बुटवल माघ ७
यातायात ब्यवसायी राष्टिय महासंघको आसन्न निर्वाचनमा बाम गठबन्धनका उम्मेदवारहरुलाई बिजयी बनाउन सक्रिय भुमिका निर्वँह गर्ने निर्णय गर्दै ५ नं प्रदेशका यातायात ब्यवसायीहरुको बृहत भेला सम्पन्न भएको छ ।
प्रदेश नं ५ का नेकपा एमाले संसदीय दलका नेता एव एमाले स्थायी कमिटी सदस्य शंकर पोखरेलको प्रमुख आतिथ्यतामा सम्पन्न भेलाले यहि माग १७, १८ र १९ गते चितवनमा सम्पन्न हुनगई रहेको यातायात ब्यवसायी राष्टिय महासंघको निर्वाचनमा डोलनाथ खनाल नेतृत्वको बाम गठबन्धन उम्मेदवारहरुलाई बिजयी बनाउनै सवै ब्यवसायी लाग्ने निर्णय गरेको हो ।
सो अवसरमा बोल्दै एमाले संसदिय दलका नेता शंकर पोखरेलले यतिबेला नेपालका कम्युनिष्ट पार्टिहरु एकिकृत भएर अघि बढी रहेको बेला भएको यातायात क्षेत्रको गठबन्धन बिजयले पार्टि एकताका लागिे मात्र होईन परिवर्तित परिस्थितीमा मुलुकलाई समृद्ध बनाउन बल पुग्ने बिश्वास गर्नु भयो ।
नेता पोखरेलले यातायात क्षेत्रको बिकास बिना समग्र मुलुकको बिकासको कुरा असम्भव भएको बताउदै यातायात क्षेत्रको बिकासका लागि आफु र आफ्नो पार्टि प्रतिबद्ध रहेको उल्लेख गर्नु भयो । पोखरेलले यातायात ब्यवसायीहरुलाई बाम गठबन्धन प्रति आशंका नगर्न आग्रह गर्दै समस्या समाधानका लागि संगठित हुन आग्रह गर्नु भयो ।
नेपाल लोकतान्त्रीक यातायात ब्यवसायी संगठनका प्रदेश नं ५ उपाध्यक्ष गोपाल पौडेलको अध्यक्षता तथा सचिव जगत बुढाको सञ्चालनमासम्पन्न भेलामा बोल्दै नेकपा माओवादी केन्द्रका पोलिटब्युरो सदस्य एवं सांसद माधव शर्माले अवको सरकारले यातायात क्षेत्रमा देखिएका समस्या समाधान गर्ने बताउदै देश र जनतालाई केन्द्रमा राखेर सेवा प्रवाह गर्न आग्रह गर्नु भयो ।
शर्माले यातायात क्षेत्रले मात्र होईन मुलकले नै बिभिन्न चुनौतीहरुको सामना गर्दै स्थीरताको दिशामा अघि बढेकोले अव बन्ने बाम गठबन्धनको सरकारबाट नेपाली पुञ्जिको लगानिमा रहेको यातायात क्षेत्रको बिकासका लागि कुनै कसर बाकी नराख्ने धारणा ब्यक्तगर्नु भयो ।
भेलामा यातायात ब्यवसायी महासंघका कार्यबाहक अध्यक्ष डोलनाथ खनाल, उपाध्यक्ष दिपक अधिकारी महासचिव सरोज सिटौला, पुर्व बरिष्ठ उपाध्यक्ष एवं पश्चिम नेपाल बस ब्यवसायी संघका अध्यक्ष दधिराम खरेल महासचिव जिवन बन्जाडे,नेपाल लोकतान्त्रिक यातायात ब्यवसायी संगठनका केन्द्रिय सदस्य नारायण प्रसाद घिमिरे, पश्चिम नेपाल बस ब्यवसायी संघका पुर्व अध्यक्ष तुल्सीराम बन्जाडे, भरत तिमिल्सिना लगायतले बोल्दै मुलुकमा सवै निर्वाचनहरु बाम गठबन्धनले जितेको बेला यातायात क्षेत्रमा समेत बाम गठबन्धनका उम्मेदवारहरुको जित सुनिश्चित रहेको र अवको कार्यभार ब्यवसायीहरुको हितका योजनबद्धले लाग्ने प्रतिबद्धता ब्यक्त गरेका थिए ।
भेलामा प्रदेश नं ५ अन्तरगतका ३५ वटा यातायात ब्यवसायी संस्थाका अध्यक्ष तथा प्रतिनिधीहरु गरी करिव २ सय जनाको सहभागिता रहेको थियो