बुटवल पौष ९
मादक पदार्थ सेवन गरेर यात्रा गरेका यात्रुकै लापर्वाहीले यात्राको क्रममा बसमा छुटेको नगद सहितको झोला १० दिन पछि संम्वन्धित यात्रुले फेला पारेका छन ।
रुपन्देहीको बेलहियाबाट काठमाण्डौ जादै गरेका यात्रुले आफ्नो सिटबाटै हराएको भनिएको झोलाम रहेको नगद र उनका कागजात बिहिवार उनले बुझेका हुन । हराएको भनिएको झोलामा ६५ हजार नगद र स्वास्थ्य परिक्षण रिर्पोट तथा नेपाली नागरीकताको प्रमाण पत्र रहेको थियो
गत मंसिर २९ गते काठमाण्डौ जानेक्रममा धनुषाका हरि प्रसाद पन्तको झोला काठमाण्डौको गोंगवु स्थीत बसपार्क बाट बसमै छुटेको थियो । सुचना श्रोतका अनुसार पन्तले मादक पदार्थ सेवन गरेका कारण आफ्नो झोला छुटेको पत्तो पाएका थिएनन ।
यात्राको क्रममा आफ्नो झोला हराएको भन्दै आफ्नो घर पुगेका धनुसाका हरि प्रसाद पन्तले त्यसको ६ दिन पछि आफ्नो झोला र नगद सुरक्षित रहेको जानकारी पाएका थिए । पश्चिम नेपाल बस व्यवसायी संघको कार्यालयमा रुपन्देहीका सञ्चारकर्मीहरुको रोहवरमा उक्त नगद र झोला सम्वन्धीत यात्रुलाई हस्तान्तरण गरीएको थियो ।
बुटवलको लुम्विनी बस टर्मिनलमा रहेको सुरक्षित यात्रा अभियान नेपालको यात्रु सुचना केन्द्रलाई प्राप्त सुचनाका आधारमा पश्चिम नेपाल बस व्यवसायी संघका अध्यक्ष दधिराम खरेलले उक्त रकम र झोला सम्वन्धीत व्यक्तिलाई सम्पर्क गरी संघको कार्यालय बाट हस्तान्तरण गरिएको हो ।
गलैचा उद्योगका लागी आबश्यक कच्चा पदार्थ लगायतको कारोवार गर्ने पन्तले आफ्नो नगद रुपैया सहितको झोला पाए पछि अत्यन्त खुशी हुदै आफुलाई नगदको भन्दा पनि झोलामा रहेका आवश्यक कागजात पाउदा खुशिलागेको बताए । अहिलेको अवस्थामा यस्ता ब्यक्ति पनि भेटिदा रहेछन उनले भने ।
पशिचम नेपाल बस व्यवसायी संघका अध्यक्ष दधिराम खरेलले यातायात व्यवसायीहरुले यात्रुका झिटी गुण्टा र लगेजको वेवास्ता गर्छन भन्ने आरोपलाई यस घटनाले खण्डन गरेको बताउदै लु १ ख ७२४१ नम्वरका गाडि धनी पुरन थापाले देखाएको ईमान्दारीताको प्रशंशा गर्नु भयो ।