भगवती पाण्डे
बुटवल, मंसिर ११
बुटवलको राजमार्ग चौराहामा शुक्रबार भारतीय मिनी ट्रकमा आगजनी भएको छ । बिहान करिब ११ बजेको समयमा भएको उक्त आगजनी कसले गरेको भन्ने बारे भने अझैसम्म नखुलेको प्रहरीले जनाएको छ ।
भारतबाट बुटवलको तरकारी तथा फलफुल थोक बजार केन्द्रमा केरा लिएर जांदै गरेको यूपि ५६ टि १६०१ नं. को उक्त मिनी ट्रक विहीबार रातीदेखि रोकिएको अबस्थामा शुक्रवार विहान आगजनी भएको प्रहरीले जनाएको छ ।
ईलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायब उपरिक्षक महेन्द्र खड्काले गाडी बिग्रीएपछि गाडीका चालक धर्मेन्द्र सिंह सामान लिन भन्दै सुनौली तर्फ गएको र गाडीसंगै रहेका राजेश पाललाई सोधपुछको लागि नियन्त्रणमा लिईएको बताए ।
प्रहरी नायब उपरिक्ष्ँक खड्काले तराईमा जारी आन्दोलनको प्रभाव नपरेको बुटवलमा गाडीमा आगो कसले लगायो भन्ने खुल्न नसकेको र घटनाको अनुसन्धान भईरहेको बताए ।
गाडीमा आगलागी लगत्तै बुटवल उपमहानगरपालिकाको बारुणयन्त्रले आगो निभाएपनि गाडीको भित्री र अगाडीको भाग जलेर नष्ट भएको छ ।
राजमार्ग चौराहमा रहेको प्रहरी बिट र घटनास्थल राजमार्ग वारीपारी रहेको छ ।