देवदह कार्तिक ७
सडक दुर्घटनाका घाईतेहरुलाई तत्काल रेस्पोन्स गर्ने उद्देश्यले रुपन्देहीको देवदहमा स्थापना गरिएको ईमरजेन्सी हाईवे रेस्क्यु सेन्टरको मंगलबार उद्घाटन गरिएको छ ।
दुर्घटना भएपछिको घाईतेहरुको जोखिम न्युनिकरण र दुर्घटना न्यूनिकरणका विभिन्न कार्यक्रमहरु संचालनमा सहयोग होस् भन्ने उद्देश्यले सुरक्षित यात्रा अभियान नेपालले रेस्क्यु सेन्टरको स्थापना गरेको हो ।
रेस्पोन्स सेन्टरको उद्घाटन गर्दै देवदह नगरपालिकाका उप प्रमुख विद्यालक्ष्मी गुरुङले देवदह क्षेत्रको सडक र बजारलाई सुरक्ष्ँित बनाउन सडकका चोकचोकमा सिसिटिभी जडान गर्ने योजना रहेको बताउनुभयो ।
उहांले सुरक्ष्ँित यात्रा अभियानले निर्माण गरेको रेस्पोन्स सेन्टरको दिगो संचालन र उपयोगको लागि देवदह नगरपालिकाले पनि सहकार्य गर्ने बताउनुभयो । यसक्षेत्रको सबैभन्दा धेरै दुर्घटना हुने क्ष्ँेत्र देवदह रहेकोले पनि निर्माण गरिएको रेस्पोन्स सेन्टर दुर्घटना न्यूनिकरणको लागि धेरै उपयोगी हुने विश्वास व्यक्त गर्नुभयो ।
सुरक्षित यात्रा अभियानका अध्यक्ष्ँ नारायण प्रसाद अधिकारीको अध्यक्ष्ँतामा सम्पन्न कार्यक्रममा अटोमोवाईल्स एशोसिएसन जापानका प्रबन्ध महानिर्देशक सिङङो ह्युनोले बिकासोन्मुख देशमा बढ्दो अवस्थामा रहेको दुर्घटनाको संख्यालाई रोक्न जरुरी रहेको उल्लेख गर्दै दुर्घटनाका घाईतेहरुको तत्काल र सुरक्ष्ँित रेस्पोन्स गर्न सकिए दुर्घटनापछिको मृत्युलाई कम गर्न सकिने बताउनुभयो ।
उहांले हाल विश्वमा प्रति ६ सेकेन्डमा एकजना र प्रतिदिन ३ हजार ५ सय व्यक्तिको दुर्घटनाको कारण मृत्यु हुने गरेको जानकारी दिनुभयो ।
नेपाल अटोमोबाईल्स स्पोर्टस् एशोसिएसन नासाका महासचिव गोविन्द भट्टराईले नेपालमा हुने ९० प्रतिशत सवारी दुर्घटना मानविय लापरवाहीको कारण हुने गरेको उल्लेख गर्दै सबैको सामुहिक प्रतिबद्धता हुन सके यसलाई रोक्न सकिने बताउनुभयो । अकाल मृत्युको पहिलो कारण बनेको सवारी दुर्घटनाबाट पछिल्लो २० वर्षमा २४ हजार व्यक्तिले ज्यान गुमाईसक्दा पनि राज्य यसप्रति गम्भिर हुन नसकेको बताउनुभयो ।
कार्यक्रममा सुरक्षित यात्रा अभियान नेपालका सचिव दिनेश पाण्डे, पश्चिम क्ष्ँेत्रिय ट्राफिक प्रहरी कार्यालय बुटवलका प्रहरी नायब उपरिक्ष्ँक माधव बुढाथोकी, ईलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायब उपरिक्षक पवन कुमार भट्टराई, पश्चिम नेपाल बस व्यवसायी संघका बरिष्ठ उपाध्यक्ष्ँ नारायण प्रसाद घिमिरे, यातायात मजदुर तथा व्यवसायी भलाईकोषका अध्यक्ष्ँ नारायण प्रसाद भट्टराई, स्थानीय व्यवस्थापन समितीका संयोजक ऋषिराम सापकोटा लगायतले सबैको सहकार्य र सहयोग हुन सके रेस्पोन्स सेन्टर दिगो रुपमा संचालन हुन सक्ने बताउनुभयो ।
देवदहको उपस्वास्थ्य चौकीसंगै स्थापना गरिएको सेन्टरमा दुर्घटनाका घाइतेहरुको प्राथमिक उपचार तथा चालकहरुले आराम गर्ने व्यवस्था समेत मिलाईने छ । स्वास्थ्यकर्मीको निगरानीमा गरिने प्राथमिक स्वास्थ्य उपचार पछि अस्पताल पठाउने सम्मका कामहरु सेन्टरबाट हुने बताईएको छ ।
नासाको ५ लाख सहयोग र सुरक्षित यात्रा अभियानले स्थानीय स्तरमा संकलन गरेको सहयोग रकम गरी करिब १२ लाख रुपैयाको लागतमा सेन्टरको स्थापना गरिएको अभियानका सचिव दिनेश पाण्डेले बताउनुभयो । अभियानले दुर्घटनाका घाईतेहरुको उद्धारको लागि एम्बुलेन्स सेवा समेत संचालन गर्ने सोहि अवसरमा जानकारी दिईएको छ ।