सुर्य कुमार सारु, अध्यक्ष सिद्धार्थ यातायात ब्यवसायी समिति
सिद्धार्थ यातायात ब्यवसायी समिती रुपन्देहीका यातायात ब्यवसायीहरुको संस्था हो । भैरहवामा रहेर यातायात ब्यवसायीहरुलाई संगठित गर्दै यातायात सेवा सञ्चालन गर्ने उदेश्यले २०४२ सालमा स्थापित यस संस्थामा अहिले ४०५ जना ब्यवसायी आबद्ध छन । संस्थापक अध्यक्ष मोहन शर्माको नेतृत्वमा गठित उक्त संस्थामा कृष्ण बहादुर गुरुङ नारायण शर्मा चिन्तामणी पौडेल बिरेन्द्र गुरुङ जगधिश गुप्ता, माधव शर्मा , तपश्या मल्लाह र पुर्ण बहादुर पुनले महत्वपुर्ण योगदान गरेका छन । भैरहवालाई केन्द्र बिन्दू मानेर यातायात सेवा सञ्चालन गर्दै आएको यस संस्थाले भैरहवा बाट तौलिहवा लुम्विनी,पाल्पा परासी नारायणगढ, पोखरा र काठमाण्डौ लगायतका क्षेत्रमा सेवा प्रदान गर्नुका साथै सिद्धार्थनगरका बिभिन्न स्थानमा नगरवस सेवा प्रदान गरि रहेको छ । यातायात सेवा सञ्चालनको यिनै सेरोफेरो रहेर सिद्धार्थ यातायात ब्यवसायी समितीका अध्यक्ष सुर्य कुमार सारु संग यात्रा खवर डटकमका लागी गरिएको कुराकानी
सिद्धार्थ यातायात ब्यवसायी समिति कसरी काम गर्देछ ?
यस समितिको नया कार्यसमिति निर्वाचित भएर आएपछि समितिमा आवद्ध यातायात ब्यवसायीहरुको वर्गिय हकहित र सेवा सुविधा बृद्धि गर्ने कार्यमा नया योजनाहरु बनाई लागु गर्दै जाने साथै पुर्व कार्यसमितिका नितिलाई कार्यान्वयन गरेर जाने, भगवान गौतमबुद्धको जन्मस्थल लुम्बिनीको प्रवेशद्धार र भारतसितको दोस्रो ठुलो नाका यस सिद्धार्थनगरलाई पर्यटकीय स्थललाई यातायात क्षेत्रको विकासमा लाग्ने गरि कार्य योजना बनाउन गई रहेकोछ । यस सिद्धार्थनगरलाई पर्यटन हबको रुपमा विकास गर्नका लागि विभिन्न ब्यवसायीक, सामाजिक संघ संस्थाहरु, राजनैतिक दल लगायतलाई समेटी संजाल निमार्ण गर्ने कार्यमा अगुवाई गरि रहेकोछ ।
यातायात ब्यवसायीहरु अत्यन्त मर्कामा छन भन्ने गुनासो सधैं किन ?
हो यस विषयमा मर्का परेकै हो, सरकारका अदुरदर्शि निति र खुला सिमानाका कारण भारतबाट चर्को लगानीमा सवारी खरिद गरि खुल्ला सिमानाका कारण भारतीय सवारीहरुसितनै खुल्ला प्रतिस्प्रर्धा गर्नु परेको छ ।
यातायात ब्यवसायी संस्था खुल्नुको मतलब सिण्डिकेट कायम गर्न हो ?
होईन, यातायात ब्यवसायीहरुको हकहित तथा यात्रुवर्गहरुको सुरक्षा र सुविधामुखि सेवाका लागि आलोपालो प्रणालीबाट यातायात सेवा संचालन गरेकोहो । संगठित भई सेवा दिनु सिण्डिकेट होईन ।
यातायात ब्यवसायी संस्थाहरु यात्रुका गुनासो प्रति कहिले जिम्मेवार हुने ?
यातायात ब्यवसायीहरु र सम्बद्ध संस्थाहरु जहिलेपनि यात्रुहरुको सुविधाको लागि प्रतिवद्ध रहेको र यात्रुहरुको गुनासो प्रति जवाफदेही रहेका छन ।
पश्चिम क्षेत्रमा स्तरिय साधनको प्रयोगगर्न अवसरबाट यस क्षेत्रका यात्रु कहिले सम्म वञ्चित हुने ?
