बुटवल फागुन २०
पुराना र थोत्रा सवारी साधनबाट यात्रा गराउदा दुर्घटना बढेको आवाज उठिरहेका बेला रुपन्देहीका केही यातायात व्यवसायीहरु भने ४६ बर्ष भन्दा पुराना जिप चलाउन चलखेल गरिरहेका छन् ।
सर्वसाधारण यात्रुहरुले पुराना सवारी साधनले दुर्घटनाको जोखिम बढाएको भन्दै नया र स्तरीय सवारी साधन आयात गर्न आग्रह गरीरहेको भएपनि त्यसलाई वेवास्ता गर्दै केही व्यवसायीहरु भने कवाड भईसकेका सवारी साधनहरुलाई रङरोगन गर्दै नया देखाउने प्रयत्न गरीरहेका छन् ।
भैरहवा स्थीत सिद्धार्थ यातायात व्यवसायी समितीले पुराना जिपहरुबाट यात्रा गराईरहेको आलोचना भएपछि उक्त समितीले बिस्थापित गर्ने निर्णय गरेका केही जिप व्यवसायीहरु अदालतको सहयोग लिएर पुनः सञ्चालन गर्ने दाउमा लागेका छन् । सरकारको अस्पष्ट निती र फितलो कार्यान्वयन अवस्थाका कारण पनि ती व्यवसायीहरुलाई थोत्रा जिप चलाउन बल मिलेको देखिन्छ ।
उनिहरु आवद्ध सिद्धार्थ यातायात व्यवसायी समितीले आन्तरीक रुपमा बिस्थापन गर्ने तथा यातायात व्यवस्था कार्यालय लुम्बिनीले समेत जांचपास गर्न नसकिने भन्दै व्यवसायीहरुलाई पुराना जिप हटाउन आग्रह गरेपछि व्यवसायीहरु जिल्ला, पुनरावेदन हुंदै सर्वोच्च अदालतको ढोकामा पुगेका थिए । जिल्ला अदालत रुपन्देही र पुनरावेदन अदालत बुटवलले पुराना जिप चलाउदा नागरीकको ज्यान जोखिममा पर्ने भन्दै उनिहरुको बिपक्ष्ँमा पैmसला गरेपछि सर्वोच्च अदालत पुगेका थिए ।
सर्वोच्चबाट आफ्नो पक्षमा फैसाला हुने भयो भन्दै अहिले ति व्यवसायीहरुले सवारी साधनलाई रङरोगन गरेर चिटिक्क पार्न थालेको देखिन्छ । आवद्ध यातायात व्यवसायी समितीले ट्रिप शुल्क नदिएका ति जिपहरु ४६ बर्ष भन्दा पुराना समेत भेटिएका छन् ।
समितीबाट बिस्थापित भएका जिपहरु मध्ये लु १ ज १०० नम्बरको जिप १९६६ अर्थात ५० बर्ष पुरानो, लु १ ज ४४३ नम्वरको जिप १९६७ अर्थात ४९ बर्ष पुरानो तथा लु १ ज ७४७ नम्वरको जिप १९६६ अर्थात ५० बर्ष पुराना छन् भने अन्य गाडिहरु मध्ये कुनै जिपहरुको बनेको साल समेत एकिन हुन नसकेको अवस्थामा रहेका छन् ।
यातायात व्यवस्था कार्यालय लुम्विनीका अधिकृत बालकृष्ण हुमागाईले पुराना ति जिपहरुको बारेमा यातायात व्यवस्था बिभागबाट समेत बिवरण खुलाएर पठाउन लेखि पठाएकोले कार्यालयमा झिकाएर तिनीहरुको प्रबिधीक प्रतिबेधन तयार पार्ने कार्य भएको जानकारी दिए ।
रसियन भोल्का र महिन्द्रा डिआई भनीने ति सवारी साधनहरुको मर्मत समेत जटिल भएको मेकानिक्सहरुको भनाई छ । कतिपय सवारी साधनका पार्टस्हरु जुगाडी छन् भने कतिपय पुराना डिस्पोज गर्ने गाडिका प्रयोग हुने गरेका छन् । अटोमेकानिक्स सन्तोष पौडेलका अनुसार रसियन गाडिका पार्टस नै पाईदैन महेन्द्रा वा अन्य कुनै मिल्दो जुल्दो गाडीका पार्टसलाई लेथबाट मिलाएर प्रयोग गर्ने हो । कतिपय अवस्थामा ब्रेक नलाग्ने खतरा हुन्छ ।
कुनै समय रसिया सरकारको सहयोगमा निर्मीत बिभिन्न परियोजनाका लागी आएका ति सवारी साधनहरु केही समय सरकारी कार्यालयहरुमा प्रयोगभई त्यहा पनि प्रयोग हुन नसक्ने अवस्था आएपछि लिलाम गरीएका थिए । नेपाल प्रवेश गर्दा पेट्रोल ईन्जीन जडान भएका ति जिपहरु यातायात व्यावस्था बिभागकै अनुमतीमा डिजल ईन्जीन जडान भएर सञ्चालनमा आएका थिए ।
पछिल्लो समय यस क्षेत्रमा पुराना गाडि बिस्थापन गर्ने निती अनुरुप व्यवसायी संघहरुले १५ बर्ष पुराना गाडि लगत कट्टा गरी नया गाडि स्थापित गर्ने निती ल्याई रहेका बेला यी पुराना जिपहरु चुनौतीको रुपमा खडा भएका छन् ।
यता यातायात व्यवस्था कार्यालय लुम्बिनीले पछिल्लो केही समय यता नया सवारी साधन दर्ता गर्ने क्रममै सवारी धनीलाई २० बर्ष भन्दा बढी चलाउन नपाउने गरी सहमत गराएको छ । कार्यालयले सवारी दर्ता किताबमै २० बर्ष मात्र सञ्चालन गर्न पाईने गरी उल्लेख नै गरेको अवस्थामा त्यसको दोव्वर पुराना जिपहरुलाई भने अव कती अवधी चलाउन दिने हो भन्नेमा कर्मचारीहरु नै अन्योलमा रहेका छन् ।