श्याम पोखरेल
बुटवल, मंसिर २३ ।
दुर्घटना न्युनिकरण गर्नका लागि ट्राफिक प्रहरीले नवलपरासीको कावासोतीमा स्थापना गरेको रिफ्रेस सेन्टरको स्तरोन्नती गरीएको छ ।
अघिल्लो बर्ष देखि स्थापना भई प्रयोगमा आएको उक्त रिफरेस सेन्टरमा चालकहरुका लागी न्युनतम आवश्यकताका फर्निचर समेत नरहेको गुनासो आए पछि प्रभावकारी प्रयोग हुन सकेको थिएन ।
लामो दुरीमा सवारी सञ्चालन गर्ने चालकहरुले केही क्षण बिश्राम गर्ने थलोको रुपमा बिकास गर्न प्रहरीले उक्त रिफरेस सेन्टर स्थापना गरेको भए पनि बिश्रामका लागी आबश्य फर्निचर नहुदा प्रभावकारी हुन सकेको थिएन ।
रुपन्देहीका केही दाताहरुको सहयोगमा उक्त बिश्राम गृहलाई प्रभावकारी बनाउन लागीएको पश्चिम क्षेत्रीय टाफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरिक्षक प्रकाश अधिकारीले बताउनु भयो ।
उक्त रिफरेस सेन्टरलाई रोट्रयाक्ट क्लव अफ बुटवल, रोट्रयाक्ट क्लव अफ बुटवल डाउन टाउन, केमसन बुटवल, सलिना ट्रावल्स र नेपाल औषधी व्यवसायी संघ लगायतका संस्थाहरुले आवश्यक फर्निचर तथा उपकरण उपलब्ध गराएका छन ।
बुटवलमा आयोजित एक कार्यक्रममा चालकहरुलाई थकाईलाग्दा बिश्राम गर्ने आरमादायि कुर्ची रक्तचाप परिक्षण गर्ने उपकरण, तथा आखाको सामान्य परिक्षण गर्ने लगायतका उपकरण हस्तान्तरण गरिए पछि अव उक्त बिश्राम गृह प्रभावकारी प्रयोग हुने बिश्वास गरीएको छ ।
उक्त रिफ्रेस सेन्टरमा चालकहरुको नियमीत स्वास्थ्य परिक्षण गरिने छ । कार्यक्रममा प्रहरी उपरिक्षक अधिकारीले उक्त रिफ्रेस सेन्टरमा एकजना प्राबिधिक प्रहरी सहायक निरीक्षक र प्रहरी हवल्दारबाट स्वास्थ्य परिक्षण गर्ने तयारी भई रहेको जानकारी दिनु भयो ।
प्रहरी उपरिक्षक अधिकारीले उक्त रिफ्रेस सेन्टरमा चालकहरुको स्वास्थ्य परिक्षण गर्नुका साथै यात्रुसंग चालकको आनीवानीबारे जानकारी लिने बताउनुभयो ।
गत वर्षहरुमा भएका सवारी दुर्घटनाको तथ्याङ्कले चालकहरुको लापर्वाहीका कारण धेरै दुर्घटना भएको पाईएको उल्लेख गर्दै त्यसलाई कम गर्न चालकलाई समाजले समेत हेर्ने दृष्टीकोणमा परिवर्तन ल्याउनु आबश्यक रहेको बताउनुभयो ।
पश्चिम क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय बुटवलमा आयोजित कार्यक्रममा पश्चिमाञ्चल क्षेत्रमा आर्थिक वर्ष २०७०।०७१ मा ४ सय ६५ र आर्थिक वर्ष ०७१ र ०७२ मा ४ सय ४८ जनाको सवारी दुर्घटनामा मृत्यु भएकोे आर्थिक वर्ष २०७२ । २०७३ को मंसिर २१ गतेसम्म २ सय १ जनाको मृत्यु भएको तथ्याङ्क प्रस्तुत गरिएको थियो ।
प्रत्येक वर्ष सवारी साधनको आयतमा १९ प्रतिशतले बृद्वि भएको र आवश्यक्ता अनुसार सडक विस्तार नहुनुका साथै चालकहरुको लापर्वाहीका कारण दुर्घटनामा न्युनिकरणमा कमी आउन नसकेको ट्राफिक कार्यालय बुटवलले जनाएको छ ।
दुर्घटना न्युनिकरणका लागि ट्राफिक प्रहरीको एकल प्रयासले मात्र सम्भव नभएको भन्दै सबैको सहयोग र सहकार्यकालागी प्रहरी उपरिक्षक अधिकारीले आग्रह गर्नु भयो ।