बुटवल, भदौ ३
बुटवल–१३ कालिकानगरमा रहेको मेगा अटो ईन्टरनेशनल प्रालिले सुजुकी कम्पनीले उत्पादन गरेको नयाँ मोडलका मोटरसाईकलको विक्रि वितरण बुटवलबाट सुरु गरेको छ । सुजुकीले विशेष गरेर युवाहरुका लागि उत्पादन गरेको १ सय ५५ सीसीको जिक्सर एसएफ मोटो जीपी मोटरसाईकलको बिहीबारबाट विक्रि वितरण शुभारम्भ गरेको हो ।
सुजुकीको १ सय ५५ सीसीको जिक्सरको अहिलेका बजार मुल्य २ लाख ७६ हजार ९ सय रहेको छ । उक्त मोटरसाईकल प्रति लिटर ४५ किलोमिटर हिड्ने प्रालिका प्रवन्ध निर्देशक रबीन्द्र मान श्रेष्ठले जानकारी दिनुभयो ।
उक्त ब्राण्डका मोटरसाईकलहरु रुपन्देहीको बुटवल, भैरहवासंगै नारायणगढ, दाङ, महेन्द्रनगर, बाग्लुङ्ग लगायतका शहरमा एकैसाथ विक्रि शुभारम्भ भएको श्रेष्ठले जानकारी दिनुभयो । सुजुकीले हालै बजारमा ल्याएको जिक्सर एसएफ मोटरसाईकलको विक्रि वितरण शुभारम्भ गर्दै नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदिप पौडेलले मुलुकमा भित्रिएका कुनै पनि उत्पादनका सामग्रीहरुका लागि परनिर्भरता हुनु पर्ने अवस्था रहेकाले आत्मनिर्भताका लागि युवाहरुले समयलाई चिन्दै उत्पादनमुखि कार्यमा लाग्न आग्रह गर्नुभयो ।
प्रालिका अध्यक्ष उर्मिला श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल पत्रकार महासंघ रुपन्देहीका पुर्व सभापति हरि लम्सालले युवाको सक्रियतामा खोलिएका सानाठुला फर्महरुले अन्ययुवाहरुलाई रोजगारीको बाटो सृजना गर्ने भएकाले युवामुखि कार्यक्रममा लाग्नु पर्नेमा जोड दिनुभयो ।
विक्रि शुभारम्भ भएको बिहीबारनै बुटवल मिलनचोककी सुनिता श्रेष्ठले १ सय १० सीसीको १ लाख ६८ हजार नौ सय पर्ने स्कुटर खरिद गर्नु भएको छ । कार्यक्रम पत्रकार रमेश अर्यालको संचालनमा भएको थियो ।