चैत २१
सवारी साधनका चालक तथा परिचालकलाई यात्रुहरु प्रति जिम्मेवार बनाउन तथा बढदो दुर्घटना न्युनिकरण्ँका लागी सवारी साधनका चालक तथा परिचालकहरुका लागी प्रशिक्षण्ँ दिईएको छ ।
सिद्धार्थ यातायात व्यवसायी समितीले सवारी साधनका चालक तथा परिचालकहरुलाई यात्रुमैत्री र जिम्मेवार बनाउन भन्दै समितीले यस प्रकारको तालिम दिदै आएको छ ।
समितीको सभाकक्षमा आयोजित प्रशिक्षण्ँ कार्यक्रममा सहजीकरण्ँ गर्दै पश्चिम क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय बुटवलका प्रहरी नायव निरीक्षक ज्ञानु पाण्डेले कतिपय चालकहरुले नजानेर नियम पालना नगरेको तथा कतिपय चालकले जानेर पनि नियम पालना नगर्दा दुर्घटना बढेको उल्लेख गर्नु भयो ।
उहांले चालकहरु अनुशासीत हुने हो भने सवारी दुर्घटनाको संख्या घटेर जाने बिश्वास व्यक्त गर्दै सडकमा प्रयोग गरे पछि नियमको पुणर््ँ पालना गर्नु चालकहरुको दायित्व भएको बताउनु भयो । सुरक्षित यात्रा अभियान नेपालका सचिव दिनेश पाण्डेले सडक र सवारी साधनका कारण्ँ कसैको पनि अकालमा ज्यान नजाओस भन्नका लागी चालकहरुले आफ्नो व्यानी व्यवहार र आचरण्ँमा समेत परिवर्तन गर्नुपर्ने बताउनु भयो ।
उहाले चालक परिचालकको व्यवहारका कारण्ँ कतिपय यात्रा असहज र दुखदायी हुने गरेको तथा यात्रका क्रममा हुने सानो असमझदारी र विवादले दुर्घटना भई ज्यान जाने गरेको उल्लेख गर्दै दुर्घटनामा आफ्नो समेत ज्यान जान सक्छ भन्ने चालकले बिर्सदा समस्या उत्पन्न हुने गरेको बताउनु भयो ।
कानुनी सल्लाहकार पुरन प्रसाद श्रेष्ठले सवारी संचालनको क्रममा आईपर्ने कानुनी समस्या तथा अपनाउनुपर्ने समाधानका उपायहरुको बारेमा जानकारी गराउनुभएको थियो ।
समितीका अध्यक्ष सुर्य कुमार सारुले प्रशिक्षण्ँ बाट यातायात क्ष्ँेत्रमा देखिएका कतिपय प्राबिधीक समस्याहरुको न्युनिकरण्ँ हुने तथा दुर्घटना कम भई अकालमा ज्यान जाने क्रम रोकिने अपेक्षा सहित विगत तिनवर्ष देखि तालिम संचालन गर्दै आएकोे बताउनु भयो ।
समितीले सवारी चालक अनुमती पत्र भएपनि प्रशिक्षण्ँ नलिएका चालक तथा परिचालकहरुलाई सघ मातहतका सवारी साधन चलाउन नपाउने गरी व्यवस्थापन गर्दै आएको छ ।