बिमल तिवारी
बुटवल चैत्र २ , बुटवल बहुमुखी क्याम्पसका बिद्यार्थीहरुले बढदो सडक दुर्घटनाबारे चासो गर्दै बहस सञ्चालन गरेका छन ।
उनिहरुले सवारी दुर्घटना र यसको मावन स्वास्थ्यमा असर बिषयमा क्याम्पसमा बहस सञ्चालन गरेर सडक दुर्घटना बारे चासो र चिन्ता ब्यक्त गरेका हुन ।
क्याम्पसमा स्वास्थ्य शिक्षा बिभाग एम एड दास्रो बर्ष अन्तरगत समुह बि मा अध्यनरत बिद्यार्थिको प्रयोगात्मक अभ्यास अन्र्तगत सो बिषयमा कार्यक्रम भएको हो ।
स्वास्थ्य शिक्षा बिभाग एम एड दास्रो बर्ष समुह बि मा अध्यनरत बिद्यार्थिहरुले बढदो सवारी दुर्घटना र त्यसबाट समाजमा श्रृजीत समस्या बारे तयार गरेको कार्यपत्र प्रस्तुत गरेका थिए ।
सवारी दुर्घटनाले समग्रमा मृत्यु हुनेको ठुलो प्रतिशत अंश ओगट्दै आएको र सबै भन्दा बढि अपाङ्गता बनाउने गरेको समुहको तर्फबाट कार्यपत्र प्रस्तुतकर्ता अमृता अर्यालले प्रस्तुत गरिन् ।
कार्यपत्रमाथि स्वास्थ्य शिक्षा बिभागका प्रध्यापक डाक्टर सुरेन्द्र गिरी र सुरक्षित यात्रा अभियानका सचिव दिनेश पाण्डेले टिप्पणी गर्नुभएको थियो ।
कार्यक्रममा बुटवल बहुमुखी क्याम्पसका प्रमुख प्रकाश बन्धुु रेग्मी पशुपती उपाध्याय लगायतले कार्यपत्रमाथी टिप्पणी गर्दै बिद्यार्थीहरुले तयार पारेको कार्यपत्र अध्यायनका लागी मात्र नभई समाजमा हुने अकल्पनीय सडक दुर्घटना न्युनिकरण गर्न सहयोग पुग्ने बिश्वास ब्यक्त गरेका थिए ।
समुह अध्यक्ष इन्दीरा भुषलको अध्यक्षतामा भएको कार्यक्रमको संचालन जित बहादुर रानाले गरेका थिए ।