र कुमार श्रेष्ठले भारतबाट नेपाल आउने गाडीलाई भन्सारमा पोल्टी गराई नेपालमा नेपाली ट्रकहरुबाट ढुवानी गर्ने बाताबरण मिलाउन सरकारसगं माग गरे । उनले दुर्घटना तथा भाडामा देखीएको समस्याको कारण मुलुकमा धेरै गाडी भित्रीनु पनी रहेको भन्दै हाललाई नेपालमा पर्याप्त गाडी भएकाले आयात रोक्नु पर्ने बताए ।
लुम्विनी ट्रक यातायात ब्यबसायी सघंका महासचिव रुमाखर गौतमको सचांलन तथा बरिष्ठ उपाध्यक्ष मधुसुदन आचार्यको स्वागतमा सम्पन्न कार्यक्रममा रुपन्देहीका प्रमुख जिल्ला अधीकारी बिष्णु प्रसाद ढकाल, बरिष्ठ प्रहरी उपरिक्षक सेरबहादुर बस्नेत, नेपाल उद्योग बाणीज्य महासघंका केन्द्रीय सदस्य महेन्द्र कुमार श्रेष्ठ, शिद्धार्थ उद्योग बाणीज्य सघंका अध्यक्ष रामकुमार सर्मा, उद्योगी शसि न्यौपाने, पश्चिमाञ्चल यातायात ब्यबसायी समीती बुटवलका अध्यक्ष लोकराज पोखरेल, नारायणी यातायात ब्यबसायी सघंका अध्यष बुद्धी चौलागाई, पच्मिाञ्चल बस ब्यबसायी समीतीका अध्यक्ष दधीराम खरेल, नेपाली काग्रेस रुपन्देहीका कोषाध्यक्ष दिपक क्षेत्री न्यौपाने, राप्रपा रुपन्देहीका अध्यक्ष सागर प्रताव राणा, एमाले जिल्ला सदस्य डासुराम पाण्डे, स्थानीय शान्ति समीती रुपन्देहीका सयोजक आनन्द प्रसाद गुप्ता, नेपाल पत्रकार महासघं रुपन्देहीका अध्यक्ष सेर बहादुर केसी, जिफण्ड लुम्विनी—राप्ती अञ्चल सदस्य चिन बहादुर गुरुङ्ग लगायतले मन्तब्य राख्दै यातायत क्षेत्रमा देखीएका समस्या सवैका साझा समस्या भएको भन्दै सवै मिलेर समाधान तर्फ लाग्नु पर्नेमा जोड दिए ।
पाचौ साधारण सभा तथा तेस्रो अधीबेसनमा सघंले उत्कृष्ट चालक, ब्यबसायी, कर्मचारी तथा पत्रकारलाई नगद सहीत सम्मान समेत गरेको छ । सचांर क्षेत्रबाट योगदान पुर्याएको भन्दै सघंले भैरहवाका पत्रकार मनोरञ्जन सर्मालाई नगद सहीत सम्मान गरेको हो । त्यस्तै उत्ृकष्ट कर्मचारी तर्फ कार्यालय प्रमुख बिष्णु कडेंल, अम्वीका ज्ञवाली र महफुजुर रहमान तथा उत्कृष्ट चालक तर्फ हेमलाल खनाल र देवान सिंह सोमै र उत्ृकष्ट ब्यबसायी तर्फ प्रेमध्वज मल्ल र नारायण अधीकारीलाई सम्मान गरेको हो ।
कार्यक्रममा महासचिव गौतमले कार्यप्रगती प्रतिवेदन तथा कोषाध्यक्ष सन्तराम पाण्डेले आर्थीक प्रतिवेदन प्रस्तुत गरेका थिए । ढुवानीलाई ब्यबसायीकरण गराई, ब्यबसायीहरुको हकहित संरक्षण तथा दुर्घटना न्युनीकरण गर्ने उदेश्यले लुम्विनी ट्रक यातायात ब्यबसायी सघं २०६७ साउनमा स्थापना भएको हो । ब्यबसायीहरुको हक हितके संरक्षण गर्दै सघंको आफ्नै भवन निमार्ण गर्ने तथा भैरहवामा ट्रक पार्कीन स्थलको निमार्ण गर्ने उदेस्य सघंले लिएको छ ।