होईन यो आरोप गलत हो, हामीले यस पश्चिम क्षेत्रमा यात्रुहरुको चाहना र सुविधा एंवम मागलाई मध्येनजर राखि ए.सी.बस, डिलक्स बस, रात्रीसेवा, दिवा स्तरिय मिनीबस, बस, जम्बो हायस, विङ्गर जस्ता सुविधाजनक सवारी दर्ता गरि संचालनमा ल्याएको हुँदा यात्रुहरुले आफुखुशि चाहेको समयमा रोजि रोजि स्तरिय सुविधाजनक छिटो छरितो सेवा लिन पाएका छन । त्यस संगै हामीले २० वर्षिय थोत्रा जिपहरुलाई पुर्णरुपले विस्थापित गरि स्तरिय ठुला सवारीसाधन दर्ता गरेका छौें ।
दुर्घटना न्युनिकरणका के योजना छन ?
यस समितिले प्रत्येक महिना दुर्घटना न्युनिकरणका लागि ट्राफिक जनचेतना तथा मजदुर प्रशिक्षण कार्यक्रम गर्दे आई रहेको र गर्दे जाने योजना रहे साथै विभिन्न एफ.एम., रेडियोहरुमा ट्राफिक अपडेट कार्यक्रम संचालन गर्दे जाने योजना रहेको छ भनि यस समितिबाट संचालित सवारीहरुमा विभिन्न समय र स्थानहरुमा छडके चेकिङ्ग, अनुगमन, निरिक्षण गर्दे आई रहेको र नियमितरुपमा गर्दे जाने योजना रहेकोछ । साथै यातायात मजदुरहरुलाई आँखा शिविर÷स्वास्थ्य शिविर राखेर मानसिक र शारिरिक रुपले फिट राख्ने गरेका छौ ।
यातायात ब्यवसायीहरुले मजदुरहरुलाई संरक्षण गरेका कारण यातायात क्षेत्रमा अराजकता बढेको र चालक परिचालकले लापरवाही गरी सवारी चलाउने गरेको गुनासो छ नी
यो भनाई सरासर गलतहो हामीले त सुविधाजनक सेवा संचालन गरि ब्यवसायीहरुको हकहित र सेवा बृद्धि गरि दुर्घटना न्युनिकरण कार्यमा सम्बन्धित निकायलाई सहयोग गरेकाछौ । सडकमा हाम्रा मात्रै सवारीसाधन चल्दैनन । अन्य सवारीसाधन र बटुवाले पनि ट्राफिक नियम पालन गर्नु अति आवश्यक छ भने सम्बन्धित पक्ष र निकायबाट पशु ÷ चौपायाहरुलाई नियन्त्रण गर्न आवश्यक छ ।
यातायात ब्यवसायीहरुको मुख्य समस्या के के हुन ?
सरकारीपक्षबाट स्वच्छ प्रतिस्पर्धामा सेवा संचालन गर्न नपाउनु, सवारी दुर्घटना पश्चात औषधि उपचारको नाममा असिमिति रकम खर्च गर्न बाध्य हुनु पर्ने र बिमा कम्पनीबाट न्युन रकम प्राप्त हुनुहो साथै अलग यातायात मंत्रालय नहुनुहो ।
यात्रुका सुविधाका लागि कुनै नया योजना छैन ?
वाग्लुङ्ग, बेनी, जोमसोम लगायत देशका विभिन्न स्थानहरुमा यात्रुवर्गका सुविधाका लागि सिधा सेवा संचालनका साथै ए.सी.बस, स्लिपरबस संचालनगर्ने साथै लुम्बिनी÷बोधगया÷काशी÷कुशीनगर ÷ वणारसी÷दिल्ली सम्म सिधा स्तरिय सेवा संचालन गर्ने तयारीमा छौं ।
अन्त्यमा आफुलाई लागेका केही कुरा ?
यस समितिले यात्रुवर्गको चाहना अनुरुप समितिमा दर्ता रहेका २० वर्षे पुराना जिपहरुलाई विस्थापित गरि नेपाल सरकारको विस्थापित स्थापित निति अनुसार स्तरिय सुविधाजनक नया सवारी दर्ता गरि संचालन गर्ने कार्य गरिरहेको तर यस कार्यमा सम्बन्धित पक्ष र सरकारी निकायहरुबाट कुनैपनि सहयोग नपाईएको हुदा उपरोक्त निति पुर्णरुपमा कार्यान्वयन गर्न नसकिएको ब्यहोरा जानकारी गराउन चाहन्छौ । दुर्घटना न्युनिकरणमा सबैले आ—आफ्नो कर्तव्य निर्वाह गरिदिनुहुन हार्दिक अनुरोध गर्दछौं ।