भैरहवा पौष ४
बिगत चार मिहना देखिको लगातारको बन्द हड्ताल तथा भारतले गरेको अघोषित नाकाबन्दीका कारण यातायात क्षेत्र नराम्रोसंग प्रभावित भएको व्यवसायिहरुले गुनासो गरेका छन् ।
सिद्धार्थ यातायात व्यवसायि समिति भैरहवा रुपन्देहीको २७ औ बार्षिक साधारण सभाका अवसरमा बोल्ने यातायात व्यवसायिहरुले लगातारको बन्द र अघोषित नाकाबन्दीका कारण प्रयाप्त मात्रामा ईन्धन पाउन नसक्दा यातायात क्षेत्र संकटमा पर्दै गएको गुनासो गरे ।
सो अबसरमा बोल्दै रुपन्देहीका प्रमुख जिल्ला अधिकारी बिष्णु प्रसाद ढकालले यातायात क्षेत्रको समस्या समाधानका लागि स्थानिय प्रशाशनबाट हुने सम्पुर्ण सहयोग गरि रहेको र यातायात व्यवसायीहरुले आफ्नो कर्तव्य र दायित्व भुल्न नहुने बताउनु भयो ।
उहाले यातायात क्षेत्रमा धेरै बिकृती रहेको र यात्रुहरुका समेत गुनासा आउने गरेको उल्लेख गर्दै यातायात क्षेत्र ललाई मर्यादित बनाउने दायित्व स्वयम यातायात व्यवसायी र व्यवसायीहरुको नेतृत्व गर्ने संस्थाहरुको रहेको बताउनु भयो
सो अबसरमा बोल्दै पश्चिम नेपाल बस व्यवसायि समिति बुटवलका अध्यक्ष दधिराम खरेलले यातायात संचालनका लागि ईन्धनको सहज व्यवस्थाका लागि सरकारसंग आग्रह गर्नुभयो । सरकारले सहज रुपमा ईन्धनको व्यवस्था मिलाईदिन नसक्दा आफुहरुले दोब्बर मुल्यमा तेल खरिद गरेर भएपनि सेवा संञ्चालन गरिरहेको बताउनु भयो ।
कार्यक्रममा लुम्बिनी अञ्चल प्रहरी कार्यालयका प्रमुख एवम वरिष्ठ प्रहरी उपरिक्षक शेर बहादुर बस्नेत, नेपाल उद्योग बाणिज्य महासंघका केन्द्रिय सदस्य महेन्द्र कुमार श्रेष्ठ, सिद्धार्थ उद्योग बाणिज्य संघका अध्यक्ष राम कुमार शर्मा, रुपन्देही उद्योग व्यपार संघठनका अध्यक्ष खिम बहादुर खत्रि, सस्थाका अध्यक्ष सुर्य कुमार सारु मगर, पुर्व अध्यक्ष दीपक राज शर्मा, स्थानिय शान्ति समितिकी संयोजक ज्ञानु पौडेल, नेपाली काग्रेसका पुरन प्रसाद श्रेष्ठ, एमालेका राम बहादुर थापा, एमाओवादीका निरन खांन, पत्रकार माधब ढुङगाना, लगाएतले बोल्दै यातायात क्षेत्रको बिकासका लागि सरकारले थप पहलकदमी थाल्नु पर्नेमा जोड दिनुभयो ।
खेलाडि, पत्रकार र यातायात व्यवसायिलाई सम्मान
यसैवीच सिद्धार्थ यातायात व्यवसायि समितिले खेलाडि पत्रकार तथा व्यवसायिलाई सम्मान गरेको छ । कार्यालयले साधारण सभाको अबसर पारेर यस क्षेत्रबाट प्रतिनिधित्व गर्ने अन्डर नाईन्टीनमा बिजयी खेलाडि सुधन थापा, बिमल घर्तिमगर, गौरब बुढाथोकी, सोजित गुरुङ र दोण थापालाई नगर र प्रससा पत्रले सम्मान गरेको छ ।
त्यस्तै पत्रकारिताको माध्ययमबाट यातायात क्षेत्रको विकासमा टेवा पुर्याएको भन्दै पत्रकारद्धोय दिपेश पछाई र शारदा मल्ललाई सम्मान गरिएको छ । पछाई मेचिकाली दैनिक लुम्बिनी टिभी लगायतका मिडीयामा आबद्ध हुनुहुन्छ भने मल्ल एभिन्युज टिभिमा आबद्ध हुनुहुन्छ ।
त्यसै गरी साधारण सभाको अबसर पारेर यातायात व्यवसायिहरु दिल बहादुर ढुंगाना, भुवन बराल, जिवन बन्जाडे, रुमाखर गौतम र रबिन्द्रमान श्रेष्ठ सम्मानीत हुनु भएको छ ।
त्यस्तै सममितिले उत्कृष्ठ कार्य गर्ने कर्मचारीको गेड थप गर्नुका साथै मृतक कर्मचारी र सवारी धनीका परिवारलाई नगद एक एक लाख हस्तान्त्रण गरिएको छ ।