बुटवल माघ २६
बिक्रिका लागी कम्पनी लादै गरीएका सवारी साधनले यात्रु बोकेको फेला परे पछि कार्वाही गरीएको छ ।
सिप्रदी कम्पनीको नाममा बेलहिया भन्सार कार्यालयबाट नेपाल प्रवेश गरी काठमाण्डौ लैजाने क्रममा बुटवलबाट यात्रु समेत राखेको पाईए पछि कार्वाही गरिएको हो ।
ब्यापारीक प्रयोजनका लागी काठमाण्डौ लैजादै गरीएका गाडिहरुले यात्रु बोक्ने गरेको आशंका लुम्विनी टेक्सी तथा भ्यान ब्यवसायी समितीका अध्यक्ष केशव पराजुली नेत्तृवको टोलिले अनुगमन गर्दा यात्रु बोकेको पाईएपछि बुटवल धागो कारखाना अगाडिबाट ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको सचिव बिष्णु काफ्लेले बताउनु भयो ।
लु अ मा २६०४ अस्थायी नम्वर उल्लेख गरीएको उक्त टाटा सुमो जिपले नारायणगढ सम्म जाने ४ जना यात्रु राखेर भाडा असुलेको थियो ।
सिप्रदी कम्पनीको काठमाण्डौ स्थीत सो रुममा बिक्रिका लागी ल्याईएको जिपले कानुन बिपरीत यात्रु बोकेको भन्ने सुचनाका आधारमा कार्वाहीका लागी नियन्त्रणमा लिईएको र नियम बमोजिजम जरीवान गरी छोडिएको पश्चिम क्षेत्रीय ट्राफिक प्रहरी कार्यालयका प्रहरी नायव निरिक्षक पोम नारायण खनालले बताउनु भयो ।